नेपालगंज २०७७/असोज १३ गते
कसौधन वैश्य समाज नेपालगंज , श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू , जिल्ला प्रशासन कार्यालय नेपालगंज , बांके हिन्दू धमावलम्बीहरुको शक्तिपीठ माता बागेश्वरीको पट खुलाउने बारे ज्ञापन पत्र । महोदय , प्रस्तुत विषयमा ऐतिहासिक नगरी नेपालगंज बांकेमा हिन्दू धर्मको आस्था तथा शक्तिपीठको रुपमा अवस्थित माता बागेश्वरीको पट विगत छ महिना देखी विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाभाइरसको कारणले बन्द रहेको र हामी आस्थावान हिन्दू धमावलम्बीहरुले सरकारको यस कार्यमा निरन्तर सहयोग गर्दै आएका छौं । यस कोरोना महामारीले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन तर माता बागेश्वरीको कृपाले यस महामारीले त्यति धेरै विनाश गर्न सकेन । हामी हिन्दूहरुको महान चाडपर्व दशै पनि मुखमा आइसकेको र नवदुर्गा माताको नौ दिनसम्म पुजा अर्चना गर्ने अवसर पाउ भनी हामी हिन्दूहरुको हक अधिकारको कुरा पनि हो । तसर्थ सरकार बनाएको मापदण्डको पालना गर्ने गरी महान चाड पर्व दशैं शुरु पूर्व पुजा अर्जना गर्न पाऔं भनी बाके जिल्लाका समस्त हिन्दू धर्मावलम्बीहरुको तर्फबाट यस कसौंधन वैश्य समाज बांकेले माता बागेश्वरी शक्तिपीठको पट खोल्ने कार्यमा प्रशासन तथा सम्बन्धित निकायले सहयोग गरी दिन पर्ने सम्बन्धमा जोरदार मागका साथ यो ज्ञापन पत्र श्रीमान समक्ष प्रस्तुत गरेका छौं सहयोगका लागि धन्यवाद ।