मनोज कौशल
नेपालगन्ज २०७७ श्रावण १५ गते
जिल्ला प्रशासन कार्यालय , बाँकेको अत्यन्त जरुरी सूचना बाँके जिल्लामा कोभिड -१ ९ संक्रमितहरूको संख्यामा पुन : बृद्धि भईरहेकोले सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै संक्रमणको गति र फैलावटलाई न्यूनीकरण गर्न जिल्ला कोभिड -१ ९ संकट व्यवस्थापन केन्द्रको मिति २०७४।०४।१५ गते बसेको वैठकको निर्णयानुसार वाँके जिल्लाभर मिति २०७७ श्रावण १७ गते शनिबार राती १२ वजे देखि लागू हुने गरी मिति २०७७ श्रावण २० गते मंगलवार राती १२ बजेसम्मका लागि संक्रामक रोग ऐन , २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन , २०२८ को दफा ६ ( ३ ) बमोजिम देहायमा उल्लिखित अत्यावश्यक वाहेकका अन्य सम्पूर्ण सेवा तथा कार्यहरू सञ्चालनमा निषेध गरिएकोले सोही बमोजिम गर्न र अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर ननिस्कन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ । उल्लिखित आदेशको उल्लंघन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ । सञ्चालन गर्न पाइने अत्यावश्यक सेवाहरू स्वास्थ्य , सुरक्षा , विद्युत , दुरसञ्चार , खानेपानी , दुध , फोहरमैला व्यवस्थापन , ग्यास , पेट्रोलियम पदार्थ , औषधी पसल , खाद्यान्न तरकारी आपूर्ति जस्ता अत्यावश्यक सेवाहरू । सञ्चालन गर्न पाइने सवारी साधनहरू एम्बुलेन्स , शववाहन , दमकल , झण्डावाल सवारी र निलो ( कुटनीतिक ) प्लेटका सवारी साधनहरू , लामो दुरीका मालवाहक साधनहरू , अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरू , सवारी अनुमति ( पास ) प्राप्त सवारी साधनहरू । पुनश्च : मिति २०७७ श्रावण १ ९ गते रक्षावन्धन पर्व परेकोले उक्त दिन निजी सवारी साधन र रक्षावन्धनसँग सम्बन्धित पसल व्यवसाय सञ्चालन गर्न सकिने साथै मिति २०७७ श्रावण १७ गते वकरईद र श्रावण १ ९ गते रक्षावन्धन पर्व मनाउँदा भीडभाड नगर्न , सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गर्न अनुरोध गरिन्छ ।