यसपालि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सफलतातर्फ लैजाऔं ।
Tuesday, August 23, 2022
0
२०५४ मा भएको स्थानीय निर्वाचनमा शिवसेना नेपालबाट समर्थित मेयर पदका उम्मेदवार दिवाकर खनाल र उपमेयर पदका उम्मेदवार स्व. उमाशंकर केसरवाल सो समयमा अत्यधिक चर्चामा रहेकाले नेपालगञ्जका मतदाताले उनीहरुलाई ठूलो समर्थन दिएकाथिए परिणाम यो आयो कि पुरै नगर भगवामा रंगिएको थियो जय श्रीराम नामको नारा सबै तर्फ गुञ्जाएमान भएको थियो । वामदेव गौतम थर्कमान भएका थिए त्यस समय उनीले जसरी पनि नेकपा एमालेका उम्मेदवार लाई जिताउनै पर्छ सोच राखी नेपालगञ्ज नगरलाई साम्प्रदायिक दंगाको चपेटामा पारे यस समय करीब १२ दिनसम्म सम्पूणर् नगरमा अराजकताको माहौल रह्यो । दंगाको कारण मतपेटिका बचाउन गाह्रो भयो यो समय उनीले मतपेटिकामा नेकपा एमाले उम्मेदवारको समर्थनमा फर्जी मत खसाले र आफ्नो उम्मेदवारलाई विजयी बनाउन सफल भए । यो अप्रिय घटना घटेको दशकौं समय व्यतीत भई सकेको छ यस अन्तरालमा गंगाको अथाह पानी बगी सकेको छ तर सो घटनाको घाउ वैदिक सनातन धर्मावलम्बीहरुमा आलै छ । यहाँ उल्लेख गर्नु आवश्यक हुन्छ कि त्यस समय गृह मन्त्री गौतममा यति शक्ति र क्षमता थिएन कि आफ्नो उम्मेदवार जिताउन सकुन् यस कारण उनीले भारतको लखनऊबाट राजधानीबाट अवांछित तत्व बोलाई निर्वाचन बिथोलेका थिए । आज त्यस्तो समय भने छैन अहिले देशभरी वैदिक सनातनको आँधी नै चलेको छ । देशभरीबाट अब देश हिन्दु राष्ट बन्नु पर्ने माग उठेको छ । वैदिक सनातन धर्मावलम्बीहरुले अब विदेशी घुसपैठिया, विदेशी हस्तक्षेप लाई सहन गर्दैनौं यस्तो संकल्प लिएकाले अब मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी पर्ने भएको छ स्वतन्त्र उम्मेदवारहरुप्रति नेपाली जनताको आस्था बढेकोले देशलाई हदैसम्म लुट्ने भ्रष्टाचारी प्रमुख राजनीतिक दल अब गठबन्धनको बाटो रोज्न बाध्य बनेको देखिन्छन् । यस्तो कार्यबाट साबित हुन्छ कि प्रमुख राजनीतिक दलमा एक्लै निर्वाचन लड्ने शक्ति अब रहेन तर जनता पनि यति सचेत र सजग भई सकेका छन् कि उनी अब कुनै हालतमा प्रमुख राजनीतिक दलका उम्मेद- वारलाई आफ्नो मत दिन्दैनौ यस्तो संकल्प लिएकाले प्रमुख राजनीतिक दलको हातखुट्टा सुन्निएको छ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अति नजिकिँदै रहेको देखि यहाँ बाँके क्षेत्र नं. २ मा नेपाल शिवसेना नामको धार्मिक संगठन सक्रिय बनेको छ । यसपालि नेपाल शिवसेनाले आफ्नो समर्थन दिई स्वतन्त्र उम्मेदवार निर्वाचनमा उतार्ने उद्घोष गरेको छ । भर्खरै बिहिवार दिन त्यसले बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा दिवाकर खनाल र प्रदेशसभामा राजकुमार रौनियारको उम्मेदवारी पर्ने घोषणा गरेको छ । यो वैदिक सनातन धर्मावलम्बी हरुको लागि ठूलो अवसर हो । २०५४ को स्थानीय निर्वाचनमा जुन घाउ दिएको थियो त्यसको पूर्ति अब गर्ने बेला आएको छ । विडम्बना हेर्नोस् २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमाले पार्टीबाट जुन उम्मेदवार धर्म निरपेक्षताको नारा बोकेका थिए अहिले सर्प काँचुली फेरेका छन् उनी अहिले आफूलाई हिन्दुको प्रबल हिमायती रहेको ढोंग गरी रहेका छन् । यस्तो कार्य छेपारोले मात्र गर्न सक्छ किनकी छेपारो रंग फेर्नमा माहिर हुन्छ सोही प्रकार सो छेपारोले अहिले आफ्नो रंग फेरी नक्कली हिन्दु बनेको छ । वैदिक सनातन त्यसलाई भनिन्छ जो पहिले पनि थियो आज पनि छ र आगामी समयसम्म पनि रहन्छ तर यी नक्कली हिन्दु विगतमा पनि हिन्दु थिएनन् अपितु धर्म निरपेक्षवादी थिए