मनोज कौशल
नेपालगन्ज-२०७७/०४/२७ गते
जिल्ला प्रशासन कार्यालय , बाँकेको अत्यन्त जरुरी सूचना बाँके जिल्लामा कोभिड -१ ९ संक्रमणको जोखिम कायम नै रहेकोले प्रमुख जिल्ला अधिकारी श्री राम बहादुर कुरुम्वाङको अध्यक्षतामा जिल्ला कोभिड -१ ९ संकट व्यवस्थापन केन्द्रको मिति २०७७।०४।२७ गते बसेको बैठकबाट संक्रामक रोग ऐन , २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन , २०२८ को दफा ६ ( ३ ) बमोजिम बाँके जिल्लाभर जारी रहेको निषेधाज्ञालाई देहाय अनुसार हुने गरी कार्यान्वयन गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ : क ) अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कने , भिंडभाडमा नजाने । बाहिर निस्कदा अन्य व्यक्तिसँग कम्तिमा दुई मिटरको सामाजिक दुरी कायम गर्ने । अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने । ख ) कुनै पनि किसिमका भेला , सम्मेलन वा जमघट हुने खालका धार्मिक , सामाजिक , साँस्कृतिक , राजनीतिक कार्यक्रम सञ्चालन नगर्ने । ग ) विवाह , ब्रतबन्ध , मृत्यु संस्कार लगायत नगरी नहुने सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरूमा न्यूनतम सामाजिक दुरी कायम गरी १५ ( पन्ध्र ) जना भन्दा बढी ब्यक्तिहरू भेला नहुने व्यवस्था गर्ने । घ ) भोली मिति २०७७।०४।२८ गते देखि अत्यावश्यक सेवाहरू र अत्यावश्यक प्रकृतिका पसल व्यवसाय सञ्चालन गर्ने । बैंक तथा वित्तीय संस्थाहरूको हकमा भोली आवश्यक स्वास्थ्य सुरक्षा सावधानिको प्रवन्ध गरी श्रावण २ ९ गते देखि सेवा सञ्चालन गर्ने । ङ ) आवश्यक स्वास्थ्य सुरक्षा सावधानिको प्रवन्ध गरी श्रावण ३० गते शुक्रवार देखि रेडिमेड फेन्सी तथा कपडा पसल र श्रावण ३१ गते शनिवार देखि अन्य सम्पूर्ण पसल व्यवसाय लगायत निजी उद्यमहरू सञ्चालन गर्ने । च ) जिल्ला भित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनहरू मिति २०७७ श्रावण ३१ गते शनिवार देखि जोर विजोर नम्बरका आधारमा सञ्चालन गरिने । छ । सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूले जनस्वास्थ्य र सुरक्षाका मापदण्ड सुनिश्चित हुने विधि र प्रक्रिया अवलम्वन गरी मिति २०७७।०४।३२ गते आइतवार देखि सेवा प्रवाहको व्यवस्था मिलाउने । ज ) राती ९ बजेदेखि विहान ५ बजेसम्म आवागमन नगर्ने । उल्लिखित निर्णयको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संकामक रोग ऐन , २०२० तथा स्थानीय प्रशासन ऐन , २०२८ बमोजिम कारवाही हुनेछ ।