नेपालगञ्ज आज मिति २०७९ कार्तिक ३ गते बिहिबार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एंव राप्रपा का महामन्त्रि डा.धवल सम्शेर राणा र नेकपा एमालेका प्रदेश सभा सदस्य ख का उम्मेदवार निरक गुरुङ्गको संयुक्त नेतृत्वमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.८ राप्रपा र एमालेको सयुक्त सचिवालय देखि भेला सुरुभई ने.ग सम्पर्क कार्यालय वडा नम्बर ३ इक्लैनी मोड स्थीत प्रचार प्रसार सचिवालयको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य दिपा शर्माले रिबन काटेर उद्घाटन गर्नु भएको थियो र उद्घाटन पछि इक्लैनी मोड देखि घर दैलौ कार्यक्रम शुरु भई पुरानो सिनेमाहाल रोड हुँदै,त्रिवेणीमोड,सदरलाईन,व्यापार संघ,त्रिभुवन चौक हुंदै विपि चौकमा समापन भएको थियो ।