नेपालगञ्ज/नेपालगञ्ज सुनचाँदी व्यवसायी संघ बाँकेको साधारणसभा असार १८ गते शनिवारका दिन हुने संघले निणर्य गरेको छ । साधारणसभाको आयोजनबारे अध्यक्ष सलाउद्दीन जसगढ र महासचिव नारायण सोनारले संघका सदस्यहरुलाई जानकारी गराउँदै समय सीमाभित्र आ-आफ्नो फर्म नविकरण गर्न आव्हान गरेका छन् । नेपालगञ्ज सुनचाँदी व्यवसायी संघमा विगत वर्षौंदेखि मनोमानी व्याप्त रहेको छ । संघका अध्यक्षले तानाशाही प्रवृत्ति अपनाउँदै आफ्नो कार्यसमितिलाई आफ्नो पक्षमा पारी सुनचाँदी व्यवसायीलाई मर्कामा पार्ने विभिन्न निणर्यहरु गर्दै आएका छन् । २०७९ असार महिनामा नै साधारण सभा र संघको निर्वाचन गराउने प्रावधान रहेको छ तर अध्यक्ष जसगढले असार १८ गते साधारण सभाको आयोजन गराउने भएका छन् तर यसपालिको निर्वाचनमा सुनचाँदी व्यवसायी आफ्नो विपक्षमा रहेको अनुमान गरी यो निर्वाचन १ वर्षको लागि सार्ने मनसाय संघले बनाएको कुरा जानकारीमा आएको छ । सूत्रले जनाए अनुसार अध्यक्ष जसगढले निर्वाचन सारिएको कुरा सार्वजनिक नगरेपनि कार्य समितिका पदाधिकारीलाई आफ्नो अनुचित प्रभावमा लिई निर्वाचन सारी सकेका छन् । यो कुरा १८ गते दिन हुने साधारणसभाबाट सबैलाई जानकारी गराइने सम्भावना छ । नेपालगञ्ज सुनचाँदी व्यवसायी संघको वर्तमान कार्यसमितिको कार्यशैलीले नेपालगञ्जका प्रायःसबै सुनचाँदी व्यवसायी मर्कामा रहेका छन् । संघलाई प्रति महिना ६ केजीको हाराहारीमा सुन ल्याउन पाउने प्रावधान छ यसको लागि संघलाई सुन लिन चाहनेहरुको नामावली सम्बन्धित कहाँ पठाउनु पर्छ तर संघले समयमा यस्तो नामावली सिफारिस सम्बन्धितमा नपठाउने गरेकोले समयमा कहिल्यै पनि सुन आएको छैन । कहिले सुन आउने कहिले नआउने कार्यले गर्दा सुनचाँदी व्यवसायी मर्कामा पर्दै आएका छन् । यो समस्या १८ गते सुनचाँदी व्यवसायीहरुले साधारण सभामा उठाउन सक्ने अनुमान रहेको छ । नेपालगञ्ज सुनचाँदी व्यवसायी संघमा एक किसिमले परिवारवाद हावी भई सकेको छ अध्यक्ष जसगढ अब कुनै पनि हालतमा संघ नछाड्ने मनसाय बनाएकोले उनी अहिलेको समय अनुकूल नरहेको ठानी निर्वाचन सार्ने प्रयासमा लागेका हुन् भन्ने कुरा बुझिन्छ यसकारण संघका सदस्य लगायत सबै नै अहिले आक्रोशित रहेको देखिन्छन् । यो आक्रोश असार १८ गतेको साधारण सभामा देख्न सकिने अनुमान रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघको साधारणसभा असार १८ गते शनिवारका दिन हुने
Monday, June 06, 2022
0
- रमेश चन्द्र कुमाल

Tags