नेपालगंज २ कार्तिक बाँकेको जानकी गाउँपालिकाको १ नं वडामा किसानहरुलाई बर्शीन घाँसको वीउ वितरण गरेको छ । जानकीको पशु सेवा शाखाको ७५% अनुदानमा किसानहरुलाई विउ वितरण गरिएको हो ।
व्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको माध्यम बाट पशुपालन गर्न सहजहोस भन्ने उद्देशले वीउ वितरण गरिएको जानकी गाउँपालिका का वा अध्यक्ष इब्राहीम अलि हल्वाईले जानकारी दिए । तिन सय जना किसानहरुलाई घाँसको विउ जानकीको पशुसेवा शाखा को ७५% अनुदानमा खरिद गरी किसानलाई वितरण गरिएको कार्यवाहक वडा अध्यक्ष इब्राहीम अलि हालवाईले जानकारी दिनु भएको छ।
वीउ वितरण कार्यक्रममा जानकी गाउँपालिकाका वडा सदस्य हौसी लालले किसानको चाहना अनुरुप विउ वितरण गरिएको जनाएको छ । विउ लिन आएका किसानहरुले विउ पाये पछि खुसी हुँदै वडा अध्यक्ष मो रजा राईलाई धन्यबाद पनि दिनु भएको छ।
कार्यक्रममा जानकी वडा नम्बर १ का कर्मचारी वडा सदस्य तथा जनताहरूको लगाएतको उपस्थिती रहेको थियो ।