मनोज कुमार कौशल
नेपालगञ्ज । द्वापर युगमा ५ पाण्डव मध्येका महाबली भीमको राक्षसी कुलकी युवती हिडिम्बासँग बिहे भएको वृतान्त पाइन्छ । यिनै भीमका छोरा भए घटोत्कच । घटोत्कचका छोरा भए महाबली बर्बरिक । बर्बरिक यलम्बर वंशका किराँती राजा थिए । जब कौरव र पाण्डवबीच महाभारत युद्ध चली रहेको थियो यस महाभारत युद्धमा सम्पूर्ण विश्व २ भागमा विभाजित भएको थियो ।
महाभारत युद्धमा विभिन्न देशका राजाहरु पाण्डव र कौरवको पक्षमा युद्ध लडेका थिए । यसै महाभारत युद्धलाई देख्न यलम्बर किराँत वंशका घटोत्कचका छोरा बर्बरिक आकाश मार्गबाट कुरुक्षेत्रतर्फ पुगी रहेका थिए । महाभारत युद्धमा लाखौं लाख व्यक्तिको ज्यान गई सकेको थियो यस कारण भगवान श्रीकृष्ण धेरै दुःखी पनि थिए । उहाँको मन अशान्त थियो । धर्म स्थापनाको लागि कुन प्रकारले पाण्डव पक्षलाई विजयी गराउने चिन्तन मनन गर्दै वन क्षेत्रमा बास बस्नु भएको थियो । यसै समय महाबली बर्बरिक आकाश मार्गबाट कुरुक्षेत्रतर्फ गई रहेको दृश्य भगवान कृष्णलाई देखा पर्छ । भगवान यस समयमा सोच्नु हुन्छ कि यी व्यक्ति को हुन् ? जुनकि धनुष वाण, तरवार सहित कुरुक्षेत्रतर्फ आकाश मार्गबाट सरासर गइ रहेका छन् । यो कुराको जानकारी लिन उहाँ आकाशतर्फ टाउको उठाई कुरुक्षेत्रतर्फ गइ रहेका बर्बरिकसँग सोध्नुहुन्छ, हे महाबली तिमी को हौ, जुनकि महाभारत युद्ध चलिरहेको कुरुक्षेत्रतर्फ गइ रहेका छौ ? यस समय बर्बरिकले आफ्नो परिचय भगवान कृष्णलाई दिँदै भन्छन्, हे ग्वाला तपाईंले मलाई चिन्नु भएन, म हुँ घटोत्कचको छोरा बर्बरिक । अहिले म कुरुक्षेत्रमा पुगी पहिले महाभारतको युद्ध देख्छु पछि जुन पक्ष पराजित हुन थाल्छ त्यस पराजित पक्षको तर्फबाट म युद्ध लड्ने छु । बर्बरिकको यो कुरा सुनेर भगवान कृष्णको सातो उड्छ किनकी उहाँ धर्मको स्थापनाको लागि अर्जुनको

रथको सारथी समेत बन्नु भएको थियो । कौरव पक्ष पराजित हुन्छ यस समय यो व्यक्ति कहिं कौरव पक्षबाट युद्ध लडे समस्या थपिन्छ यस कारण यो व्यक्तिसँग संवाद गर्नु प¥यो भन्दै भगवानले बर्बरिकलाई भन्नुहुन्छ, आकाशबाट कुरा के गर्नु आउ थोरै कुराहरु गरौं । यो आग्रह सुन्दा बर्बरिक आकाशबाट तल झर्छन् अनि उनी दुवै जनाबीच आपसी संवाद शुरु हुन्छ । यस समय बर्बरिकले आफ्नो धनुष वाण चलाउने कला पनि देखाउँछन् उनीको युद्ध कौशलता देखेर भगवान अझ चिन्तामा पर्नुहुन्छ अनि उहाँ बर्बरिकलाई ढाँट्न भन्नुहुन्छ, हे वीर बर्बरिक म तिमीसँग भेटेर धेरै खुशी भएको छु । केही कुरा माग्नु छ भने मसँग मागी हाल । यसमा बर्बरिक भन्छन्, म तपाईसँग किन माग्नु ? माग्नु छ भने हे ग्वाला मसँग माग । यही कुरा भगवान बर्बरिकको