बिना वैद्य दस्तावेजको अर्कै देशमा घुसपैठ गर्दा विभिन्न देशहरुले आ–आफ्नो यहाँ डिटेन्सन सेन्टरको स्थापना गर्दै आई रहेको समाचार सार्वजनिक हुँदै आइरहेको छ । डिटेन्सन सेन्टरको स्थापना गर्नेकार्य कुनै नौलो होइन । दशकौंदेखि विभिन्न देशले आ–आफ्नो यहाँ त्यस्तो डिटेन्सन सेन्टर स्थापना गरी त्यहाँ विदेशी घुसपैठहरूलाई राखेपछि उनीको देशमा फिर्ता पठाउँदै आएका छन् । ६०० वर्षअघि सन् १४७० मा फ्रान्सका चाल्र्स पञ्चमले डिटेन्सन सेन्टरको स्थापना गरेका थिए । अमेरिकाले सन् १९९२ मा न्यूजर्सी नामक राज्यमा डिटेन्सन सेन्टर स्थापना गर्यो । सोपछि त्यसले ३० लाख जति विदेशी घुसपैठीयाहरूलाई आफ्नो यहाँबाट धपायो । द. अफ्रिकाले पनि आफ्नो यहाँ डिटेन्सन सेन्टर बनाएको छ यस्तै प्रकारको डिटेन्सन सेन्टर छिमेकी देश चीनले पनि आफ्नो यहाँको विभिन्न स्थानमा स्थापित गरेको छ । अन्य देशजस्तै चीन पनि विदेशी घुसपैठियाको कारण त्रस्त छ जसका कारण चीनले आफ्नो यहाँ यस्तो डिटेन्सन सेन्टरको स्थापना गर्न बाध्य भएको छ । चीनमा दर्जनौं डिटेन्सन सेन्टरहरू छ जसमा विद्रोही र विदेशी घुसपैठियाहरुलाई राखी उनीहरूलाई रोजगारमा लगाइएको छ । सबै भन्दा ठूलो डिटेन्सन सेन्टर अहिले इजरायलले बनाएको छ । इजरायलले सन् १८१२ मा आफ्नो यहाँको सहारौनिया नामक स्थानमा १० हजार घुसपैठिया राख्ने क्षमता भएको डिटेन्सन सेन्टरको निर्माण गरेको छ । यस सेन्टरमा महिला पुरुषलाई छुट्टा छुट्टै राख्ने व्यवस्था गरिएको छ । युरोपियन इतिहासमा डिटेन्सन सेन्टरको स्थापना गर्ने कार्य सन १४७० देखि शुरु भएको हो । डिटेन्सन सेन्टर निर्माण गर्नु अहिले प्रायः सबै देशको लागि अपरिहार्य बनेकोले बाध्यतावश सबै देशले निर्माण गर्न थालेका छन् । हाम्रो यहाँ छिमेकी देश भारतको असम राज्यमा २.५ हेक्टरमा डिटेन्सन सेन्टर बनेको छ । यसमा ७० प्रतिशत काम सम्पन्न भई सकेको छ । असम सरकारले भारतीय र विदेशी नागरिकलाई छुट्याउन एनआरसी कानून लागु गरेको छ । एनआरसीको प्रमाणपत्र लगाएर अहिले त्यहाँ नागरिकता वितरण हुने भएको छ । अहिले एनआरसी छानबीन हुँदा कुनै प्रमाण नभएका ४ दर्जन भन्दा बढीलाई त्यस्तो डिटेन्सन सेन्टरमा पठाएको समाचार बाहिर आएको छ । यसरी अब विदेशी घुसपैठियालाई जसरी पनि नियन्त्रण गर्नु आवश्यक भएको छ । विगतमा भारतको एक राज्य अशान्त बन्दा त्यहाँबाट हजारौं हजार जनाअवैध रुपले नेपालमा पसेका थिए लामो समयसम्म उनी यहाँ बसेको आधारमा त्यस्ताहरुले २०६२।०६३ मा ४ जना सनाखत बसेको आधारमा नेपाली नागरिकता लिन सफल भए । विगतमा यस्तै प्रकारले तिब्बत, मंगोलिया, भुटान, मेघालय जस्ता ठाउँबाट आएकाहरुले यहाँ नेपाली नागरिकता लिए । २०६२।०६३ मा अनगिनत भारतीयहरुले यहाँ नेपाली नागरिकता लिन सफल भए वर्तमान समय बाँग्लादेश र म्यान्मारबाट आई तमाम जनाले नेपाली नागरिकता लिन सफल भएकाले यो देश विदेशीहरुको लागि स्वर्ग जस्तो बनेको छ । वास्तविक नेपाली नागरिक रोजगार खोज्दै विदेशिएका छन् । यसबीच विदेशी घुसपैठियाहरु यहाँ रोजिन्दा हजारौंको संख्यामा भित्रिरहेकोले यहाँ भय सन्त्रासको वातावरण बनेको छ । राजधानीको कपन, देशको पूर्वी भागमा र यहाँ नेपालगञ्जमा पनि तमाम विदेशी घुसपैठिया भित्रि सकेका