पाकिस्तानमा करीब ५०औं जना युट्युबर पत्रकारहरुलाई बेपत्ता पारिएको खबरले यस घटनाको विरोधमा सम्पूर्ण विश्वका पत्रकार उत्रेका छन् सरकारको कमी कमजोरीलाई विभिन्न चरणमा सार्वजनिक गर्दा केही हप्ता अघि पाकिस्तानका प्रख्यात पत्रकार आरजु काजमीले सरकारको गलत क्रियाकलाप पर्दाफास गर्दा सरकार पक्षका जिम्मेवार व्यक्तिले उनीलाई धम्क्याउँदै लाहौरमा आई स्पष्टीकरण देउ अन्यथा घरबाट उठाएर लैजाने समेत धम्की दिएको कुरा स्वयं पत्रकार आरजुले आफ्नो च्यानलमार्फत सार्वजनिक गरेकी छिन् । यसबीच पाकिस्तानमा करीब ५०औं वटा युट्युबरको अपहरण गरी अज्ञात स्थानमा बन्धक बनाई राखिएको छ । यसमा जनतासँग प्रत्यक्ष रुपमा कुरा गर्ने र विभिन्न प्रकारको विकृति, विसंगतिहरु उजागर गर्ने युट्युबर पत्रकारहरु सोएब चौधरी, सना अमजद, निमरा अहमद, साएला खान जस्ता थुप्रै पत्रकारको अवस्था अज्ञात रहेको छ । निमरा अहमद र साएला खानको रिपोर्टिंग १५ दिन देखि आएको छैन । त्यस्तै सोएब चौधरी र सना अमजदको रिपोर्टिंग ८ दिनदेखि आएको छैन उनीहरुको च्यानल बन्द
गरिएको छ । यति धेरै जनाको रिपोर्टिंग कार्य बन्द भएपछि त्यहाँका अन्य संचारकर्मी सशंकित बन्दै बेपत्ता पारिएका पत्रकारको अवस्था सार्वजनिक गर्न माग शुरु गरेका छन् । यसमा सरकार पक्षले अहिले विवाह आदिको सिजन चली रहेको छ उनीहरु कहाँ गए यसबारे आफुलाई थाह छैन । यस्तो गैरजिम्मेवार ढंगको अभिव्यक्ति दिन शुरु गरेका छन् । सबैले जाने बुझेको कुरा हो प्रायः सबै जना पत्रकार कहिँ पनि गए एकआपसमा सम्पर्क गरी राख्छन् यसरी बेपत्ता पारिएका पत्रकारहरुसँग अप्रिय घटना घटेको अनुमान लगाउन सकिन्छ । बेपत्ता रहेका पत्रकार सोएब चौधरी र सना अमजदलाई फाँसीको सजायँ दिइएको र कहिँ कतै उनीको हत्या समेत गरी सकिएको अपुष्ट समाचार आई रहेको छ अवस्था के छ यो भन्न गाह्रो छ तर थोरै समयमा यति धेरै संचारकर्मी बेपत्ता भएपछि उनीहरुको यथास्थिति सार्वजनिक गर्न दबाव स्वरुप सम्पूर्ण विश्वका पत्रकारले आवाज उठाउन शुरु गरेका छन् । आइतवार दिन यहाँ नेपालगञ्जमा पनि मधेश मिडिया मिसन नेपालले पक्राउ परेका सबै पत्रकारको सुरक्षित रिहाईको लागि विरोध प्रदर्शन गर्दै पाकिस्तान राजदूतावास काठमाडौंलाई जिल्ला प्रशासन कार्यालय, बाँके मार्फत ज्ञापन पत्र पठाएको छ । यस्तो विरोध प्रदर्शन अब सबै ठाउँमा हुने अनुमान रहेको छ । पाकिस्तानको जन्मकालदेखि नै त्यहाँ नागरिकको वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित अवस्थामा रहेको छ दशकौंदेखि पाकिस्तानको निरंकुश सरकारले नागरिकको वाक स्वतन्त्रता हनन गर्दै बलुचिस्तान, पख्तुनिस्तान, वजिरिस्तान, खैबरपख्तुनिस्तान, पाक अधिकृत कश्मीरमा बसोबास गर्ने हजारौं हजार नागरिकलाई बेपत्ता पारी उनीको आवाज दबाउँदै आएको छ । पाकिस्तानमा रहेका हिन्दुहरुको त अरु नै स्थिति खराब छ । भारत–पाकिस्तानको बटवारा पछि त्यहाँ २४ प्रतिशत हिन्दु थिए उनी हिन्दुहरुको हत्या गर्ने, अपहरण गरी बलात धर्मान्तरण गराउने, हिन्दु युवती र नाबालक बालिकाको अपहरण गरेपछि आफ्नो धर्मका व्यक्तिसँग विवाह गराउने कार्यले गर्दा अब १ प्रतिशत भन्दा कम हिन्दु त्यहाँ बचेका छन् । कुनै समय पंजाब, लाहौर, कसुर जस्तो शहरमा असंख्य हिन्दु मन्दिर, देवालय, सिखहरुको गुरुद्वारा र क्रिश्चियन समुदायको चर्च स्थापित थियो यी अधिकांश धार्मिक स्थल भत्काई अर्कैहरुले त्यहाँ कब्जा गरी सकेका छन् यस्ता विभत्स घटनाको पर्दाफास पत्रकार सोएब चौधरी र सना अमजद जस्ता थुप्रै पत्रकारहरुले गरी रहेकोले पाकिस्तान सरकारको उनी आँखाको कसिंगर जस्तो बनेका थिए निष्पक्ष रिपोर्टिंगले गर्दा पाकिस्तान सरकार आतंकित बनेको थियो । त्रसित बनेर त्यसले आफ्नो यहाँ कार्य गर्ने पत्रकारहरुलाई अहिले बेपत्ता बनाएको छ । वास्तविक पत्रकार त्यही हो जसले जसले जाति धर्म लिंग नदेखेर कार्य गर्छ र निमुखाको आवाज भएर कार्य गर्छ । पत्रकारको आफ्नो कुनै धर्म हुँदैन त्यसको धर्म हो मात्र पत्रकारिता । यस्तो पत्रकारिता गर्नु धेरै कठिनाईपूर्ण छ । पाकिस्तान जस्तो मुलुकमा जहाँको मानवको कुनै मूल्य नै छैन त्यहाँ त पत्रकारिता गर्नु अझ कठिन छ । तमाम खतराको सामना गर्दै सोएब चौधरी, सना अहमद, निमरा अहमद, सोएला खान जस्ता दर्जनौं पत्रकारले आफ्नो ज्यानको पर्वाह नगरी निष्पक्ष रुपमा अहिलेसम्म पत्रकारिता गर्दै आएका छन् । यस्ता निडर साहसी कलमका सिपाही पत्रकारहरुलाई आजको सामना साप्ताहिक अभिनन्दन गर्दै बेपत्ता पारिएका सबै पत्रकारको सुरक्षित रिहाई होस् यस्तो कामना गर्दछ । हामी वर्षमा एक पटक विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँछौं यस समय विश्वको कुनै पत्रकार मर्कामा पर्छन् भने उनीहरुको सहयोग गर्ने वा उनीको पक्षमा सामुहिक रुपमा आवाज उठाउने समेत संकल्प लिने गर्छाैं । अहिले पाकिस्तानमा प्रेस स्वतन्त्रता अत्यन्त कहालीपूर्ण अवस्थाबाट गुज्री रहेकोले यस्तो कार्यको सबैतर्फबाट विरोध र निन्दा हुनुपर्ने जरुरी भएको छ ।