बिद्रोही
भारतको उत्तर प्रदेश श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा ६ जना नेपाली नागरिकको मृत्यु भयो । मृत्यु हुनेहरुमा त्रिभुवनचोक बस्नेहरु थिए । यस कार दुर्घटनामा परी २ जना अबोध बच्चाहरुको पनि मृत्यु भयो । कार दुर्घटनाको वास्तविक कारण देखियो भने उनी नेपाली नागरिकहरु भारतको बलरापुरबाट आफ्नो घर नेपालगञ्ज फर्कि रहेका थिए घर फर्किन अबेर भइरहेको थियो । साँझ ८ बजे सीमा बन्द हुने डरले उनीको कार द्रुत गतिमा दगुरी रहेको थियो बाटोमा एउटा साँढेसँग ठक्कर हुँदा कार रुखमा ठोक्किएर पानीमा खसेको थियो । जे होस् घटना अत्यन्तै दुःख लाग्दो छ । भारतले सधैं नेपालसँग हाम्रो रोटीबेटीको सम्बन्ध हजारौं हजार वर्षदेखि छ यस्तो दुहाइ त्यसले दिँदै आएको छ तर भारतले नेपालसँग सधैं नै हेपाहा प्रवृत्ति राख्दै आएको छ । त्यसको कथनी र करनीमा धेरै फरक सधैं नै देखा पर्दै आएको छ । भारतको वाहनहरु नेपालमा भन्सार राजस्व बुझाई कुनै पनि ठाउँमा जान पाउँछन् तर नेपाली वाहन भारतको निश्चित दुरीसम्म मात्र जाने प्रावधान छ । त्यस्तै नेपालीहरु भारतमा दिनहुँ नै लुटिन्छन् उनी मर्कामा पर्दा भारतले कुनै सहयोग गर्दैन । मिथिला नरेश राजा शिरध्वज जनककी छोरी माता सीताको विवाह त्रेता युगमा आजदेखि १३ लाख वर्ष अघि अयोध्याका चक्रवती सम्राट दशरथका छोरा मर्यादा पुरुषोत्तम भगवान श्रीरामसँग भएको थियो ।
जब भगवान राम लंका विजयपछि घर फर्के त्यस समय एउटा धोबीको कथन अनुसार उहाँले माता सीतासँग अग्नि परीक्षा लिनु भएको वृत्तान्त रामायण ग्रन्थमा पाइन्छ । सो कालमा अग्नि परीक्षा माता सीताले दिएकी होलिन् तर हाम्रो देशका तमाम सीतालाई आजपनि भारतमा रोजिन्दा अग्नि परीक्षा दिनुपर्ने बाध्यता छ । नेपालकी छोरीबेटीको विवाह भारतमा हुँदा उनी नेपाली चेलीलाई दाइजोको समस्या, छोडपत्र जस्तो संकटको सामना गर्नुपर्छ समस्या पर्दा जब नेपाली दाजुभाई आफ्नो छोरीबेटी, दिदीबैनीको मर्का बुझ्न त्यहाँ पुग्छन् भारतका प्रहरी प्रशासन नेता विभिन्न राजनीतिक दलहरु नेपालीको पक्ष लिँदैनन् बरु उनीको अपहेलना गरी फिर्ता पठाउँछन् । यस्ता घटनामा या त नेपाली चेलीबेटीलाई त्यहाँ नारकीय जीवन व्यतीत गर्नुपर्छ या त आत्महत्या गर्न बाध्य पारिन्छ या त छाडिन्छन् । त्यहाँ कुनै न्याय मिल्दैन । यस्ता घनाहरु तमाम छन् । यस कारण भारत र नेपालको बीच रोटीबटीको सम्बन्ध रहेको कुरा लोभ्याउने खालको मात्र हो । यसमा कुनै सत्यता छैन । भारतको एउटा मानसिकता छ । नेपाल गरीब देश हो त्यहाँका जनता पनि कमजोर छन् उनीहरु हाम्रो के बिगार्न सक्छन् र ? यसमा सबै कमी कमजोरी हाम्रो हो हामी आफूलाई अत्यन्त दयालु र परोपकारी सम्झिन्छौं जसको कारण भारतमा नेपाली सधैं प्रताडित हुने गर्छन् हामीले पनि आफ्नो ‘शठे शाठ्यम समाचरेत’ अर्थात जस्ताको साथ त्यस्तै प्रकारको व्यवहारको नीति राख्न सक्नुपर्छ । भारतले नेपालको वाहन आफ्नो निश्चित दूरीसम्म मात्र जान सक्ने नीति राख्छ भने नेपालले पनि भारतीय वाहन निश्चित दूरीसम्मजा पाउने प्रावधान ल्याउनुपर्छ । राती ८ बजे सीमा बन्द हुने डरले ६ जनाको मत्यु हुँदा २ वटा परिवार तहस नहस भएको छ । यस्तो घटनाको जवाफदेही को हो

