मनोज कौशल/नेपालगञ्ज-२०७७/०५/१६ गते
अन्तराष्ट्रियय गुणस्तरका मिठाइहरु अब नेपालगञ्जमा मेरो प्लानेट कम्पनीको चटकारे रेष्टुरेण्टले नेपालगन्जको त्रिभुवन चोकमा अन्तराष्ट्रिय गुणस्तरका ४० किसिमका मिठाईका परिकार सहितको पहिलो आउटलेट संचालनमा ल्याएको छ । चटकारेको आउटलेटमा नेपाल र भारतका मिठाईका पारखीहरुका बिचमा निक्कै लोकप्रिय रहेका राजस्थानको घेवर , पंजाबको डोडा बर्फी , कलकत्ताको सन्देश , अमृतसरी छोला भटुरा लगायत विभिन्न किसिमका आइसक्रिमहरुबाट बनाईएका स्पेशल मिल्कशेक जस्ता फरक परिकारहरू उपलब्ध हुने छन । दिल्ली , कोलकत्ता , चेन्नई , सिंगापुर र दुबईका विभिन्न रेस्टुरेन्ट तथा तारे होटलहरूमा लामो समय अनुभव बटुलेका ख्याती प्राप्त शेफहरूले स्वच्छताका सबै मापदण्डहरुको पालना गरेर अन्तराष्ट्रिय गुणस्तरका मिठाई , बेकरी , र खाजाका परिकारहरू तयार पार्ने छन । शुद्ध देशी घ्युबाट बनेको स्पेशल जलेबी , मोतीचूर लड्डू , बालुशाही , लौंगलता , गुलाबजामुन तथा गाईको दुधबाट बनेको विशेष स्पन्ज रसभरी , राजभोग , रसमलाई , चमचम लगायत बिभिन्न छेनाका परिकारहरू चटकारेको आउटलेटमा उपलब्ध छन् । चटकारेले स्वादको साथ साथै हाइजीनलाई पनि विशेष महत्व दिएर अत्याधुनिक स्टार होटेलहरु कै स्तरको ईक्विपमेंट र प्रविधिहरु प्रयोग गरेर किचनको ब्यबस्थापन गरेको छ । जसका कारण चटकारेका उत्पादनहरू शुद्ध र हाईजेनिक हुने छन । मिठाइको उत्पादनमा प्रयोग हुने सबै परिकारको शुद्धता र स्वच्छतालाई पहिलो प्राथमितामा राखेर चटकारेले किचन , आउटलेट , प्याकेजिङ गरेर मिठाइ खाने पारखीहरुलाई स्वादिष्ट मिठाइहरु सहज रुपमा आउटलेट देखि उपलब्ध गराउने छ । त्यसै गरी चटकारेका आउटलेटहरुबाट स्वादिष्ट र हाइजेनिक नाश्ताका पारखीहरुलाई नास्ताका बिभिन्न परिकारहरु उपलब्ध हुने छ ।शुद्धता , स्वच्छता र स्वास्थ्यलाई विशेष ध्यान दिदै , चटकारेले मिठाईहरूमा प्रयोग हुने खोवा समेत आफै उत्पादन गर्ने , उत्कृष्ट ब्रान्डका देशी ध्यु प्रयोग गर्ने देखि सुगर फ्री मिठाईहरूका विभिन्न परिकारहरू उत्पादन गर्ने छ । पहिलो आउटलेट शुभारम्भ भएको दिन देखि विश्वकर्मा पुजाका दिन सम्म चटकारेले आफ्ना सबै प्रकारका मिठाइहरुमा १० प्रतिशत छुट दिने छ । मिठाइका पारखीहरुको सुविधाका लागि निकट भविश्यमा नेपालगन्जको शहरी क्षेत्रमा होम डेलिभरीका सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौ ।