सकिल अहमद राई
नेपालगंज १४ माघ ,बाँकेको जानकी गाउँपालिकाले प्रभावित परिवारलाई आपतकालीन सामाग्री वितरण गरेको छ ।
जानकी गाउँपालिकाले प्रभावित परिवारलाई आपतकालीन सामाग्री वितरण गरेको छ । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र ( किडार्क ) को आर्थिक सहयोग तथा जानकी गाउपालिकाको समन्वयमा वडा नम्वर १ देखि ६ नम्वर वडासम्म जोखिममा रहेका समुदाय र घरपरिवारको आपतकालीन आवश्यकता सम्बोधनका लागि प्रतिकार्य परियोजना अन्तरगत अति विपन्न, सीमान्तकृत र पिछडिएका घर परिवारलाई सो सामग्री वितरण गरिएको हो ।
किडार्क नेपालका कार्यक्रमका निर्देशक गौतमराज अधिकारीले शीतलहरबाट प्रभावित परिवारलाई खाधान्न र लताकपडा वितरण गर्न लागिएको बताएका छन । उनले ५० परिवारलाई १२ हजार बराबरको आवश्यक खाद्यान्न र ३० परिवारलाई लत्ताकपडा समेत दिने बताएका छन ।
जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिहराज डाँगीले भोलीका दिनमा मदरसा कुच्छबधियाका बालबालिकाको शिक्षाको लागि साझेदार संस्थासंग हातेमालो गर्ने बताएका छन ।
जानकी गाउँपालिका अध्यक्ष छ्ब्बन खाँले पालिकाले विपन्न पछाडि परेका समुदायको उत्थानका लागि अग्रसर भएर काम गर्दै आएको बताएका छन । साथै कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र ( किडार्क ) लाई शीतलहरबाट प्रभावित परिवारलाई खाधान्न र लताकपडा वितरण गरिदिएकोमा धन्यवाद दिनुका साथै पालिका सदैव समन्वयकारी भुमिका निभाउन तयार रहेको समेत बताएका छन ।