त ? नेपाल भारतबीच तमाम समस्याहरु छ यस्तो समस्या दुवै देशको प्रशासनिक अधिकारीहरु मिलेर समाधान गर्नु जरुरी छ तर समस्याको निराकरण गर्न दुवै देशका प्रशासनिक अधिकारीहरुले उदासीन रवैया अपनाएको देखिन्छन् यस कारण विभिन्न समस्याहरु बढ्दै गएको देखिन्छ नेपालमा भारतकी छोरीबेटी पनि बिहे गरेर आउँछिन् भारतमा नेपाली छोरीबेटीलाई कुनै अधिकार दिएको छैन तर नेपालमा बिहे भएकी छोरीबेटीलाई तुरुन्तै यहाँ नेपाली नागरिकका सजिलै मिल्ने गर्छ उनी यहाँ हरेक कुरामा सरक्षित छन् । किनकी नेपालमा महिलाको हक हितमा काम गर्ने थुप्रै संघ–संस्थाहरु छन् उनीको यहाँ सबै हक अधिकार सुरक्षित रहन्छ । यति समस्याहरु रहे पनि समस्याको निराकरण गर्ने पहलहरु गरिएको छैन उल्टै यहाँका केही नेताहरु आफ्नो नेपाली संघ संगठन भारतको विभिन्न स्थानमा पुगी आफूले समिति गठन गरेको डींगहरु मार्दै माया गरेर भारतले आफूलाई नेपालको लागि प्रभारी नियुक्त गरेको बकमफुस्से बकवास गर्न चुक्दैनन् । यसमा प्रश्न उठ्छ कि भारतले त्यस्ता व्यक्तिलाई नेपालमा के को लागि प्रभारी नियुक्त गरेको हो ? उनी नेपालमा बसेर भारतको लागि के के कार्य गर्न सक्छन् यो कुरा अहिले स्पष्ट हुनुपर्ने जरुरी छ । प्रभारीको कार्य हुन सक्छ दुवै देशको नागरिकलाई एक अर्काको यहाँ समस्या पर्दा सहयोग गर्ने तर भारतमा रोजिन्दा नेपाली चेलीबेटी समस्यामा पर्ने गर्छन् अनि ति प्रभारी भनाउने व्यक्तिले कस कसको समस्या निराकरण गर्ने पहल गरेका छन् ? यो कुरा स्पष्ट पार्न सक्नु पर्छ । नेपाल र नेपालको सीमामा आवत जावत गर्न ठूलो समस्या छ समस्या नभएको भए अहिले ६ जनाको असमय ज्यान जाँदैनथ्यो । यस कारण ति प्रभारीले यो समस्यबाट निजात पाउन आफ्नो तर्फबाट के पहल गर्ने हुन् यसबारे समेत स्पष्ट पार्नु जरुरी छ । गर्न सक्दैनन् भने भारतमा पुगी अनाहक वाहवाही लुट्न किन पुग्ने ? यो प्रश्न कुनै विशेष व्यक्तिसँग छैन बरु सम्पूर्ण नेपालगञ्जवासी नागरिक– हरुसँग छ । सबैले यस्तो समस्यातर्फ आ–आफ्नो ध्यान केन्द्रित गर्नु जरुरी छ कार दुर्घटनामा परी ६ जना ज्यान गुमाउनेहरु वैश्य समाजका हुन् यस कारण सबै भन्दा पहिले यसै समाजको यस घटनाप्रति ध्यानाकर्षण हुन जरुरी छ । केही दिनपछि कसौंधन वैश्य समाज नेपालगञ्जको नयाँ कार्य समिति चयनको लागि निर्वाचन हुने भएको छ । यसै समाजबाट एक जना नेतालाई भारतले नेपालको लागि प्रभारी नियुक्त गरेको थियो यस कारण निर्वाचनको समयमा वैश्य समाजका व्यक्तिहरुले नेपाल भारतबीचको रोटीबेटीको सम्बन्ध र विद्यमान समस्यबारे सोधनी गर्न सक्नुपर्छ । के कार दुर्घटनापछि कसौंधन वैश्य समाज नेपालले आफ्नो तर्फबाट भारतीय प्रशासनिक निकायलाई यस्तो अकल्पनीय दुर्घटना पुनः नदोहोरियोस् यसको लागि ध्यनाकर्षण गराउने कार्य गरेको छ ? यस्तो गरिएको छैन भने यस्तो कार्य दुर्भाग्यपूर्ण छ । जबसम्म सम्बन्धितको ध्यानाकर्षण गराइँदैन तबसम्म समस्याको निराकरण हुन सक्दैन । आगामी समय पनि सीमा बन्द हुने डरले तमामलाई मृत्युको वरण गर्नुपर्नेछ । एउटा कथन छ ‘पर उपदेश कुशल बहुतेरे’ व्यक्ति ठूलो उपदेश सस्तो लोकप्रियता पाउन दिने गर्छन् तर जनहितमा उनी कार्य गर्दैनन् यस्ता प्रभारी ्भनाउनेहरुबाट सबै सचेत र सावधान रहनु जरुरी छ ।