नेपालगञ्ज । अष्ट चिरञ्जीवी मध्येका देवता श्रीहनुमानजीको शुभ जन्मोत्सव वैशाख ११ गते मंगलवार दिन भव्यताले मनाउने तयारी पूरा भएको छ ।
अष्ट चिरञ्जीवीमा भगवान परसुराम, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभिषण, कृपाचार्यलाई मानिएको हो । रामभक्त हनुमान जी यिनै अष्ट चिरञ्जीवी मध्येमा पर्नुहुन्छ ।
यस वर्ष २०८१ वैशाख ११ गते दिन आयोजक श्री सुन्दरकाण्ड मित्र मण्डलले हनुमत गौशालामा सम्पूर्ण कार्यक्रमको आयोजन गर्नेछ श्री हनुमानजीको जन्मोत्सव नेपालगञ्जमा दशकौंदेखि मनाइँदै आएको छ । श्री सुन्दर काण्ड मित्र मण्डलले जन्मोत्सवलाई भव्यता दिन विविध धार्मिक कार्यक्रमको आयोजन गर्ने भएको छ ।
जसमा वैशाख ११ गते, मंगलवार दिन सम्पूर्ण धार्मिक कार्यक्रम गर्ने तयारी पूरा गर्दै सो दिन श्री सुन्दरकाण्ड पाठ र भजनकीर्तन गर्ने सो क्रममा महाआरती एवं प्रसाद (विशाल भण्डारा) दिउँसो १२ः३० बजेदेखि शुरु गरिनेछ । बाल्दा तलाउको पानी ट्यांकी नजीकस्थित श्री हनुमत गौशालामा २०८१ वैशाख ९ गते आइतवारदिन अखण्ड रामायण र अष्टायाम संकीर्तन र विशाल पूजा बिहान १० बजेदेखि शुभारम्भ हुनेछ यसै प्रकार वैशाख ११ गते मंगलवार दिन बालाजीको शोभायात्रा हनुमत गौशालाबाट हनुमानगढी धम्बोझी चोक, पुष्पलाल चोक, न्यूरोड, सदरलाईन, त्रिभुवनचोक, वीपी चोक हुँदै हनुमत गौशालामा पुग्नेछ । वैशाख १० गते दिन बालाजीको रात्री जागरण र झाँकी राती ८ः३० बजेदेखि आयोजित हुनेछ यो रात्रि जागरण एवं झाँकी मोन्टी नटराजन समूह दिल्लीद्वारा प्रस्तुत हुनेछ । जागरण कार्यक्रम भजन गायिका कानपुरकी शेफाली, भजन गायक मटेराका बन्टी सरदार, गोण्डाका भजन गायक आदर्शबाट हुनेछ । यसमा गोण्डाको संगीत समूह विनय म्यूजिकल समूहले जागरण कार्यक्रमलाई भव्यता दिने जानकारी श्री सुन्दरकाण्ड मित्र मण्डल नेपालगञ्जका जितेन्द्र सिंह ठाकुरले जानकारी गराएका छन् ।