- रमेश चन्द्र कुमाल
नेपालगञ्ज/२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं. २ एक पटक पुनः राममय बन्ने सम्भावना रहेको देखिन्छ ।
२०७४ मा भएको स्थानीय निर्वाचनमा शिवसेना नेपालद्वारा समर्थित उम्मेदवार दिवाकर खनाल यस पटक प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने घोषणाले गर्दा बाँकेका उम्मेदवारहरुमा उत्साह आएको देखिन्छ ।
२०७४ मा भएको स्थानीय निर्वाचनमा मेयर पदका उम्मेदवार दिवाकर खनाल र स्व. उमाशंकर केसरवाल उम्मेदवार रहेका थिए यो स्थानीय निर्वाचन करीब करीब शिवसेना समर्थित उम्मेदवारहरुले जिति सकेका थिए तर यसबीच तत्कालीन गृहमन्त्री वामदेव गौतमले नेपालगञ्जमा साम्प्रदायिक दंगा गराई सम्पूणर् मतपेटिकामा फेर बदल तथा जालझेल गराई नेकपा एमाले पार्टी तर्फबाट मेयर पदका उम्मेदवार डा. धवल शम्शेर राणा र उपमेयर पदका उम्मेदवार शम्सुद्दीन सिद्दीकीलाई विजयी बनाएका थिए । पछि हिन्दुवादी नेता दिवाकर खनाललाई नेकपा माओवादी पार्टीले तारो बनाई ११ वर्षे जनयुद्ध २०६१ मा उनको छातीमाथि ८ वटा गोली प्रहार गरी सिकिस्त रुपमा घाइते बनाएको थियो । त्यस घटनापछि खनाल अमेरिकामा बस्न थाले १४ वर्ष उनी अमेरिकामा व्यतीत गरे तर देश र धर्मको माया उनीले त्याग गर्न सकेनन् । २०८४ सालमा उनी पुनः नेपालमा फर्की विभिन्न धार्मिक कार्यमा सघाउँदै आएका छन् । अहिले देशका प्रमुख राजनीतिक दलहरु विदेशी राष्ट्रको ईशारामा धर्म संस्कृति सभ्यतामाथि कुठाराघात गर्न थाले केही महिनादेखि म्यान्मार, बाँग्लादेश र भारतबाट घुसपैठियाहरुलाई यहाँ ल्याई बसोबास गराउन थालेपछि यसबाट उनीको मन झनै आहत बनेको देखिन्छ । राष्ट्रविरोधी कार्य राजनीतिबाट हुने गरेको कुरा मनन गरी अब राजनीतिमा सक्रिय नभएसम्म देशको धर्म संस्कृति सभ्यता संरक्षण नहुने कुराको मनन गरी अहिले २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिइने घोषणा गरेका छन् । बाँके निर्वाचन क्षेत्र नं. २ मा प्रदेशसभाको निर्वाचन राजकुमार रौनियारलाई उतार्ने समेत घोषणा गरिएको छ । बाँकेको क्षेत्र नं. २ ॅक’ मा राजकुमार रौनियार विगत लामो समयसम्म सक्रिय रही त्यहाँका जनताको सेवा गर्दै आएका छन् । नेपाल शिवसेनाका राष्ट्रिय अध्यक्ष समेत रहेका रौनियार राप्ती नदीको बाढीको कारण त्यहाँबाट विस्थापित बाढी पीडितहरुलाई आवास र खाने लाउने समेत सेवा दिँदै आएकोले उनी यहाँ धेरै नै प्रख्यात छन् । नेपाल शिवसेना २०७४ मा तत्कालीन गृहमन्त्री वामदेव गौतमले गराएको विभत्स घटना जसमा सैयौं शिव सैनिकमाथि भारतीय घुसपैठियाहरुले गोली चलाई घाइते पारेका थिए सो घटनाको बदला दिन अहिले नेपाल शिवसेना मंसिर ४ गतेको निर्वाचनमा लागेको महसुस गर्न थालिएको छ नेपाल शिवसेनाबाट समर्थित यी द्वय उम्मेदवारहरुको मात्र एउटै उद्देश्य छ हिन्दु राष्ट्रको पुनस्र्थापना, धर्म संस्कृति सभ्यताको संरक्षण र विदेशी घुसपैठियाहरुको व्यवस्थापन यति काम गर्न सके ८५ प्रतिशत नेपाली जनताले आफै नै शाहवंशका हिन्दु सम्राटलाई राजगद्दीमा आरोहण गराई दिनेछ । यो कार्य कुनै शक्तिले रोक्न सक्दैन तर सबैभन्दा पहिले हाम्रो प्रमुख लक्ष्य भनेको हिन्दु राष्ट्रको पुनस्र्थापना यही नै मुख्य चुनावी मुद्दा खनाल र रौनियारले अघि सार्ने रणनीति रहेको बुझिन्छ । दिवाकर खनाल त्यसो त विशुद्ध नेपाली काँग्रेस कार्यकर्ता हुन् तर धार्मिक आस्थाका कारण उनी शिवसेनासँग अति नै नजीक छन् । उनी नेपाली काँग्रेसभित्र नै रही हिन्दु राष्ट्र पुनस्र्थापनाको अभियान अघि बढाउने चाहना राखेका थिए तर नेपाली काँग्रेसमा धर्म निरपेक्षवादी र सेकुलरवादीहरु धेरै नै हावी रहेकोले सो पार्टीमा हिन्दु राष्ट्रको चाहना राखेकाहरु अति नै कमजोर अवस्थामा छन् । नेपाली