नेपालगञ्ज उपमहानगरपालिका स्थित कन्या माध्यमिक विद्यलयमा महिला एवम् किशोरीहरु आत्मसुरक्षा को लागी एक महीने निःशुल्क कराते तमिल सञ्चालन भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को आयोजनामा उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।
महिलाहरुको आत्मवलजागृत गराई सामाजिक कार्यमा सहभागिता बढाउन तथा महिलाहरुलाई सवल र सक्षम बनाई विकास निर्माणमा अघि बढ्न उत्प्रेरणा दिने उद्देश्यले असोज १० गते देखि उच्चस्तरको प्रशिक्षकहरूद्वारा 'महिला हिंसाविरुद्ध आत्मसुरक्षा तालिम सञ्चालन गरिएको वडा अध्यक्ष गोपाल पुन ले बताउनु भयो ।
तालिम तथा कार्यक्रमले घरेलु तथा लैंगिक हिंसा रोक्ने, महिलाहरुलाई आत्मरक्षासम्बन्धी ज्ञान दिलाई जीवन सुरक्षाको प्रत्याभूति दिलाउने, आकस्मिक हमला, सामूहिक झगडा, पारिवारिक कलह, बलात्कार आदिबाट हिनताबोध भई कुण्ठित हुनबाट रोक्ने कार्यमा सहयोग पुग्ने विश्वास वडा अध्यक्ष पुन ले जनाउनु भएको छ ।
एक महिने निःशुल्क कराँते तालिम उद्घाटनमा नेपालगन्ज उपमहानगरपालिकाका वडा न.४ का वडा अध्यक्ष गाेपाल पुन , अभिभावक संघका अध्यक्ष रहिस हलुवाइ, विद्यालय व्यवस्थापन समितिका सदस्य नाजमा हलुवाई, प्रशिक्षक सकिल राई र प्रशिक्षक साना राई लगाएतकाे उपस्थिति रहेकाे थियो ।