बङ्गलादेशमा हिन्दू घरहरूमा हमला र चार मन्दिरमा तोड़फोड़।
Tuesday, July 19, 2022
0
ढाका । छिमेकी देश बांग्लादेशमा कट्टरपन्थीहरूले लगातार अल्पसंख्यक हिन्दूहरूलाई खोजी-खोजी लक्ष्य गरिरहेका छन्। फेसबुकमा एक पोस्टले भड्केका कट्टरपन्थीहरूले शुक्रवार साझँ नराइलको लोहागरा क्षेत्रमा हिन्दूहरूको घरमा हमला गरे र दिगोलिया गाउँमा एक हिन्दूको घरलाई जलाए। यस अवधिमा एक हिन्दू मन्दिरमाथि ढुंगामुडढा समेत गरियो। भीड़लाई तितर-बितर गर्नका लागि पुलिसलाई हवाई फायरिङ गर्नु पऱ्यो। पुलिसको भनाई छ की आकाश साहा र उसका पितामाथि पेगम्बर मोहम्मदलाई लिएर कथित पोस्ट गरेको आरोप छ। यिनीहरूको घरलाई पनि जलाइएको छ। आकाश र उसका पितालाई पक्राउ गरिएको छ। क्षेत्रमा अहिलेपनि तनाव छ। कट्टरपन्थीहरूको ताण्डवको भीडियो सोशल मीडियामा भाइरल भएको छ। बांग्लादेशमा लगातार हिन्दूहरूलाई तारो बनाइँदैछ। गत महिना 18 जूनमा नराइलको एक कलेजमा हिन्दू प्रिन्सिपलमाथि हमला गरिएको थियो। उनलाई यस अवधिमा जुत्ताको माला लगाउन बाध्य गरियो। यसअघि मार्चमा ढाकामा इस्कोन मन्दिरमा हमला गरिएको थियो। यो मन्दिरा ढाकाको वारीमा 222 लाल मोहन साहा स्ट्रीटमा छ। यसलाई इस्कोन राधाकान्ता मन्दिरको नामले बोलाइन्छ। हाजी सैफुल्लाहको अगुवाईमा 200 भन्दा धेरै मानिसहरूको भीड़ले तोड़फोड़ र लूटपाट गरेका थिए। गत साल अगस्तमा खुलना जिल्लामा 50 भन्दा धेरै हिन्दू घरहरूमा हमला र चार मन्दिरमा तोड़फोड़ गरिएको थियो। देवी-देवताहरूको मूर्तिलाई खण्डित गरिएको थियो। यस हमलाको आरोप कट्टरपन्थी संगठन हिफाजत-ए-इस्लाममाथि लागेको थियो। यस सगंठनको सम्बन्ध पाकिस्तान र उसको गोप्य एजेन्सी आईएसआईसित जुड़ेको छ। मार्च 2021 मा रंगपुर जिल्लाको पीरगंज उपजिल्लामा एक सोशल मीडिया पोस्टलाई लिएर केही मानिसहरूले हिन्दू समुदायको घरहरूमा आगो लगाए। यस अवधिमा 20 घर जलेर खरानी भएको थियो।
Tags