धर्म संस्कृति सभ्यताको संरक्षण गर्न नेपाल सेना सक्रिय हुनुपर्ने आवश्यकता
Sunday, June 19, 2022
0
धर्म संस्कृति सभ्यताको संरक्षण गर्न नेपाल सेना सक्रिय हुनुपर्ने आवश्यकता
वर्तमान समय हम्रो देश बडो संकटबाट गुज्री रहेको छ यसको कारण हो लोकतन्त्र र गणतन्त्रको आडमा देशको प्राचीन धर्म संस्कृति र सभ्यता मेटाउन देशको प्रमुख राजनीतिक दलहरुले नै लागेका छन् ।
प्रमुख राजनीतिक दल विदेशी शक्तिबाट परिचालित रहेकोले उनी डलरको कमाई गर्न यहाँ विदेशीको सक्रियता बढाएका छन् । यस्तै स्थिति अझै केही दिन रहने हो भने सिंगो देश नै विदेशीको कब्जामा पर्ने आशंका रहेको छ । यस कारण देशलाई बचाउन प्राचीन धर्म संस्कृति सभ्यताको संरक्षण संवद्र्धनको लागि अब नेपाली सेना सक्रिय हुनुपर्ने जरुरी भई सकेको छ ।
विगत दशकौंअघि जब जब देश संकटमा प-यो त्यस समय नेपाली सेनाले जुन प्रकारले देशलाई बचाउने कार्य ग-यो यसको छुट्टै इतिहास छ । नेपाली सेनाको सौर्य सम्पूणर् विश्वलाई याद भएकै कुरा हो । विदेशी भूमिमा जब विद्रोह भयो त्यस समय नेपाल सेना शान्ति सेना भई जुन प्रकारले कार्य गरेर देखायो यसबाट देशको नाम उच्च भएको थियो । अब नेपाल सेनाले विदेशी भूमिमा पुग्नु पर्दैन देश संकटको घडीमा रहेकोले नेपाली संस्कृति सभ्यता बचाउन पनि सक्रिय हुनुपर्छ यो चाहिँ सम्पूणर् नेपाली जनताको आवाज हो ।
अहिले देशमा छद्म भेषधारण गरेर विदेशी सेना आई सकेको समाचार प्राप्त भइ रहेको छ । शरणार्थीको रुपमा रोहिंग्या हजारौं हजारको संख्यामा देशको महत्वपूणर् स्थानमा बास बसी सकेका छन् । यिनी शरणार्थी होइनन् बरु घुसपैठिया हुन् यो कुरा नेपाल सेनाले बुझ्नुपर्ने आवश्यकता भएको छ ।
आज यिनी शरणार्थी भई यहाँ बस्नेछन् आगामी समय आतंकारी भई देखा पर्नेछन् । यिनीहरुलाई सरकारको प्रमुख राजनीति दलको संरक्षण प्राप्त भई रहेको छ । कारण छ कि रोहिंग्यालाई यहाँ पोस्न पाल्न विदेशी रकम भित्री रहेको छ यस कारण स्वार्र्थवश यिनीलाई यहाँ राखी पालिएको छ । देशमा एकतर्फ क्रिश्चियनको गतिविधि बढेको छ सरकारमा सहभागीहरुले अब पाठ्यक्रम तयार पारी विदेशी ईश्वरको स्तुतिगान गराउन हाम्रो बच्चाहरुलाई बाध्य पारी रहेका छन् । देशमा जुन प्रकार क्रिश्चियनले धर्मान्तरणको ओइरो ल्याएका छन् यस्तै हुँदै रहने हो भने वर्षौं यहाँ छुट्टै क्रिश्चियनलैण्डको पनि माग शुरु हुन्छ यस प्रकार देशको अखण्डता खतरामा पुग्नेछ तर यसबीच विश्वको नामूद आतंककारी समूहको यहाँ घुसपैठ बढेको छ ।
विदेशी धर्म मान्नेहरुको उपासना स्थल धमाधम निर्माण हुन थालेको छ देशका सर्वसाधारण नागरिक आफ्नो घर बनाउँदा उनीलाई नक्सा पास गराउने प्रावधान छ तर विदेशी धर्म मान्नेहरुले उपासना स्थल बनाउँदा यस प्रक्रियाको पालना भएको छैन यस कारण अब देशमा कति विदेशी धर्म मान्ने उपासना स्थल अब अवैध रुपमा निर्माण भई सकेको छ यसको छानबीन हुनुपर्ने जरुरी भई सकेको छ ।
यसको अतिरिक्त देशमा अनगिनत एनजीओ, आईएनजीओहरु संचालित छन् यस्ता मध्येका तमाम एनजीओ आईएनजीओ लुकीछिपी ढंगले र फर्जी नामले चली रहेको छ । यस्ता एनजीओ आईएनजीओहरुमा विदेशी रकम सहयोग स्वरुप भित्री रहेको छ । विदेशबाट देशमा कति रकम भित्रिएको छ यसको जानकारी सरकारलाई पनि छैन । जानकारी सरकारलाई पनि छैन । यस कारण अब विदेशबाट कति रकम भित्रि रहेको छ यसबारे सरकारलाई तथ्यांक राख्न बाध्य गर्नुपर्ने जरुरी रहेको छ । देशमा एनजीओ, आईएनजीओको आवश्यकता छैन उनीहरुको यहाँ जति रकम आएको छ सो रकम धर्मान्तरण कार्यमा खर्च भएको छ या त आतंककारी गतिविधि बढाउनमा खर्च भई रहेको छ । यसरी देश अब बारुदको थुप्रोमा बसी सकेको छ । देशमाथिबाट शान्ति देखिन्छ तर यो चाहिँ मुर्दा शान्ति हो बारुदको गन्ध अब चारैतर्फ फैली रहेको छ । यो सबै समस्याको निराकरण मात्र नेपाल सेनाले मात्र गर्न सक्छ ।
देशका वास्तविक देशभक्त जनता अब निरीह जस्तो बनी सकेका छन् यस कारण उनी नेपाल सेना तर्फबाट आशाले हेरी रहेका छन् । जुन देश नेपाल सेना देशको प्राचीन धर्म संस्कृति सभ्यता बचाउन सडकमा उत्रिन्छन् नेपाली जनता उनीको स्वागत र अभिनन्दन गर्नेछन् यस कारण नेपाल सेनाले अब पहाड भत्काई सडक बनाउने तर्फ आफूलाई सीमित राख्नु भएन अब विदेशीको दासलाई भत्काउन सक्रिय हुनुपर्छ । किनकि लोकतन्त्र र गणतन्त्रको आडमा देश धेरै नै बिगार्ने काम भयो ।
अब देशलाई बनाउन जिम्मेवारी नेपाल सेनाको हो अब पनि प्रमुख राजनीतिक दलको इशारामा नेपाल सेनाले काम गर्ने हो भने न त नेपाली बच्नेछन् न त देश त्यस समय नेपाल सेना के काम लाग्यो त ? नेपाली जनताले सबैको शासन देखी सकेको छ सबैको शासनकालमा जनता ठगिएका छन् यस कारण अब आशाको एउटै किरण बाँकी छ त्यो हो नेपाल सेना आवश्यकता भए देशलाई बचाउन नेपाल सेनाले आफ्नो नियन्त्रणमा लिनुपर्ने जरुरी भएको छ ।
Tags