आज उनी आफूलाई हिन्दुवादी रहेको साबित गर्न चाहन्छन् यो उनीको चलाखी र कुटनीति हो यो कुरा यहाँका वैदिक सनातन धर्मावलम्बी बुझिसकेका छन् । कुरा गर्ने हिन्दुवादको तर काम गर्ने विदेशी धर्मका अनुयायीको यो उनीको नियति हो यस कारण अब समय आएको छ यस्ता नक्कली हिन्दुवादी नेतालाई उनीको औकात देखाइदिने र यिनीहरु तपाई हामीको घरदैलोमा हिन्दु वादको नारा दिई मत माग्न आउन्छन् भने सनातनीहरुले उनीसँग जवाफ माग्नुस् कि २०७४ सालको स्थानीय निर्वाचनमा सोझासाझा निर्दोष वैदिक सनातनीहरु माथि अनाहक गोलीको वर्षा गराई किन रगत बगाइएको थियो ? मेयर बनेपछि हिन्दु हितको लागि के के काम गर्यौ पछि पुनः मेयर पदको चुनाव लड्दा हिन्दु आस्थाको र राष्ट्रिय जनावर गाईको चुनाव चिन्हबाट लडेर निर्वाचित भयौ अनि गाईलाई भोकै प्यासै किन मार्यौ ? अन्यत्र ठाउँमा पठाई दिन भनि सैयौं गाईको हत्या किन गरायौ ? यो कुरा सोध्ने वैदिक सनातनीहरुको अधिकार हो तर एउटा कुरा सबैले अवश्य बुझ्नु पर्छ जो पहिले गद्दारी गरेको थियो फेरी पनि गद्दारी गर्न अलिकता पनि लाज मान्दैन किनकी यस्ताहरु धार्मिक कहिल्यै पनि हुन सक्दैनन् तर धर्मको आड लिएर राजनीति अवश्य गर्छन् २०७४ को स्थानीय निर्वाचनमा गरिएको अराजकाको बदला वैदिक सनातन धर्मावलम्बीहरुले यसपालिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लिन सकेनन् भने यो एउटा महाभूल हुनेछ । जस सनातनीमा धर्मप्रति माया ममता हुँदैन त्यो सनातनी पशुतुल्य हुन्छ । यस कारण धर्मसँग गद्दारी गर्न कसैले सोच नराखौं कसैले गद्दारी गर्छ भने त्यो आफ्नो भावी सन्ततिलाई जोखिममा पार्नेछ हदैसम्मको लुटेर प्रमुख राजनीतिक दलका नेताले देशलाई कंगाल बनाई सकेका छन् यसै समयमा म्यान्मार बर्माबाट आएका ५०औं हजार घुसपैठिया यहाँ पसी सकेका छन् यसअघिबाट युरोपियन देशको यहाँ ठूलो हस्तक्षेप छ जसको कारण देशको प्राचीन धर्म संस्कृति सभ्यता लोप हुने अवस्थामा पुगेको छ । विदेशी घुसपैठियालाई यहाँका प्रमुख राजनीतिक दलका नेताले भित्र्याएका हुन् अब यिनीहरुलाई नेपाली नागरिकता दिइने जालझेल भई रहेको छ । यस्ता कार्यमाथि विराम लगाउन सकिएन भने फिजी जस्तै हाम्रो देशको पनि हालत बन्ने सम्भावना छ । यस समयमा वैदिक सनातनी धर्मालम्बी हरुले बुझ््नु पर्यो कि पहिले अफगानिस्तानबाट भगाइयो, पछि पाकिस्तान, बंगलादेश लगायतबाट अब नेपालबाट भगाइन्छ भने कुन देशमा जाने त ? भन्ने गरिन्छ संघे शक्ति कलियुगे कलियुगमा संघको शक्ति ठूलो हुन्छ । यस कारण संघ निर्माण गर्नेतर्फ लागौं तपाई हिन्दु स्वयंसेवक संघ, विश्व हिन्दु संघ, हिन्दु युवा संघ, पशुपति सेना वा शिवसेना नेपाल जे पनि हुनु हुन्छ त्यसमा इमान्दारी र लगनले लाग्नुस् तर सबैको लक्ष्य एकमात्र रहनु पर्छ त्यो लक्ष्य हुनुपर्छ हिन्दु राष्टको निर्माण । जसले हिन्दु हितमा कार्य गर्छ त्यसलाई शासन गर्न दिनोस् आफू हिन्दु हौं र हिन्दुलाई अपमानित गर्न ठूलो एकादशीको दिन पनि मासु खाने भिडियो भाइरल गराउन्छ भने त्यसको माथि अब पनि तपाईहरु विश्वास गर्नु हुन्छ त ? यस कारण पुरानो घाउलाई नबिर्सनोस् नक्कली हिन्दु यस निर्वाचनमा तमाम देखा पर्नेछन् तर हिन्दु हितमा कार्य गर्ने १-२ जना मात्र उम्मेदवार यसबीचमा देखा पर्नेछन् । २०७४ को स्थानीय निर्वाचनमा विफलता मिलेको थियो यस पटक पनि विफलता हात लाग्नेछ यस्तो भ्रममा कोही नपरोस् । रातपछि दिन आउँछ नराम्रो दिनपछि राम्रो दिन आउछ त्यसरी नै विफलतापछि नै सफलता मिल्छ यस पटक सफलता अवश्य मिल्नेछ यो कुरामा सबै नै आफ्नो मनोबल उच्च बनाई राखौं ।
Tags