– मनोज कुमार कौशल
नेपालगञ्ज । २०७७ सालमा कोभिड–१९ कोरोना संक्रमणबाट सम्पूर्ण विश्व त्राहिमाम बनेको थियो अब सोही प्रकारको अर्काे भाइरस एचएमपीभी अर्थात ‘ह्यूमन मेटाप्न्यूमो भाइरस’ ले आफ्नो उपस्थिति जनाउन थालेपछि विश्वमा यस संक्रामक रोगबाट व्यक्ति त्रसित बन्न थालेका छन् । अब यो संक्रामक रोग चीनबाट सबैतर्फ फैलिन थालेपछि सबैमा डर त्रास बढेको हो ।
विगतमा कोभिड–१९ चीनको वुहान शहरबाट सन् २०१९ को नोभेम्बरबाट सम्पूर्ण विश्वमा फैलिएको थियो । यो संक्रामक रोग पनि छिमेकी देश चीनबाट ५ वर्ष पछि फैलिन थालेको छ ।
२०७७ सालमा कोभिड–१९ फैलिन थालेपछि विश्वमा ७१ लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो यसमा अमेरिकामा सबै भन्दा बढी ११ लाख ३३ हजार, छिमेकी देश भारतमा ५ लाख ३३ हजार र नेपालमा कोभिड महामारी शुरु भएको साढे २ वर्षमा ११ हजार ९ सय ६८ जनाको मृत्यु भएको थियो । यसरी कोभिड–१९ को कारण मृत्यु दर १.२ प्रतिशत रहेको पाइएको थियो अहिले फैली रहेको एचएमपीभी भाइरसले चीनको बिजिंग लगायत शहरमा फैली रहेकोले त्यहाँको अस्पताल बिरामीले भरि भराउ भएको छ । अहिलेसम्म त्यहाँ मृत्युको हुनेको तथ्यांक बाहिर आउन सकेको छैन यसअघि पनि कोभिड–१९ फैलिँदा चीनले मृत्यु हुनेको संख्या सार्वजनिक गरेको थिएन यो एचएमपीभी भाइरस छिमेकी देश भारतको बेंगलुरुमा एक जना ५ महिने बच्चामा देखिएको छ त्यस्तै एउटा महाराष्ट राज्यको बच्चामा पनि देखिएको छ । भारतमा यो रोगले आफ्नो उपस्थिति जनाएपछि विभिन्न ठाउँमा आइसोलेसनको स्थापना गर्न थालिएको छ ।
नेपालमा पनि यो संक्रामक रोग फैलिन सक्ने खतरा रहेकोले यो रोगबाट बच्न सबै अहिले नै सचेत र सजग बन्नु जरुरी छ । किनकी विश्वमा कोभिड–१९ फैलिँदा डेढ लाख करोड रकम जतिको नोक्सानी भएको थियो । कोभिडको कारण नेपालको आर्थिक अवस्था बिग्रिएको थियो तमाम उद्योग कलकारखाना व्यापारिक प्रतिष्ठान बन्द भएको थियो त्यसको असर आज पनि रहेको छ बन्द भएको त्यस्तो व्यापारिक केन्द्र आज पनि सञ्चालनमा आउन सकेको छैन एचएमपीभीको प्रभाव विस्तारै हरेक देशमा देखिन थालिएको छ । हंगहंगसम्म यो संक्रामक रोग फैलिएको समाचार आई रहेको छ । विश्व स्वास्थ्य संगठनले यसमाथि कडा निगरानी गरी रहेको छ । विश्व स्वास्थ्य संगठनले चिन्ता नमानौं तर सचेत र सजग रहौं भनेको छ । कोभिड–१९ जस्तै नै यो एचएमपीभीको पनि लक्षण छ यो पनि हावाबाट फैलिने संक्रामक रोग हो । गम्भीर र तिव्र रुपले फैलिने यसले क्षमता राख्छ । कमजोर प्रतिरोधात्मक क्षमता भएकालाई यसले बढी प्रभावित गर्छ । फ्लु जस्तो लक्षण देखा पर्छ र स्वास प्रस्वासमा समस्या ल्याउँछ । यो रोग मान्छेबाट मान्छेमा सर्छ जसमा खोकी, ज्वरो, स्वास फेर्नमा कठिनाई, स्वास नली जाम हुने, फोक्सोमा कफ जम्मा हुन थाल्छ यसको अतिरिक्त फोक्सो कमजोर कलेजोको रोग क्यान्सरको रोगी सुगर रोगी सेप्सिस र मिर्गाैलाका रोगीहरुलाई बढी प्रभावित गर्छ दमका रोगीको लागि यो रोग धेरै नै घातक छ । यो रोग अधिकांश बच्चा र वृद्ध व्यक्तिलाई लाग्ने गर्छ । यसको भ्याक्सीन न त अहिलेसम्म बन्न सकेको छ न यसको अहिलेसम्म कुनै औषधि नै बनेको छ । कोभिड–१९ भन्दा बढी फैलिने यसमा क्षमता छ ।
थोरै सावधानी राखे जसरी हामीले कोभिडलाई पराजित गर्ने सफलता प्राप्त गरेका थियौं त्यस्तै यसमाथि पनि विजय अवश्य नै पाउने छौं । यो रोगबाट बच्न मुखमा मास्क लगाउने, भीडभाड भएको स्थानमा कम जाने, एक अर्कासँग हात नमिलाउने, घर आँगन सफा स्वच्छ राख्ने, हात साबुन पानीले मिची मिची धुने बानी बसालियो भने यो संक्रामक रोग फैलिन पाउँदैन । विगत ५ वर्ष अघि जसरी हामी सबैले शम्शानको दृश्य देख्यौं लकडाउन देख्यौं आफ्नो प्रियजन गुमाएको देख्यौं त्यस्तो घटनाको पुनरावृत्ति नहोस् । अहिलेसम्म एचएमपीभी संक्रमण हल्लामा मात्र छ त्यस्तो होहल्ला तर्फ ध्यान नदिऔं । थोरै सावधानी अपनाए यसको जोखिमबाट बच्न सकिन्छ । पछिल्लो १० दिनमा एचएमपीभीको संक्रमण ५२९ प्रतिशतसम्म बढेको समाचार बाहिर आई रहेको छ । अत्यधिक चिसोले गर्दा यसको खतरा बढी छ । यस मौसममा तातो झोलिलो पदार्थ पटक पटक खाने, न्यानो लुगा लगाउने चिसो हावा नाक र मुखमा जान नदिने र कोल्ड फिवरबाट बच्न टाउको अनुहार छोपेर राख्नु जरुरी छ । तेज मसलाको सेवन त्यस्तै धुम्रपान, मद्यपान नगरौं विश्वमा १ करोड ९ लाख भन्दा बढी प्रकारको भाइरसहरु छन् यसै भाइरसहरु मध्ये कोभिड–१९ र अहिले फैली रहेको एचएमपीभी पनि हो । यस्तो संक्रामक रोग फैलिने भाइरस मासाहार गर्ने व्यक्तिलाई छिट्टै लाग्छ र बढी सुविधामुखी साधन एयरकण्डीशनमा बस्ने, फास्टफुड जंकफुड सेवन गर्नेहरुलाई बढी प्रभावित पार्छ यस कारण यस्तो खाद्य पदार्थको सेवन बढी नगरौं शुद्ध सात्विक शाकाहारी खाद्य पदार्थ र हरियो तरकारी खाने बानी बसालौं यस्तो खाद्य पदार्थले व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । छिमेकी देश चीनमा विभिन्न प्रकारको पशुपंक्षी, किरा फट्यांग्रा र जंगली जनावरको मासु सेवन हुने गरेकोले पटक पटक त्यहींबाट यस्तो रोग फैलिने गरेको छ । अमेरिका लगायत विभिन्न पश्चिमी देशहरुका नागरिक पनि बढी सुविधामुखी र फास्टफुडहरु सेवन गर्दै आएकोले विगतमा कोभिड–१९ फैलिँदा त्यहाँ यसको बढी प्रभाव देखिएको थियो । कोभिड–१९ भन्दा एचएमपीभी हावाबाट चाँडै फैलिने क्षमता राख्छ यस कारण सबै यसबाट अहिलेदेखि नै सचेत र सजग बनौं ।