बांके २०७९ भदौ २६ गते।
सनातनी नेपाल हिन्दु समाज केन्द्रिय कार्यालय बाके प्रमुख दिपक लोध को नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय बांकेमा विभिन्न मागसहित ज्ञापन पत्र बुझाएको छ।
उल्लेखित सम्बन्धमा नेपाल एउटा बहुजातिय बहुभाषिक, बहुसांस्कृतिक हिन्दु राष्ट्र हो । यस तथ्यलाई नेपालको संविधानले पनि प्रत्याभुत गरेको छ । नेपाल हिन्दु समाज नेपालमा जाँड, रक्सी सेवन तथा पेय पदार्थ कम्पनीहरुलाई कम्पनीको विज्ञापन गर्दा हाम्रो हिन्दु समाजलाई नकारात्मक असर परेको र ठेस पुगेको हुँदा हामीले यस पत्र मार्फत उहाँहरुलाई कुनै पनि प्रकारको विज्ञापन गर्दा हिन्दु समाजलाई ठेस, आघात नपुग्ने गरी आग्रह गर्दछौं। आउने दिनहरुमा यस्तो प्रकारको विज्ञापन नगरिदिनुहुन अनुरोध गर्दछौ र यदि यस्तो प्रकारको विज्ञापनहरु रोकिएन भने हामी नेपाल हिन्दु समाजले यसको प्रतिकारमा उत्रन वाध्य हुने जानकारी गराउदै यो ज्ञापनपत्र पेश गरेको छ।