नेपालगन्ज, २ असोज - हिजो शनिबारका दिन एक कार्यक्रमको बिच आफ्नो मन्तब्य दिने क्रममा नेकपा माओवादी अध्यक्ष पुष्यकमल दहाल “प्रचण्ड” ले हिन्दु धर्मावलम्बीहरूको आस्थामाथि चोट पुग्ने गरि दिएको अभिव्यक्तिप्रति सनातनी हिन्दुहरूद्वारा विरोध गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको मुटु भनी चिनिने त्रिभुवन चोकमा नेकपा माओवादी अध्यक्ष प्रचण्ड मुर्दावाद, हिन्दुहरूको आस्थामा माथि चोट गर्न पाईन्दैन, यस्तो हत्यारा चाहिँदैना भन्दै नारा जुलुसका साथ चोक पुगी प्रचण्डको पुतला दहन गरि लातले हिर्काउँदै निभाएका छन ।प्रचण्डको पुतला दहन पश्चात आफ्नो भनाई राख्दै हिन्दु अगुवा दिपक लोधले - " नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई खुला चेतावनी छ हिन्दु आस्थामाथि चोट पुग्ने गरि दिनु भएको अभिव्यक्तिप्रति घोर अपत्तिका साथै हिन्दु मात्र नभई सम्पुर्ण धर्मप्रति आस्थावान रही कसैको आस्थामाथि चोट नपुग्ने गरी अभिव्यक्ति दिन तथा दिईएको अभिव्यक्तिप्रति क्षमायाचना गर्न चेतावनी दिएका छन् ।
उक्त पुतला दहन कार्यक्रम हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान नेपालगन्ज संयोजक कृष्णादेवी पाण्डेयको नेतृत्वमा सम्पन्न गरिएको थियो