२०७९ कार्तिक १६ गते।
नेकपा एमाले र राप्रपाको सयुंक्त प्रचार प्रसार अभियान कार्यक्रम नेपालगञ्ज वार्डं नम्बर ४ मदिना मस्जिद,गणेशपुर,देवापुल्वारीमा घरदैलो कार्यक्रममा मत माग्ना घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लहर चलेको छ । बुधबार नेकपा एमाले र राप्रपाले गठबन्धनबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.धवल सम्शेर राण र प्रदेश सभा सदस्य पदको उम्मेदार निरक गुरुङ्गले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० थपुवामा खेती खलियानमा जनतासंग डा.धवल सम्शेर राणा र निरक गुरुङ्ग सयुंक्त रुपमा घरदैलो कार्यक्रम गरेका छन् कार्यक्रममा मतदाताहरुको घर घरमा पुगेर जनता संग भोट मत मांग्दै र जनता पनि राप्रपा र एमालेको गठबन्धनमा डा.धवल र निरक गुरुङ्गको जन लहर रहेका छन् यसै गरि निर्वाचनमा दलहरुले गल्ली टोल, कार,मोटर साइकल,साइकल,विधुतको पोल देखि देवाल भित्ताहरुमा स्टीकर र पार्टीको झण्डा झुण्डाइएको हेर्न पाइएको छ र कार्यकार्ताहरु संग मतदाताको घर दैलोमा पुगेर भेटघाटलाई तीब्रता दिइएका छन भोट मांग्ने र भोटरहरुलाई भेट गरेर आफनो चुनाव चिन्ह हेराउँदै भोट मांग्ने देखिन्छ । वडा नम्बर १० भृकुटी नगरमा नेकपा एमाले र रप्रपाको सयुक्ंत गठबंन्धनका उम्मेदवार प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.धवल सम्शेर राणा र प्रदेश सभा सदस्य पदका उम्मेदवार निरक गुरुङ्ग र एमाले र रप्रपाका नेता तथा कार्यकर्ताहरुले भोट मत माग्ंदै जनताको धारण सुन्दै । नेपालगञ्जमा चिया पसल देखि पानको पसल सम्म राप्रपा र नेकपा एमालेको गठबन्धनकै चर्चा चली रहेको छ । यहि निर्वाचनले नेपाल र नेपाली जनताको भाग्य र भविष्यको रुपरेखा तय गर्ने भएकाले मतदाताले असल,इमान्दार, सक्षम, देश प्रेमि राष्ट्रिय विकास प्रेमि उम्मेदवारलाई जिताउने बेला आएको छ ।