केपी शर्मा ओली
Thursday, November 24, 2022
0
केपी शर्मा ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
ठेगाना :
झापा
हालको ठेगाना :
भक्तपुर
जन्ममिति :
२००८/११/११
जन्मस्थान :
पाँचथर
बाबु :
मोहनप्रसाद ओली
आमा :
मधु ओली
पारिवारिक विवरण :
एक श्रीमती
शिक्षा :
एसएलसी
निर्वाचन प्रणाली :
प्रत्यक्ष
केपी शर्मा ओली
राजनीतिक आबद्धता
२०२५ सालबाट पूर्णकालीन राजनीतिक यात्राको आरम्भ । २०२९ सालको झापा आन्दोलनपछि लामो समय जेल जीवनमा रहेकाले २०४४ पछि पुनः पार्टी गतिविधिमा सक्रिय । तत्कालीन नेकपा मालेको लुम्बिनी प्रमुख २०४६ । प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष २०४७ । २०४७ मा नेकपा एमालेको स्थायी कमिटी सदस्य । एमाले अध्यक्ष २०७१ । एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (ने कपा) को अध्यक्ष २०७५ । हाल नेकपा एमालेको अध्यक्ष ।
संसदीय यात्रा
२०४८, २०५१ र २०५६ मा झापा ६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी । संविधानसभा सदस्य निर्वाचन २०७० मा झापा ७ बाट निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा झापा ५ बाट निर्वाचित ।
कार्यकारी जिम्मेवारी
प्रधानमन्त्री, २०७२ र २०७४ । उपप्रधान एवं परराष्ट्रमन्त्री, २०६३ । गृहमन्त्री, २०५१ ।
राजनीतिक घटनाक्रम
१४ वर्ष जेल जीवन । राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासतमा ।
Tags