नेपालगन्ज २०७७/०५/१५ गते
संकट व्यवस्थापन केन्द्रको मिति २०७७।०५ । १२ गते बसेको बैठकको विश्लेषण एवं सिफारिसका आधारमा बाँके जिल्लामा कोभिड -१ ९ संक्रमणको जोखिम कायम नै रहेकोले सो को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकार ( मन्त्रिपरिषद् ) को मिति २०७४।०५।०१ को निर्णय , संक्रामक रोग ऐन , २०२० को दफा २ र स्थानीय प्रशासन ऐन , २०२८ को दफा ६ ( ३ ) बमोजिम बाँके जिल्लाभर लागू हुने गरी अर्को आदेश जारी नभए सम्म प्रत्येक हप्ताको शुकबार र शनिवारका दिन देहाय अनुसारका अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा ( बैंक तथा वित्तीय संस्था समेत ) , सवारी साधन , स्सल व्यवसाय सञ्चालन र अत्यावश्यक काम बाहेकको हिडडुलमा समेत रोक लगाउने गरी निषेधाज्ञा जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सञ्चालन गर्न पाइने अत्यावश्यक सेवाहरू स्वास्थ्य , शान्ति सुरक्षा . विद्युत , दुरसञ्चार , खानेपानी , फोहरमैला व्यवस्थापन , ग्याँस , पेट्रोलियम पदार्थ , औषधी पसल , ATM जस्ता अत्यावश्यक सेवाहरू । सञ्चालन गर्न पाइने सवारी साधनहरू एम्बुलेन्स , शववाहन , दमकल , झण्डावाल सवारी र निलो ( कुटनीतिक ) प्लेटका सवारी साधनहरू , लामो दुरीका मालवाहक साधनहरू , निर्माण सामग्री ढुवानीका साधनहरू , अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरू , सवारी अनुमति ( पास ) प्राप्त सवारी साधनहरू । उल्लिखित आदेशको अवज्ञा वा अबहेलना गर्ने वा काममा बाधा पुरयाउने व्यक्तिलाई संक्रामक रोग ऐन , २०२० तथा स्थानीय प्रशासन ऐन , २०२८ बमोजिम कारबाही हुनेछ ।