अवधी÷हिन्दी भाषा साँस्कृतिका महान पण्डित, भक्तकवि, सन्तशिरोमणि तुलसीदास जी महाराजको ५२५ औं जयन्ती एवं २३ औं अवधी दिवसको अवसरमा तृतीय अन्तरदेशीय अवधी महोत्सव–२०७९ नेपालगन्जमा भब्य रुपमा मनाईएको छ ।
बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१४ बाबुगाउँ स्थित रहेको मेरो प्लानेटमा अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिको आयोजनामा सम्मान अर्पण बिचार संगोष्ठी (कार्यपत्र प्रस्तुती), बिचार गोष्ठी साँस्कृति नृत्य तथा बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ ।
प्रथम चरणको कार्यक्रम अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिका सल्लाहकार पशुपति दयाल मिश्राको अध्यक्षतामा प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुम्हार र महासचिव बीरेन्द्र यादवद्वारा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि मधेशी आयोग नेपालका अध्यक्ष डा. बिजयकुमार दत्त, बिशिष्ट अतिथि केन्द्रिय सदस्य बिजयकुमार गुप्ता, बिशिष्ठ अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मी, चित्र अवलोकन गरी सन्त शिरोमणि तुलसीदास जी महाराजको तस्वीरमा अबीर र माला लगाई, दीप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा महासचिव बीरेन्द्र यादवले स्वागत मन्तव्य, सरस्वती बन्दना गीत बालबालिकाहरुका साथै रुकमणी चौहान, सल्यानी कोरी, गणेश बन्दना सुशीला गुप्ताले प्रस्तुत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुम्हारद्वारा रचित स्वागत गीत शाहिदा शाह वहिदाले प्रस्तुत गरेका थिइन । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्ट, पूर्व नगर प्रमुख डा. धवल शमशेर राणा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दोस्रो चरणको कार्यक्रम डा. राजबाला (राज) को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जानकी गाउँपालिका वार्ड नं.–३ बन्जारेगाउँका नितेश बिश्वकर्माको नेतृत्वमा रामकुमार बिश्वकर्मा, साहेब शरण बिश्वकर्मा, मुकेशकुमार मौर्याले साजबाजाका साथ कजरी गीत सुनाएका थिए । सो गीतमा सल्यानी कोरीले नृत्य प्रस्तुत गरेकी थिइन ।
मधेशी आयोग नेपालका केन्द्रिय सदस्य बिजयकुमार गुप्ता, बिशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मी, वरिष्ठ लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटर, मधुसुदन शर्मा रिजाल, अतिथि गुल्जारे अदब नेपालगन्जका अध्यक्ष हाजी अव्दुल लतीफ शौक, आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा भेरी साहित्य समाजका अध्यक्ष हरिप्रसाद तिमिल्सिेना, शिक्ष बिकास समन्वय ईकाई समितिका प्रमुख रामसुरेश यादव, पूर्व शिक्षक तथा महेन्द्र पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादव, शिक्षिका कृष्णादेवी पाण्डेय, शिक्षक तोजेन्द्र बिक, कृष्णमुरारी भट्ट, चन्दा सिंह, निलम शर्मा, अल्पना बैश्य, पंकजकुमार श्रेष्ठ, लक्ष्मण प्रेमी, घनश्याम गुप्ता, आनन्द गिरिी मयालु, जमील हाशमी, जहिरुल हक जीनू, सीता देवी बैश्य, लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा कल्पना पौडेल जिज्ञासु, चरित्रा शाह, वरिष्ठ उर्दू शायर अव्दूल लतीफ शौक, सरदार मधई सिंह सरदार, बाबा सैयद अली शाह, मञ्जु बैश्य, सुशीला बैश्य अराधना बैश्य, उर्दू गजल साहिदा शाह, राम गोपाल यादव लगायत ५० बढीले आ–आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा त्रिभुवन बिश्व बिद्यालयकी प्रो. डा. श्वेता दीप्तिद्वारा तयार गरिएको कार्यपत्र पाठ सन्तोषी सिंहले वाचन गर्नुभएको थियो । यसरी कार्यक्रममा भारत जिल्लाको बहराईच, श्रावस्ती क्षेत्रबाट पीके प्रचण्ड र पत्रकार मिथिलेश जायसवालको नेतृत्वमा १७ जनाको समूह, राय बरेली क्षेत्रबाट इन्द्रबहादुर सिंह इन्द्रेशको नेतृत्वमा ४ जना, हरियाणा क्षेत्रबाट डा. राजबाला (राज)को नेतृत्वबाट ३ जना, बिश्वा नैमीसारन्य सीतापुर क्षेत्रबाट सन्दीप सरस सहित ६ जना, नेपालको दाङ्गबाट रामगोपाल यादवको नेतृत्वबाट ३ जना, कृष्णादेवी पाण्डेय समूह सरस्वती बन्दना सहित ८ जना, कशौधन बैश्य समाज कीर्तन मण्डल महिला समूहबाट ८ जना, हुडका जोडी नृत्य समेत प्रस्तुत गरिएको थियो ।
अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिका अध्यक्ष बिष्णुलाल कुम्हारका अनुसार सो कार्यक्रममा अवधी एकेडेमीको मांग, श्रीराम र तुलसीलाई राष्ट्रिय विभूति घोषणा, अवधी भाषालाई प्रदेशमा कामकाजको भाषाको मांग, बिश्व बिद्यालयमा शोध पीएचडी गर्ने व्यवस्था, लुम्बिनी प्रदेशको नाम परिर्वतन गरी अवध लुम्बिनी प्रदेशको नाम गरियोस् भन्ने घोषणा पत्रमा पारित गरेका छन् ।
सो कार्यक्रममा बालबालिका तथा किशोरीद्वारा लोकनृत्य वरिष्ठ लोक चित्रकार बिष्णुलाल कुम्हार र प्रशिक्षार्थीहरुद्वारा तयार गरिएको लोक चित्रकलाको प्रर्दशनी गरिएको थियो । सोही दिन साँझ बागेश्वरी मन्दिरको पूर्वतिर रहेको तलाउको पूर्वछेउमा दीप प्रज्वलन समेत गरिएको थियो ।
२३ औं अन्तरदेशीय अवधी महोत्सव २०७९ नेपालगन्जमा भब्यता साथ सम्पन्न।
Tuesday, August 09, 2022
0
नेपालगन्ज, २४ साउन २०७९
Tags