७ वर्ष पछि त्रिभुवन चोक बोल्दछको प्रसारण शुरु
नेपालगञ्ज । दशकौं अघि प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यद्वारा शंखनाद साप्ताहिकमा प्रकाशित गर्दै आउनु भएको विश्वकोषबाट प्रकाशित त्रिभुवन चोक बोल्दछ स्तम्भ विद्युतीय सञ्चार माध्यमबाट प्रसारण हुन शुरु भएको छ ।
शनिवार दिन आजको सामना साप्ताहिक, निर्मल न्यूज अनलाईन, सत्यमखबर डटकम र समाचार रेखा न्यूज डटकमले संयुक्त रुपमा सो स्तम्भको प्रसारण त्रिभुवन चोकबाटै शुरु गरेका हुन् ।
शनिवारको दिन मा त्रिभुवन चोक बोल्दछको प्रसारण हुने छ। प्रसारण गर्ने प्रयास शुरु गरिएको छ ।
शनिवार दिन त्रिभुवन चोक बोल्दछको प्रसारण शुरु हुँदा नेपालगञ्जको बजार सुक्दै गएको बारेमा नेपालगञ्ज उमनपा वडा नं. ११ का वडाध्यक्ष नन्द किशोर कश्यपबाट चर्चा परिचर्चा गराइएको थियो ।
त्रिभुवन चोक स्तम्भबाट संयुक्त मिडियाले जनताको विभिन्न विचार लिई यसको प्रसारण गर्ने छ ।