फागुन १२ गतेका दिन नेपालगञ्ज उपमहानगरपालिका ७ नं. वडा समितिका वडाध्यक्ष प्रशान्त श्रेष्ठको नेतृत्वमा हात्तीपाइले रोग विरुद्धको औषधि अल्बेण्डाजोल र कार्बामाजिन लगायत औषधि ओभरडोज मात्रामा महेन्द्र उच्च माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्ने १२ वर्षीया छात्रालाई खुवाइएको थियो ।
औषधि खाएपछि उनीलाई रिंगटा लाग्ने, पेट दुख्ने, बान्ता हुने, कडा ज्वरो आउने समस्याले सताएको छ । ६ दिनदेखि छात्राको नेपालगञ्ज मेकिल कलेज टिचिंग हस्पिटल नर्सिंग होमको १७३ नं. बेडमा उपचार हुँदैछ । उनी छात्राको उपचार बालरोग विशेषज्ञ डा. रोमा वोराबाट भई रहेको छ तर हप्ता दिन बितिसक्दा पनि स्वास्थ्यमा कुनै प्रकारको सुधार आएको देखिँदैन । अहिले पेट दुख्ने, निरन्तर रुपमा बान्ता हुने समस्या बढ्दै गएको छ । वरिष्ठ पत्रकार अजय कुमार गुप्ताको छोरी सौभाग्यश्री गुप्ताको स्वास्थ्य स्थिति बुझ्न पत्रकारहरुको टोली त्यहाँ निरन्तर रुपमा पुग्ने गरेको छ । सत्यमखबर डटकमका चन्द्रेश्वरराज त्रिपाठी, समाचार रेखा न्यूज डटकमका समिर अलि, न्यूज फ्ल्यास अनलाइका अरशद शेष, निर्मल न्यूजका मनोज कौशल, अमन सल्मानी लगायतहरु पुगी छात्राको स्वास्थ्य स्थिति बुझ्न पुगेका थिए ।

अहिले दैनिक रुपमा पत्रकार गुप्ताका शुभचिन्तकहरुको नर्सिंग होममा घुइँचो लाग्ने गरेको छ । पत्रकार अजय कुमार गुप्ताकी छोरी सौभाग्यश्री गुप्ताको स्वास्थ्य स्थितिबारे चिकित्सक डा. रोमा वोरासँग कुराकानी गरी उपचारको लागि बाहिर लैजाने सोच बनाउने कुरा बुझिएको छ । पत्रकार गुप्ताले भर्खरै सबैलाई जबरजस्ती खुवाउने गरेको यो हात्तीपाइले विरुद्धको औषधि अति नै खतरनाक छ यस कारण यसलाई कसैले पनि सेवन गर्नु हुँदैन भनि सबैमा आग्रह गर्दै जसरी आज म र मेरो परिवार यस औषधिको कुप्रभावबाट पीडित छौं यस्तो पीडा अन्य कसैलाई पनि झेल्न नपरोस् यसबारे पनि सचेत र सजग गरेका छन् । यो औषधि परिक्षणको लागि आएको हो यस कारण जिल्ला जनस्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिकाको विभिन्न निकाय, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघको गलत प्रचार प्रसारमा विश्वास नगर्न समेत आग्रह उनीले गरेका छन् ।