संकटमा देश अति नै संकटपूणर् स्थितिबाट गुज्री रहेको छ।
Monday, August 08, 2022
0
देश १५-१६ वर्षको अन्तरालमा अहिले अति नै संकटपूणर् स्थितिबाट गुज्री रहेको छ । यस संकटको मुख्य कारण हो २०६२-०६३ मा भएको जनआन्दोलन, जसबाट व्यवस्था त परिवर्तन भयो तर परिवर्तन अनुसार काम हुन सकेन जसको कारण आज देशको अवस्था नाजुक बन्दै गएको छ । देश एक किसिमले बर्बाद झैं बनेको छ । देश चलाउने नेता आबाद भई रहेका छन् जुन नेतासँग पहिले रिक्शा चढ्ने पैसा थिएन आज उनी अर्बौं करोडौंमा खेली रहेका छन् जुन नेतालाई पछिल्लो समयमा २ छाक टार्न गाह्रो थियो आज बिलासीपूणर् जीवन व्यतीत गरी रहेका छन् । देशका प्रमुख राजनीतिक दलका नेताहरु कै कारण आज देश अत्यन्त संकटको स्थितिबाट गुज्री रहेको छ । यस्तै स्थिति अझ केही दिन कायम रही रहने हो भने हाम्रो देश पनि श्रीलंकाको स्थितिमा पुग्ने अनुमान रहेको छ । कुनै समयमा अत्यन्त समृद्धशाली हाम्रो देश १५-१६ वर्षभित्रै किन बर्बाद भयो यसबारे खोत्लिँदा पाइन्छ कि २०६२-०६३ मा जसरी जनआन्दोलन भाग २ सफल भयो भोकाएका नेता देशलाई हदैसम्म लुट्न योजना बनाउन थाले । अवस्था यो आयो कि उनी नेताहरु जसरी गिद्ध गन्हाएको सडेगलेको सिनो खान आतुर हुन्छ सोही प्रकारले यी गिद्ध नेता सडेगलेको गन्हाएको सिनो खाना लुछाचुडी मचाउन शुरु गरी दिए यहाँ उल्लेख गर्नु आवश्यक हुन्छ कि २०६२-०६३ को जनआन्दोलन युरोपियन क्रिश्चियन देशको निर्देशनमा शुरु गरिएको थियो त्यही युरोपियन क्रिश्चियन देशहरुले ठूलो रकम खर्च गरेर जनआन्दोलन सफल बनाउन महत्वपूणर् भूमिका निर्वाह गरेका थिए । युरोपियन देशको यसमा एउटा ठूलो स्वार्थ थियो । उनीहरु हिन्दु राष्ट्र नेपाललाई समाप्त पारी यसलाई क्रिश्चियन देश घोषणा गराउने तानाबाना बुनेका थिए पछि यस्तै नै भयो यस व्यवस्थामा क्रिश्चियनहरुले अपरेशन सनातनको अभियान चलाउँदै धर्मान्तरणको ओइरो ल्याए यस १६-१६ वर्षको अन्तरालमा देशको कुना कुनामा १०औं हजार ठूला साना चर्चको स्थापना गरियो । जुन नेता वैदिक सनातनको कुलघराना र उच्च जातिका थिए उनीलाई लाखौं-लाख डलर दिई खरीद गरियो । डलरको लोभमा नै ठूला जातिका यी नेता राजधानीमा विदेशी धर्मगुरुलाई बोलाई होली वाइन खाए । आज क्रिश्चियन देशसँग बिक्री भएका त्यस्ता नेताहरुको कारण ई बाट ईसु पढ्न बच्चालाई बाध्य पारिएको छ । आजका यी नेताको जाति माथिबाट वैदिक सनातनी देखिन्छ तर भित्री रुपमा यिनीहरु क्रिश्चियन भई सकेका छन् यी नेताहरुले देशमा वाइडबडी, ३ केजी, ३३ कुन्टल सुन, बालुवा टारको जग्गा बिक्री, एनसेलमा कर छली जस्ता भ्रष्टाचार गराई देशलाई लुटी सकेका