यतिबेला सडक दुर्घटनाको घटना निकै नै बढेको छ । नेपालगञ्ज उमनपा जति–जति विस्तृत हुँदै गइ रहेको छ त्यति–त्यति सडक दुर्घटना पनि बढेकोले सर्वसाधारण त्रसित बनेका छन् । बिहान काम विशेषले घरबाट निस्केका व्यक्ति साँझ घर फर्किन्छन् कि फर्किन्नन् यसको ठेगान छैन । उमनपामा अहिले मोटरसाइकलको संख्या बढेको छ । सानो गल्लीमा पनि द्रुत गतिले त्यस्ता मोटरसाइकलको साइलेन्सर खोली, कन्डेन्सर सट गराई विष्फोट गरी दगुरिन्छन् । यस्ता मोटरसाइकलको कारण ध्वनि प्रदूषण समेत बढेको छ । मोटर साइकलको अतिरिक्त यहाँ ब्याट्रीचलित ई–रिक्शाको पनि संख्या बढेको छ । उमनपा कार्यालयबाट ई–रिक्शाको व्यवस्थापन गर्ने भन्दै आएको छ तर सैयौंको संख्यामा अवैध ई–रिक्शाहरु शारीरिक रुपले अपागं अति वृद्ध र नाबालकले चलाई रहेकोले दुर्घटनाको जोखिम बढेको छ । उमनपाको सबै ठाउँमा ई–रिक्शा सञ्चालित छ । ई–रिक्शा व्यवस्थापन नभएकोले यसको संख्या दिनदिनै बढ्दै गएको छ । अहिले केही चिसो बढेको छ यस समय बिहान र साँझ कुहिरो लाग्न थालेको छ । चिसोको मौसममा बाक्लो हुस्सु र कुहिरो लाग्न थाल्छ यस समय सडक राम्रोसँग देखिँदैन् अधिकाँंश दुर्घटना हुस्सु र कुहिरोबाट हुने गरेकोछ तर यस समय उमनपाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले प्लाष्टिकको ड्रम सडकमा लहरै लगाएको छ यस्तो ड्रम राख्ने कार्यको सर्वसाधारणले विरोध गर्दै आएका छन् तर पनि प्रहरीले कारकाँदो सडक र भन्सार रोडको कतिपय स्थानमा त्यस्तो ड्रम सडकमा लगाएको छ सो ड्रमको कारण कुनै पनि समयमा ठूलो दुर्घटना घट्ने सम्भावना रहेको छ यस्तो ड्रम ट्राफिक प्रहरीले अवैध असुली गर्न लगाएको छ अहिले साँझ पर्ने बित्तिकै ट्राफिक प्रहरीका जवान नगरको कैयन स्थानमा चेकजाँच गर्न शुरु गर्छन् । कारकाँदो, वीरेन्द्र चोक नजीक, फुल्टेक्रा, वीपी चोक र त्रिभुवन चोक, भन्सार रोडमा त्यस्तो चेकजाँच गर्ने दृश्य जहिलेपनि देखा पर्छ । यिनी ट्राफिक प्रहरी जवानहरु अधिकांश भारतीय नं. को सवारी साधन चेकजाँच गर्न रोक्छन् अनि उनीसँग अवैध रुपले रकम असुली गर्छन् त्रिभुवन चोकमा यस्तो घटना रोजिन्दा ट्राफिक प्रहरी जवान घटित गर्दै आएका छन् यी ट्राफिक प्रहरी एउटा पानको पसलमा रकम जम्मा गर्न लगाउँछन् । उमनपामा अहिले बढी अवैध असुली ट्राफिक प्रहरीहरुले गर्दै आएको छ । उमनपामा अहिले सडक दुर्घटनाको जोखिम छ यस्तो दुर्घटना रोक्न सबै भन्दा पहिले ई–रिक्शाको व्यवस्थापन सो पछि साइलेन्सर खोलिएको र कन्डेन्सर सट गरी चलाइएको मोटरसाइकलमा नियन्त्रण गर्नुपर्ने जरुरी छ । वर्तमान समयमा पेट्रोलबाट चल्ने सवारी साधनले पनि वायु प्रदूषण र ध्वनि प्रदूषण बढाएको छ । यस्तो सबै प्रकारको प्रदूषण गर्ने खालको सवारी साधन– माथि नियन्त्रण गर्नु पर्ने जरुरी भएको छ ।
बढ्दो सडक दुर्घटनाबाट सर्वसाधारण त्रसित
Tuesday, December 03, 2024
0

Tags