मनाेज कौशल
अयोधयापुरी् - साउन २१ गते
भगवान् रामको जन्मभूमि अयोध्यामा भव्य मन्दिर निर्माणका लागि बुधवार शिलान्यास गरिँदैछ । त्यसको पूर्वसन्ध्यामा मंगलवार राति अयोध्या नगरीलाई झकीझकाउ बनाइएको थियो ।
मन्दिर शिलान्यासअघि करीब सवा लाख दीप जलाइएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नदीको किनार, मन्दिर लगायत क्षेत्रलाई सजावट गरिएको छ ।
राम मन्दिर शिलान्यासको ऐतिहासिक दिनलाई घरमै बसेर लाइभ हेर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आह्वान गरेका छन् । राम मन्दिरको शिलान्यासका क्रममा भूमिपूजन गरिनेछ । मन्दिरको आधारशीला प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट राखिने भएको छ । त्यसको तयारीका लागि मुख्यमन्त्री आदित्यनाथ सक्रियतापूर्वक खटिएका छन् ।
दिउँसो १२ बजेर ४४ मिनेट ८ सेकेन्डदेखि ४० सेकेन्डसम्म गरी ३२ मिनेट मात्रै भूमिपूजनको शुभ मुहूर्त रहेको जनाइएको छ । यसै शुभ मुहूर्तमा प्रधानमन्त्री मोदीले चाँदीको इँटा राखेर मन्दिरको शिलान्यास गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।