मुखबाट सुन्न चाहन्थे अनि उहाँ भन्नु हुन्छ, हे बर्बरिक झूठो बोल्दैनौ भने म तिमीसँग जुन माग्छु त्यो दिन्छौ त ? यसमा बर्बरिकले भन्छन्, अवश्य दिन्छु म आफ्नो वचनबाट फिर्ता हुँदैन अनि भगवान बर्बरिकबाट उनीको शिर माग्छन् । वचनको पालना गर्न बर्बरिक भगवान कृष्णलाई आफ्नो शिर दिन तयार हुन्छन् । तर उनी आफ्नो एउटा माग भगवानसँग माग्छन् त्यो माग उनीको थियो आफ्नो शिर दान गर्नेछु तर यसको सट्टामा पुरै महाभारत युद्ध मलाई देखाउनु पर्छ । अनि भगवान कृष्ण बर्बरिकलाई सम्पूर्ण महाभारत युद्ध देखाउने वाचा गर्नुहुन्छ । अनि बर्बरिकले आफ्नो शिर भगवान कृष्णलाई काटेर दिन्छन् । भगवान त्यो शिर नदीको किनारमा एउटा खाटमा लगाई दिनुहुन्छ । अनि भगवानले महाभारत युद्ध हेर्न बर्बरिकलाई भन्नुहुन्छ । बर्बरिकको शिरले देख्छ महाभारतको युद्धमा न त कुनै पक्ष छ न त विपक्ष । न त कौरव महाभारत युद्ध लडी रहेका छन्, न त पाण्डव नै । पुरै कुरुक्षेत्रमा भगवान कृष्ण सुदर्शन चक्र लिएर यताउता दगुरी रहेका छन् । यो युद्ध देखेर बर्बरिक भन्छन्, कत्तिको बोर र बकवासको यो युद्ध छ यसमा पक्ष विपक्ष त कोही पनि छैन सम्पूर्ण युद्धमा मात्र भगवान कृष्ण देखिन्छन् । अनि बर्बरिकलाई शिश दानको पछुतो पर्छ । भगवानले बर्बरिकलाई वाचा यो पनि गरेका थिए कलियुगमा मेरो नामले तिम्रो पुजा हुनेछ । यस कारण बर्बरिकको नाम प¥यो श्रीश्याम खाटुजी । उनीलाई हारेको सहारा पनि भन्ने गरिन्छ । श्रीश्याम खाटुजीको भव्य र प्राचीन मन्दिर भारतको राजस्थान खाटु नामक स्थानमा छ । नेपालञ्जको शितलनगरमा श्रीश्याम खाटुजीको मन्दिर दशकौंअघि स्थापना भई यहाँबाट भारतको सीमावर्ती नगर नानपारामा निशान यात्रा जाने गरेको थियो ।
अब केही वर्षदेखि निशान यात्रा यहीं उठेर नगर परिक्रमा गर्ने गरेको छ । यहि २३ गतेका दिन खाटुश्याम मन्दिरबाट निशान यात्रा निस्कने छ । भगवान बर्बरिकको श्रीश्याम खाटु महाराजको नामले शिरको पुजा यहाँ हुने गर्छ तर त्यही यलम्बर वंशका किराँती बर्बरिकको नेपालको काठमाडौंस्थित इन्द्रचोक नजीक रहेको असन क्षेत्रमा अति प्राचीन र विशाल आकाश भैरवको मन्दिर छ । यहाँ शरीरको पुजा हुन्छ । यो आकाश भैरव मन्दिरमा विशेषकर नेवार समुदायका व्यक्ति श्रद्धाभक्तिले पुजाआजा गर्न पुग्ने गरेका छन् यलम्बरलाई भगवान शिवको मान्यता समेत रहेको छ । नेपालगञ्जमा श्रीश्याम खाटुजीको मन्दिर स्थापना भएकोले अब यहाँ आकाश भैरवको पनि मन्दिर बन्नुपर्ने सोच नेपालगञ्ज नगरवासीहरुमा पलाउन थालेको छ । आकाश भैरव मन्दिर नेपालगञ्जमा स्थापना भए यहाँ बर्बरिकको शिर र शरीर दुवैको पुजा हुने परम्परा बढ्ने विश्वास रहेको छ ।