काँग्रेसको केही असन्तुष्ट समूह दिवाकर खनालको साथमा रहेकोले उनीको दबावमा खनाल आफ्नो उम्मेदवारी दिइ रहेको कुरा समेत चर्चा परिचर्चामा रहेको छ । दिवाकर खनाल नेपालगञ्जका पुराना वासिन्दा हुन् यस कारण उनी मधेशी वर्ग र पहाडी वर्गमा विशेष पकड राख्छन् । यहाँको केही उदारवादी मुस्लिम समुदाय पनि उनीलाई रुचाउँछन् । यस कारण निर्वाचनमा उनीको स्थिति अति नै बलियो रहेको देखिन्छ तर यसको लागि नेपाल शिवसेनाले दिनरात मिहनेत गर्नुपर्छ । केही ग्रामीण क्षेत्रहरुमा सेनाको पकड धेरै नै बलियो रहेपनि नेगउमनपाभित्र यसको पकड केही कमजोर रहेकोले यही नै अवस्था सोचनीय छ । जुन दिन सेनाले नगर क्षेत्रको २३ वटै वडामा आफ्नो वडा समिति गठन गर्ने सफलता प्राप्त गर्छ यसमा खनाललाई निश्चित नै विजयी बनाउनेछ । यसको कारण हो नगरले नै बाँकेको सम्पूणर् निर्वाचन क्षेत्रको माहौल बनाउने गर्छ । बाँकेको विगतको इतिहास छ जसलाई बाँकेवादीले मन पराए सबै सिट थोकमा दिइन्छ । बाँके क्षेत्र नं. २ को अतिरिक्त अन्य कहिँ नेपाल शिवसेनाको समर्थित उम्मेदवारहरु खडा भइ रहेका छन् यस समय अन्य पार्टीका हिन्दुवादी छविका मजबुत सशक्त उम्मेदवारलाई सेनाले भित्री रुपमा समर्थन दिए यस पटक क्षेत्र नं. २ के सम्पूणर् बाँकेको निर्वाचन क्षेत्र राममय बन्ने बढी सम्भावना छ । यसको स्थिति अझैदेखि नै देखा पर्न थालेको छ । दिवाकर खनाल र राजकुमार रौनियारको उम्मेदवारी हुने घोषणा पछि यहाँ केसरिया पोशाकधारीहरुको संख्या अकस्मात बढ्न थालेको छ । अहिले त्यस्ताहरु जयश्रीरामको नारा सर्वत्र गुञ्जाएमान थर्न थालेपछि आफू हिन्दुको प्रबल समर्थक रहेको दावी गर्ने नक्कली हिन्दुवादी नेताहरुको सातौ उडेको देखिन्छ । नेपाल शिवसेनाका समर्थित उम्मेदवार चुनावी मैदानमा उतार्ने घोषणापछि सेनामाथि चौतर्फी आरोप प्रत्यारोप पनि लाग्न शुरु भएको छ । यसको कारण हो बाँकेमा करीब २ वटा पार्टी पनि हिन्दु राष्ट्रको नारा दिइ चुनावी मैदानमा उतार्ने छ यसमा एउटा पार्टी हिन्दु राष्ट्रको र अर्को पार्टी हिन्दु राष्ट्र र राजसंस्था दुवैको नारा बोकेको छ यस समय कुन पार्टी सक्कली हिन्दुवादी हो कुन नक्कली यो छुट्याउन बाँकेका मतदातालाई गाह्रो भएको छ । केही नक्कली हिन्दुवादी पार्टीका प्रमुख नेता वैदिक सनातन धर्मावलम्बीको सबै भन्दा ठूलो एकादशीको दिनमा मासु खाँदै गरेको भिडियो भाइरल भएपछि सक्कली हिन्दु र नक्कली हिन्दुको परिचय छुट्याउन सजिलो भएको छ त्यस्तै एउटा छद्मभेषी हिन्दुवादी पार्टीले माथिबाट हिन्दुवादको प्रदर्शन गर्ने र त्यसबाट आयोजन गरिएको जुलुस प्रदर्शनमा केसरिया ध्वजा नराखिएको त्यसको सट्टा विदेशी धर्मको ध्वजा पताकाको घटनाले गर्दा बाँकेवासीको मन त्यस्तापार्टीबाट हटेको देखिन्छ यस कुराको प्रचार प्रसार सेनाले निर्वाचनको समयमा गर्न सकियो भने हिन्दु मतदातामा अझै चेतना आउने सम्भावना छ दिवाकर खनाल र राजकुमार रौनियारको एउटा आकर्षण छ त्यो हो उनी सधैं आफूले राष्ट्रवादीसँग शुद्ध भोट माग्ने तर राष्ट्रघाती र हिन्दु विरोधीसँग भने भोट नमाग्ने कुराले बाँकेका हिन्दु वर्गबीच उनीको आकर्षण बढी रहेको छ । बाँकेमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हिन्दुवादी राष्ट्रवादी शक्तिको लागि एउटा कठिन चुनौति सरह छ । निर्वाचनमा दिवाकर खनाल र राजकुमार रौनियार अपार बहुमतले विजय प्राप्त गर्नेछन् भने जसरी भारतको उत्तर प्रदेश राज्यमा हिन्दु जनमानस शिर उच्च पारेर हिँडी रहेका छन् यहाँ पनि त्यस्तै प्रकारको ऐतिहासिक कार्य भयो भने राष्ट्र, धर्म संस्कृति सभ्यता र हिन्दुको स्वाभिमान बढ्नेछ यिनी दुई उम्मेदवार पराजित भए हिन्दुलाई एक दिन नेपाल छाड्नुपर्ने धर्म संस्कृति सभ्यता समाप्त हुने बढी जोखिम रहेको छ ।