राजा आऊ देश बचाऊ।
Tuesday, July 26, 2022
0
राजा आऊ देश बचाऊ हाम्रो देश अहिले अत्यन्त कहालीपूणर् अवस्थाबाट गुज्री रहेको छ २०६२-०६३ मा भएको जनआन्दोलन भाग २ को सफलतापछि नेपाली जनताले देशको कायापलट नै हुने, चहुमुखी विकास हुने, जनतालाई बराबरीको हक अधिकार मिल्ने अपेक्षा लिएका थिए तर व्यवस्था परिवर्तन भएपनि सरकारमा भने कुनै प्रकारको परिवर्तन भने आएन । विदेशीको इशारामा आएको गणतन्त्रमा प्रमुख राजनीतिक दलले देशलाई यसरी लुट्नमा तल्लीन भए जसरी मरेको राँगाको सिनोलाई गिद्धले लुछीलुछी खान्छ । यस व्यवस्थामा संघीयताको दाउ चलियो यस समय देशलाई लुट्ने नेताहरुलाई झनै मौका मिल्यो । अहिले देशभरी नै सरकार नै सरकार पैदा भएका छन् । केन्द्र, प्रदेश, स्थानीय र वडासम्मकाहरु सरकार बनेका छन् । यिनीहरु आ-आफूलाई राजा भन्दा कम ठान्दैनन् । माथिदेखि तलसम्मका राजाहरुको संख्या देखियो भने आंग नै सिरिंग हुन्छ । देशमा १ जना राष्ट्रपति, १ उपराष्ट्रपति, १५ केन्द्रिय मन्त्री, १ राष्ट्राध्यक्ष, १ राष्ट्रियसभा अध्यक्ष, १ राष्ट्रियसभा उपाध्यक्ष, ५१ राष्ट्रियसभा सदस्य, १ सभामुख, १ उपसभामुख, १६५ समानुपातिक सांसद, ६ प्रदेश सभामुख, ७ प्रदेश उपसभामुख, ७ प्रदेश प्रमुख, १५४ प्रदेश मन्त्रीहरु, ७७ जिल्ला समन्वय समिति प्रमुख, ७७ जिल्ला समन्वय समिति उपप्रमुख, ५३ जिल्ला समन्वय समिति सदस्य, ६ महानगरपालिका मेयर ६ महानगरपालिका उपमेयर, ११ उपमहानगरपालिका मेयर, ११ उपमहानगर पालिका उपमेयर, २७६ नगरपालिका मेयर, २७६ नगरपालिका उपमेयर, ४६० गाउँपालिका अध्यक्ष, ४६० गाउँपालिका उपाध्यक्ष, ६४७३ वडाध्यक्ष, २६१७२ वडा सदस्य, कार्यपालिका सदस्यहरु त्यस्तै भीआईपी र भीभीआईपीहरु रहेका छन् यिनीहरुको तलब, भत्ता, सुख सुविधाहरुमा अर्बौं रकम खर्च हुन्छ । विगतमा १ जना राजा देश चलाई रहेका थिए र देश राम्रो ढंगले चली रहेको थियो देशको चहुमुखी विकास भएको थियो । सर्वत्र सुखशान्ति थियो, विधिको शासन थियो अत्याचार अनाचारको नामोनिशान थिएन, जनता सुखपूर्वक बस्न पाएका थिए । अहिले त सबै नै राजा भएका छन् । माथिदेखि तलसम्म भ्रष्टाचारको बोलाबाला छ यिनी राजाहरु झन झनै धनी बन्दै गइ रहेका छन् । जनता भने झनझनै गरीब बन्दै गई रहेका छन् । स्थिति यो छ कि गरीब देशमा रोजिन्दा अर्बौंको घोटाला भई रहेको छ । एनसेल कर छली, ३३ किलोदेपखि ३३ कुन्टल सम्मको सुनमा घोटाला, वाइडबडी, बालुवाटारको जमिन खरीद लगायत भ्रष्टाचारको उल्लेख गर्दा त्यस भ्रष्टाचारको उल्लेख गर्न गाह्रो भएको छ । अब त अनुमान यो लागी रहेको छ कि जसरी १ परिवारको कारण श्रीलंकामा आगो लाग्यो त्यस्तै कुनै दिन नेपालको पनि लाग्न सक्ने अनुमान सर्वत्र गर्न