पूर्व राजा ज्ञानेन्द्र शाह बुधवार दिन परिवार सहित नेपालगञ्जमा पुग्दा नेपालगञ्ज नगरवासीहरुले उहाँको भव्य स्वागत गरेका छन् । बुधवार दिन पूर्व राजा २ साताको भ्रमणमा नेपालगञ्जमा आउनु भएको हो । बाँकेको राँझा एयरपोर्टमा विमानबाट ओर्लिँदा नेपालगञ्जवासीहरुले उहाँको भव्य स्वागत गर्दै चर्काे नारा लगाई रहेका थिए । हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा आऊ देश बचाऊ । उनी जनताको आवाज एकदमै जायज रहेको देखिन्छ किनकी वर्तमानमा देशले अभिभावक पाउन सकेको छैन विदेशमा नेपालीको स्वाभिमान, मान, मर्यादा सबै नै खसेको छ । देश अहिले दिशाहीन अवस्थामा छ । २०६२।०६३ मा भएको परिवर्तनले देश नयाँ दिशा पाउँछ, सबै जनतालाई बराबरीको हक अधिकार मिल्ने, देश विकास तर्फ बढ्ने छ यस्तो अपेक्षा सबैले लिएका थिए तर यसो हुन सकेन । यस लोकतन्त्र र गणतन्त्रमा विदेशी शक्ति हावी हुने मौका पाए । माथिबाट देशका नेता शासन सत्ता चलाई रहेको देखिन्छन् तर वास्तविक रुपमा भन्ने हो भने देशलाई अहिले विदेशीहरुले चलाई रहेका छन् जसबाट जनता ठूलो पिर मर्कामा परेका छन् परिवर्तनबाट ठूलो अपेक्षा लिइएको थियो तर जनतालाई न माया मिल्यो न त राम नै परिवर्तनबाट भ्रष्टहरु सत्ता चलाउने मौका पाएका छन् जसको कारण अनगिनत भ्रष्टाचारको घटना घटेका छन् शान्ति सुरक्षाको हाल यस्तो छ कि चारैतर्फ अपराध, अन्याय, अत्याचार छ । राजाको शासनकालमा जुन शान्तिको वातावरण थियो आज भने छैन । पहिले एउटा राजा थिए आज केन्द्र सरकारदेखि स्थानीय तहसम्म तमाम राजाहरु छन् । एउटा वार्डका वडाध्यक्ष पनि आफूलाई राजा ठान्छ । अनाचारको बोलाबाला भएकोले देशको धर्म, संस्कृति, सभ्यता सबै नै खतरामा पुगेको छ । देश चलाउन सबै भन्दा पहिले नेतालाई नैतिकवान बन्नुपर्छ तर अहिले प्रायः सबै नेता अनैतिकतामा लिप्त छन् माथिबाट देश विकासतर्फ लम्की रहेको झूठो दावी गरिँदैछ तर वास्तवमा अहिले देशको अस्तित्व नै खतरामा पुगेको छ । देश अहिले दिशाहीन अवस्थामा छ । यसको अवस्था सुधार्न संवैधानिक राजतन्त्रको आवश्यकता छ । देशमा राजतन्त्रको स्थापना भए नेपाली धर्म संस्कृति र सभ्यता सबैको संरक्षण संवद्र्धन हुनेछ यस कारण अब परिवर्तनको आवश्यकता छ । परिवर्तनको माग अब प्रबल ढंगले उठ्न थालेको छ । यस कारण बेर अबेर परिवर्तन हुने अवश्यम्भावी छ । नेपालमा प्रायः सबैमा इमान्दारिताको खाँचो छ । पर उपदेश कुशल बहुतेरे जस्तो उखानको चरितार्थ हुने गरेको छ आफूलाई सच्चा राजावादी भनाउनेहरु उपदेश दिने कुरा धेरै गर्छन् तर उपदेशको अनुसरण गरेनन् । विगतमा केही राजावादीहरुले राजा ल्याउने माग अघि बढाएका थिए पछि उनी विस्तारै सेलाए केही दिन अघि अन्य केही राजावादी नेताहरुले फागुन महिनामा परिवर्तनको लागि ठूलो आन्दोलन चलाउने दावी गरेका थिए । फागुन महिना पनि व्यतीत भयो तर आन्दोलन उनी चलाउन सकेनन् । संघर्षको बिना परिवर्तन सम्भव छैन यसको लागि आत्मबल इमान्दारिता र दृढ संकल्पको आवश्यकता पर्छ यस्तो दृढ संकल्पताको कमी छ यस्तो कमी कमजोरी अब हट्नु पर्छ अब अबेर गर्नु हुँदैन परिवर्तनको लागि पाइला अघि बढाऔं यसो गर्न सकिएन भने देश अझ पतनको बाटो तर्फ जानेछ । नेपालगञ्ज नगरीमा राजनको स्वागत छ आजको सामना साप्ताहिक परिवार नेपालगञ्जमा पूर्व राजाको स्वागत गर्दै देशमा चाँडै राजतन्त्र स्थापना होस् यस्तो चाहना गर्छ ।
स्वागत राजन।
Monday, April 08, 2024
0

Tags