मादक पदार्थ सेवनको कारण हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उदेश्यले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ ज्यूबाट जिल्ला प्रहरी कार्यालय बाँकेका लागी यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना ज्यूलाई ३ वटा आधुनिक ब्रेथ लाईजर मेसिन हस्तान्तरण गर्नु भएको छ। उक्त (Alcohol Test Machine) ब्रेथ लाईजरबाट मा.प.से. गरी सवारी साधन चलाउने ब्यक्तिको फोटो, सम्बन्धित ब्यक्तिले सेवन गरेको रक्सिको मात्रा लगायत अन्य बिवरण समेत रेकर्ड रहनेछ । उक्त रेकर्डबाट पटके कारवाहीको लागी समेत मद्दत पुग्नेछ । निकट भविष्यमा तिव्र गतिमा सवारी साधन चलाई हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न Speed Radar Gun को समेत प्रयोगमा ल्याईने ।