– रमेश चन्द्र कुमाल
नेपालगञ्ज । अष्ट चिरञ्जीवि मध्येका माता अन्जनी र पवन पुत्र, राम भक्त हनुमान जीको जन्मोत्सव बिहीवारका दिन मनाइने भएको छ ।
२३ गते बिहीवारका दिन भन्साररोड चारबाहिनी नजीक रहेको शितलनगरमा स्थापित रहेको खाटु श्याम मन्दिरमा निशान यात्रा निकाल्ने त्यस्तै बाल्दा तलाउस्थित हनुमत गौशालामा हनुमान जन्मोत्सव २१ देखि २३ गतेसम्म विविध कार्यक्रम गरि मनाइने छ ।
यस्तै यस वर्ष वडा नं. ७ ठाकुरद्वारा मन्दिरमा हनुमान जन्मोत्सव भव्यताले मनाइने तयारी रहेको छ । यहाँ पहिलो पटक हनुमानजीको जन्मोत्सव मनाउने तयारी रहेको छ ।
,,,,,,,,