नेपालगञ्ज । विध्नकर्ता मंगल मुत्र्ये भगवान श्री गणेश चतुर्थी पर्व शनिवारदेखि शुभारम्भ भएको छ ।
नेपालगञ्जको त्रिभुवन चोक, सदरलाईनमा भगवान श्री गणेशजीको पण्डाल भक्तिभावपूर्वक सजाइएको
छ ।
वैदिक सनातन धर्ममा श्रीगणेशजीलाई प्रथम देउता मानिएको छ । यसै कारणले कुनै प्रकारको पुजा अनुष्ठान गर्दा भगवान गणेशको सबैभन्दा पहिले आव्हान गरी उपासमा गर्ने परम्परा छ ।
गणेश चतुर्थी पर्वमा भगवान गणेशजीको पुजाआजा गरे यसबाट मनोवाञ्छित फलको प्राप्ति हुने जनविश्वास रहेको छ ।
१० दिनसम्म गणेश प्रतिमाको पुजाआराधना गरेपछि सो प्रतिमा नदीमा सेलाइने भएको छ ।