नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका लागि भवन शिलान्यास तथा भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ । यो कुरा लर्ड बुद्ध एजुकेशनल एकेडेमीका उपनिर्देशक श्याम कुमार शर्माबाट जानकारी प्राप्त भएको छ ।
अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपालगञ्ज अस्पतालमा आगामि महिनादेखि हृदयरोग सम्बन्धी विशिष्ट प्रकारको सेवा क्याथल्याब शुरु हुँदैछ । यस सम्बन्धमा शुक्रवार दिन शिक्षण अस्पतालले एक औपचारिक कार्यक्रम गरी क्यान्सर अस्पतालको लागि शिलान्यास तथा भूमि पूजन कार्यक्रम सम्पन गरिएको बताइएको छ ।
अस्पतालको स्तरोन्नति गर्ने क्रममा नीजि क्षेत्रबाट पश्चिम नेपालमा पहिलो पटक यसक्षेत्रका बिरामीहरुलाई स्वास्थ्य सुविधाबाट सम्पन्न क्यान्सर अस्पतालको स्थापनाको लागि भवन शिलान्यास गरिएको छ ।
नेपालगञ्ज र कोहलपुरमा शिक्षण अस्पतालबाट विगत दिनदेखि नै सर्वाेत्कृष्ट स्वास्थ्य सेवा दिइने काम भई रहेकोले यहाँ धेरै बिरामीहरुले राम्रो स्वास्थ्य उपचार प्राप्त गर्दै आएका छन् ।
केही महिना अघि शिक्षण अस्पताल भारत लखनऊस्थित अपालो अस्पतालबाट सहकार्य गरी यहाँ सुविधा सम्पन्न उपचार दिइने कार्य गरी रहेकोे हुँदा यहाँ बिरामीहरुले गुणस्तरीय स्वास्थ्य सुविधा प्राप्त गरी रहेका छन् ।
,,,,