

सोमबार भएको नेकपा एमाले र राप्रपाको सयुंक्त प्रचार प्रसार अभियान कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका वार्डं नम्बर ७ पिपल चौक गागनगंज नजिक नेकपा एमाले र राप्रपाको सयुंक्त कोण सभा भएको छ । यस कार्यक्रम कोण सभामा प्रमुख अतिथि राप्रपा पार्टीको महामन्त्रि डा.धवल सम्शेर राणा रहेका थिए डा.धवलले भन्नु भयो राप्रपा र नेकपा एमालेको गठबन्धन रहेको छ । धवलले भने नेपाली कृषकहरुको लागि कृषि मल फ्याक्ट्री लगाउने छौ र मलको समास्यालाई सधंैको लागि समाधान गरिदिने घोषणा गर्नु भयो र यस क्षेत्रको विकास गरेको छु र गर्ने छु । यस क्षेत्रलाई उद्योगीक क्षेत्र बनाउने छौ र यहाँका जनताहरुलाई रोजगारि श्रीजना हुने छ । डा.धवल सम्शेर राणाले भने मैले यस नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुदाँँ यस नेपालगञ्ज उपमहानगरपालिकाको विकास गरेको छु र म यस क्षेत्रमा जिते भने हामी निरक गुरुङ्ग र म आझ यस क्षेत्रको विकासलाई उच्च स्थान पुरयाउने लक्ष्य रहेको बताए उनीले भने कृषकहरुको लागि मलको फ्याक्ट्री बनाउने र सधैंको लागि मलको व्यवस्थान गरिने छु । नेकपा एमालेका नेता बाँके क्षेत्र नम्बर २ ख प्रदेशसभा सदस्य पदका उम्मेदवार निरक गुरुङ्गले भन्नु भयो यस क्षेत्रलाई देश कैय नमुना विकसित क्षेत्र बनाउने हो र यस क्षेत्रलाई कलकरार खानाको क्षेत्र बनाउने छौं र यस क्षेत्रलाई उद्योगीक क्षेत्र बनाउने छौ र यहाँका जनताहरुलाई रोजगारीका अवसरका लागि उद्योग कलकारखानालाई अगाडी बढाईने र रोजगारि श्रीजना हुने छ । नेकपा एमालेका केन्द्रिय सदस्य बाँके सह इन्चार्ज मोहम्मद हारुले भने नेकपा एमाले र राप्रपाको गठबन्धनलाई विजय गाउनका लागि अपिल गरेका छन् र नेकपा एमाले ,राप्रपाका नेता कार्यकर्तालाई इमानदारिता पुर्वक लाग्ने मत खसाल्ने छन् र बाँकेको ३ आटै क्षेत्रमा लाल किल्ल हुने छ । नेकपा एमाले र राप्रपाको गठबन्धन बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार का डा.धवल सम्शेर राणा र प्रदेश सभा सदस्य ख का उम्मेदवार निरक गुरुङ्ग यति बेला कोण सभा देखि घर दैलोमा व्यस्त रहेका छन् । नेकपा एमाले र राप्रपाको सयुंक्त प्रचार प्रसार अभियान कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका वार्डं नम्बर ७ मा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एंव राप्रपा का महामन्त्रि डा.धवल सम्शेर राणा र नेकपा एमालेका प्रदेश सभा सदस्य ख का उम्मेदवार निरक गुरुङ्गको संयुक्त नेतृत्वमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.७ मा राप्रपा र एमालेको सयुक्त सचिवालय देखि भेला भएको थियो र त्यस पश्चात ने.ग सम्पर्क कार्यालय वडा नम्बर ७ सम्पर्क कार्यालय देखि घर दैलो सुरु भई महेन्द्र स्कुल रानी तलाउ,एमपी स्कुल कसगरटोल हुन्दै गगंनगञ्जमा सम्म घरदैलो कार्यक्रम एको थियो । राप्रपा र नेकपा एमालेको गठबन्धनका उम्मेदारहरु जनतामाझ पुग्दा जनता उत्साहित देखिन्छन ।