द्रौपदी मुर्मूले भारत देशको १५औँ राष्ट्रपतिको रुपमा सपथ लिएकी छिन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश एनभी रमनले उनलाई सपथ गराएका हुन् । त्यसपछि नवनिर्वाचित राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो । उनी देशको पहिलो महिला आदिवासी राष्ट्रपति हुन्। मुर्मु ओडिशाका हुन्। उनी यसअघि झारखण्डको गभर्नर पनि भइसकेकी छिन् ।
सपथ ग्रहणपछि देशको १५ औं राष्ट्रपति द्रौपदी मुर्मुले सम्बोधन गरेकी थिइन् । उनले भने कि भारतका सबै नागरिकको आशा, आकांक्षा र अधिकारको प्रतीक यो पवित्र संसदबाट म सबै देशवासीहरूलाई विनम्र अभिवादन गर्दछु। तपाईंको आत्मीयता, तपाईंको विश्वास र तपाईंको समर्थन मेरो लागि यो नयाँ जिम्मेवारी पूरा गर्न मेरो सबैभन्दा ठूलो शक्ति हुनेछ।