छन् । अहिले पनि यस्तै प्रकारको षडयन्त्र जारी राखेका छन् । देशका वास्तविक नेपाली जनतालाई यहाँ अल्पसंख्यक बनाउन दशकौंअघि दशौं हजार भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाए । अब फेरी उनी विदेशीलाई नागरिकता दिन नागरिकता विधेयक ल्याएका छन् । अब फेरी नेपाली नागरिकता वितरण भयो भने यो देश कश्मीरी र रोहिंग्या घुसपैठियाहरु बढी नेपाली नागरिकता पाउने छन् । नागरिकता विधेयक जुन अहिले ल्याउने प्रयास भएको छ यो अरब देशको इशारामा आएको हुन सक्छ किनकी म्यान्मार बर्मामा रोहिंग्याहरुले हजारौं हजार बौद्धिष्ट शिशु बालक युवा वृद्ध वृद्धाको घाँटी रेटी हत्या गर्दा त्यहाँ प्रतिकार शुरु भयो देशभक्त म्यान्मारका जनताको प्रतिकार यति भिषण थियो कि लाखौं लाख रोहिंग्या म्यान्मारबाट भाग्न बाध्य भए । अहिले बाँग्लादेशमा करीब ८ लाख, भारतमा करीब अढाई लाख जति रोहिंग्या बसेका छन् । बाँग्लादेश रोहिंग्याको कारण अति नै त्रस्त बनी सकेको छ यस कारण केही महिनाअघि बाँग्लादेशका नागरिकले रोहिंग्याको आवासमा आगो लगाई भगाए । भारतमा पनि रोहिंग्या धपाउने कार्य शुरु भई सकेको छ । यस कारण ती रोहिंग्या अब लाखौं लाखको संख्यामा नेपालमा भित्री रहेका छन् । वास्तवमा यी रोहिंग्याहरुलाई साउदी, तुर्की, मलेशिया लगायत ५७ वटा मुस्लिम देशले आफ्नो यहाँ लगेर राख्नु पथ्र्यो तर रोहिंग्याको आपराधिक प्रवृत्ति देखेर कुनै मुस्लिम देश यिनीलाई आफ्नो यहाँ राख्न तयार छैनन् । धर्मको आधारमा ती मुस्लिम देशहरुले रोहिंग्यासँग सहानुभूति राखेका छन् यस कारण अरब देशहरु नेपालमा रोहिंग्याहरुलाई राख्न देशका प्रमुख राजनीतिक दललाई खरीद गरी अहिले नागरिकता विधेयक ल्याएका हुन् । यस पटक यो नागरिकता विधेयक लागु भयो भने लाखौं लाख विदेशीले नेपाली नागरिकता प्राप्त गर्नेछन् । जसबाट यो देश फिजी जस्तो बन्नेछ । नागरिकता वितरणकै कारण देश टुक्रिने सम्भावना छ यहाँ क्रिश्चियन लैण्ड अरब लैण्ड बन्न बेर लाग्दैन यसरी विदेशी रकमको लोभमा गणतन्त्रका नेताहरुले देशसँग ठूलो गद्दारी गर्दै आएका छन् । यसबाट बच्न अब देशका ८५ प्रतिशत जनता जाग्नु जरुरी छ किनकी नेपाली जनताको लागि एक वटा मात्र देश हो त्यो हो नेपाल नेपाल जब देशै रहँदैन भने नेपाली जनता आगामी समयमा कहाँ गएर बस्ने हुन् यो कुरा अहिले सबैले नै बुझ्ने बेला आएको छ । देश अत्यन्त संकटको घडीबाट गुज्री रहेको छ यसलाई बचाउन अपरेशन ॅनेता’ जनताले चलाउन सक्नुपर्छ जुन प्रकारले श्रीलंकाका जनताले आफ्नो भ्रष्ट नेताप्रति अपरेशन चलाएका थिए सोही प्रकारको अपरेशन ॅनेता’ अभियान यहाँ पनि चल्नु पर्छ ।
Tags