छन् । राजधानीको कपनमा बसेका केही घुसपैठियाले युएनएचआरसीको प्रमाणपत्र लिई बसेका छन् । अहिले यो स्थान विदेशी घुसपैठियाको लागि सुरक्षित रहेको देखी उनी घुसपैठियाले यहाँ आफ्नो चिनजानका अन्यहरुलाई पनि यहाँ प्रवेश गराएकोले आगामि समय यो देश अशान्त बन्न सक्ने अनुमान लाग्न थालेको छ । कपनमा बसेका विदेशी घुसपैठियाका बच्चाहरु अहिले बोर्डिंग स्कूलहरुमा समेत पढ्ने मौका पाएका छन् । उनीलाई सबै तर्फबाट सहयोग प्राप्त भई रहेकोले उनीहरु यहाँ ज्वाईँ भएर बसेका छन् । अन्य समयमा हाम्रो देशको प्रमुख राजनीतिक दलहरु कोही अमेरिकाको कोही चीनको कोही भारत कोही जर्मनीको नीति अन्तर्गत यहाँ आफ्नो राजनीति चलाउँछन् तर अमेरिका, चीन, भारत जस्तो देशले विदेशी घुसपैठियाहरुलाई कसरी नियन्त्रण गरी रहेका छन् यसतर्फ ध्यान नदिई घुसपैठियालाई नियन्त्रण गर्नु साटो उनीलाई पोस्ने काम अहिले यहाँ भइरहेको छ । यो चाहिँ अति नै दुःखदायक कुरा हो । अहिले विदेशी घुसपैठियाको कारण फ्रान्स, ब्रिटेन जस्तो देश त्रस्त रहेको छ । त्यहाँ तमाम साम्प्रदायिक दंगा भएपछि उनी देशको चेत खुलेको छ जसको कारण त्यहाँ घुसपैठियाहरुलाई नियन्त्रण गर्ने कडा पाइला चालिएको छ । हाम्रो देश अहिलेसम्म शान्त छ तर धेरै दिनसम्म शान्त रहनेवाला छैन जब घुसपैठिया भित्रिन्छन् उनी शान्तिले बस्छन् जब उनीको जनसंख्या बढ्छ तब अशान्ति बढ्न थाल्छ । यस कारण घुसपैठियाको समस्या सानो होइन बरु ठूलो हो समय परिवर्तनका साथ समस्या बढ्न थाल्छ जब समस्या चरम रुप लिन्छ अनि देशको स्थिति खराब हुन्छ । विदेशी घुसपैठियाबाट एउटा समस्या रहँदैन पछि आर्थिक, राजनीतिक समस्या पनि बढ्छ यस समय घुसपैठियालाई नियन्त्रण गर्ने कार्य भएन भने विध्वंश बढाउँछ तबसम्म देशको स्थिति जर्जर हुन्छ यस कारण अहिले पनि समय छ नेपाल सरकारको समयमा चेत खुल्नुपर्छ । केही महिनाअघि धरानमा खुलेआम गाई काटी सार्वजनिक भोज गरियो जसको भिडियो फुटेज जारी गरी यहाँ अशान्तिको वातावरण बनाइयो । धरानमा वास्तविक नेपालीले गाई काटेर सार्वजनिक भोज गरेका थिएनन् युरोपियन देशको इशारामा केही विदेशी शक्तिले गाई काटेर एक किसिमले राष्ट्रभक्त नेपालीलाई चुनौति दिएका थिए । धरानको घटनाले खतराको सायरन बजाएको थियो यो खतरा अझै पनि टलेको छैन । भित्रभित्रै उनीहरुले गोप्य ढंगले आफ्नो अभियान चलाई रहेका छन् यस कारण अब हाम्रो देशमा नेपाली नागरिकता शुद्धिकरण गर्ने कार्य शुरु हुनु पर्छ । यसलाई अभियानको रुपमा चलाइयो भने निश्चित पनि आउने खतरा टल्ने छ । यसको लागि २०६२।०६३ मा वितरण गरिएको सबै नेपाली नागरिकता रद्द गरी राष्ट्रवादी नेपालीलाई एक सुत्रमा जोड्न राष्ट्रिय परिचय ३ पुस्ते लिई वितरण गर्नु जरुरी छ यसको लागि वंशज, अंगीकृत, जन्मसिद्ध नागरिकता र अहिलेसम्म वितरण गरिएको राष्ट्रिय परिचय पत्र रद्द गरी नयाँ तरीकाबाट राष्ट्रिय परिचय पत्र वितरण गर्नुपर्ने जरुरी भई सकेको छ यसबाट पनि घुसपैठिया नियन्त्रण हुँदैनन् भने हाम्रो देशलेपनि डिटेन्सन सेन्टर निर्माण गरी देशभित्र रहेका घुसपैठियाहरुलाई पक्राउ गरी त्यस्तो सेन्टरमा राख्ने व्यवस्था गर्नु जरुरी छ ।
नेपालमा पनि डिटेन्सन सेन्टरको स्थापना हुनुपर्छ।
Monday, September 16, 2024
0

Tags