बाँके/नेपालगञ्ज २०७९ कार्तिक ५ गते।
तिहार नजिकिए सँगै बाँके को नेपालगञ्जमा किनमेल गर्नेहरूको भिड बढ्न थालेको छ। तिहारको लागि आवश्यक पर्ने सामग्रीहरू किनमेल गर्न बजार आउने मानिसहरुको संख्या बढेसँगै नेपालगञ्जकाे त्रिभुवन चौक घरबारीटोल धम्बोझी लगायतको क्षेत्रमा किनमेल गर्नेहरूको भिडभाड बढेको हो।
तिहारमा बत्ती, दियो, पाला, टीका, भाइ मसला, मिठाई, ढाका टोपीको बिक्री वितरण बढ्छ। बाँकेका अधिकांश सेवाग्राही तिहारको सामान किन्न यस क्षेत्रमा पुग्छन् । बत्ती, दियो, पाला, टीका, मसला,मिठाई, ढाका टोपीलगायत घरायसी सामानहरू तिहारमा बढी खपत हुने गरेको व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूका अनुसार तिहारको लागि चाहिने अधिकांश सामानहरू भारतबाट ल्याइने गरिएको छ।