थालिएको छ । यस कारण अहिले पनि समय छ सबै नेपाली जनता यस्ता बेमान राजनेताहरुबाट समयमा सचेत र सावधान बनौं नेपालीको लागि मात्र एउटा देश हो त्यो हाम्रो देश नेपाल । यो पनि रहँदैन भने हामीहरु कहाँ गएर बस्ने हो ? यसको चिन्ता सबैले गर्नु नै पर्छ । यस कारण हजारौं बेइमान राजा भन्दा एउटा इमान्दार राजा ठीक कमसेकम देश त सुरक्षित रहनेछ । हजारौं हजार राजाहरुको भारी थेग्ने क्षमता यो गरीब देशको छैन नून रोटी खाएर सुखपूर्वक बस्न मिल्छ भने त्यही नै ठीक हुन्छ देशको एकता अखण्डता र सार्वभौमिकतामाथि खतरा बढेको छ । विदेशीहरु एमसीसीको जाल फाली देशलाई फसाउन थालेकोले यो देश विदेशीको दास बन्ने अवस्थामा पुगेको छ । भन्ने गरिन्छ, आफ्नो घर अव्यवस्थित रुपमा खुल्ला पारी दिए सर्प जस्ता विषालु जनावर पस्न थाल्छन् अहिले त्यस्तै नै भई रहेको छ देशको खुल्ला सिमानाको फाइदा उठाई पहिले कश्मीरी पसे र पछि उनीहरु नेपाली नागरिकता लिएर यहीँ हराए अब म्यान्मारमा सोझासाझा बौद्धिष्ठहरुको हत्या गरेर भागेका रोहिंग्याहरु १०औं हजारको संख्यामा देशभित्र पसी सकेका छन् । उनीहरु अहिले शरणार्थीको मान्यता मागी रहेका छन् यिनीहरु यहाँ धेरै दिन बस्न पाए सजिलै नेपाली नागरिकता पाउन सफल हुन्छन् र यिनीहरुपनि एक दिन यहीं हराउनेछन् । यिनी रोहिंग्याहरुलाई राजनीतिक संरक्षण प्राप्त भएकोले विस्तारै देशभरी फैली रहेका छन् यस कारण देश आतंकवादको चपेटामा पर्न थालेको छ । हजारौं हजार भारतीय नागरिकलाई नेपाली नागरिकता बाँडिएको कारण नेपालीले पाउनुपर्ने हक अधिकार खोसिएको छ यो कुरा देश र जनताका लागि अत्यन्त घातक रहेको छ । यो कुरा सबै नेपालीले अहिले नै बुझ्नुपर्ने भएको छ । देश वर्तमान व्यवस्थामा सुरक्षित छैन यसको कारण हो यहाँ बेमानी चरममा छ यो देश शाहवंशीय राजाहरुले बनाएका हुन् यस कारण शाहवंशीय राजालाई यो देश प्यारो छ । देश राजाको हातमा जान्छ अनि मात्र सुरक्षित रहन्छ । अब देशका जनता प्रमुख राजनीतिक दलका नेताहरुको कुटील नीति बुझी सकेका छन् । प्रमुख राजनीतिक दलका केही नेताहरु क्रिश्चियनको प्रचारकको रुपमा कार्य गरी रहेका छन् । यस्ताहरुलाई धेरै दिनसम्म पोस्नु हुँदैन । सर्पलाई दूध खुवाए एक दिन अवश्य टोक्छ । सर्पले आफ्नो टाउको उठाई रहेको छ यस कारण यसको टाउको कुल्चिनु नै पर्छ । राजा सबैका साझा, राजा नै प्यारो, अन्य सबै बेमान रहेको सबैले बुझी सकेका छन् यसै कारण देशभरीबाट राजा आउ देश बचाउको नारा गुञ्जिन थालेको छ । अब राजा ल्याउन बेर लगाउनु हुँदैन अबेर गरे देश त विदेशीको बन्धक बन्छ नै यसको साथ जनता पनि विदेशीको बन्धक जस्तो बन्नेछन् यो कुरा अहिले नै सबैले बुझ्नुपर्ने बेला आएको छ ।
Tags