वैदिक सनातन धर्मावलम्बी संगठनको लागि कठिन चुनौतिको समय
Tuesday, July 05, 2022
0
देशका क्रिश्चियन युरोपियन देश र आतंकवादी समुदायको घुसपैठ बढ्न थालेपछि वैदिक सनातन धर्मावलम्बीहरु चिन्तित बनेका छन् । अहिले देशभरमा रहेका वैदिक सनातन धर्मावलम्बीहरु संगठित हुन थाल्दै विदेशी शक्तिको घुसपैठ रोक्न समेत सक्रियता बढाएका छन् । यसैबीच यहाँ बाँकेमा पनि नेपाल शिवसेनाले देश बचाउन आफ्नो संगठन विस्तार गर्न थालेको छ । डुडुवा गापामा शिवसेनाले आफ्नो सक्रियता बढाएको छ । गत हप्ता सेनाले जिल्ला कमिटी, उमनपा कमिटी गठन गरेको छ । अब त्यसले उमनपाको २३ वटै वडामा आफ्नो वडा समिति गठन गर्ने प्रयास शुरु गरेको छ । देश अहिले अत्यन्त कठिनाईबाट गुज्री रहेको छ यसको कारण हो कि २०६२-०६३ मा भएको जनआन्दोलन भाग-२ युरोपियन देशले नै चलाएका थिए । जनआन्दोलन भाग-२ ले सफलता पाए लगत्तै यहाँ क्रिश्चियन गतिविधि खुबै बढ्यो । नेपाली जनताको गरिबीको फाइदा उठाउँदै उनीले यहाँ धर्मान्तरणको ओइरो ल्याए देशको कुना काप्चासम्म हजारौं हजार चर्चहरु निर्माण भई सकेको छ । उनीको उद्देश्य धर्मान्तरणसम्म सीमित राख्नु होइन क्रिश्चियनको जनसंख्या बढाएपछि यहाँ छुट्टै क्रिश्चियनलैण्डको निर्माण गर्ने उनीको अभियान रहेको बुझिन्छ यसै कारण उनीहरुले अहिले वैदिक सनातन धर्म समाप्त पार्न अपरेशन सनातन चलाएका छन् । ७० प्रतिशत सुर्खेत जिल्ला आफ्नो पकडमा आई सकेको उनीको दावी छ बाँके जिल्लाको पुनर्वास क्षेत्र र राप्ती क्षेत्रको पारी उनीले आफ्नो प्रभाव बढाएका छन् अनकण्टार जंगलभित्र चर्चको निर्माण भएको देखिन्छ यस्तो गतिविधि क्रिश्चियनले मात्र बढाएका छैनन् । बरु अन्य केही विदेशी धर्म मान्ने समुदायहरु छन् उनीहरुले आफ्नो जनसंख्या बढाउन घुसपैठियाहरुलाई धमाधम भित्र्याई रहेका छन् । उनीले आफ्नो उपासना गृहको स्थापना गर्न शुरु गरेकोले विदेशी आतंकवादी त्यहाँ शरण पाउन शुरु गरेका छन् देशको लागि सबै भन्दा ठूलो टाउको दुखाई अहिले म्यान्मारका रोहिंग्या समुदाय बनेका छन् । रोहिंग्याको इतिहास देख्दा पाइन्छ कि उनी म्यान्मारमा रहँदा हजारौं हजार बौद्धिष्ठ धर्मावलम्बी जसमा स-साना शिशु अबोध बालक वृद्ध वृद्धा र अशक्त निर्बल महिलाहरु थिए उनीको घाँटी रेटेर हत्या गरे । म्यान्मारले यिनी रोहिंग्या आतंकवादीको प्रतिकार स्वरुप हतियार उठाउँदा यिनीहरु त्यहाँबाट भागेका हुन् । अहिले रोहिंग्या बाँग्लादेश र भारतमा लाखौं लाखको संख्यामा छन् । रोहिंग्याको अत्याचार सहन नसक्दा बाँग्लादेशका जनताले उनीलाई धपाउन झुपडी हरुमा आगो लगाएका थिए भारतमा रोहिंग्या विभिन्न आपराधिक कार्यमा संलग्न रहेको देखिन्छ अहिले भारतमा रोहिंग्याहरुको चर्को विरोध हुन थालेपछि हजारौं-हजारको संख्यामा लुकीछिपी ढंगले नेपालमा प्रवेश गरी रहेका छन् । राजधानीको कपन क्षेत्र, प्रदेश नं. २ र बाँके जिल्लाको केही स्थानमा रोहिंग्या घुसपैठिया प्रवेश गरी सकेका छन् । यिनी रोहिंग्यालाई राजनीतिक संरक्षण प्राप्त रहेकोले अब उनी देशभरी नै विस्तारै फैलिन थालेका छन् । उनीहरु यस्तै नै फैलिन थालिँदै रहे यो देशमा पनि आतंकवाद फस्टाउने खतरा छ । किनकि आतंकवाद यहाँ विगत दिनदेखि नै हावी भई रहेको छ गत वर्ष प्रदेश नं. २ मा सरस्वती पूजाको जुलुसमा आक्रमण यसको ज्वलन्त उदाहरण हो । प्रदेश नं. २ मा एक हदसम्म आतंकवादी हावी भई सकेको छ । अब त अति नै भइ सक्यो धार्मिक कट्टरवाद यति हावी हुन थालेको छ कि कट्टरवादी सोच राखेकाहरु अब देशमा मदरसा बोर्ड र शरिया कानून लागु गर्ने माग पनि गर्न शुरु गरेका छन् । यस्तो कार्यमा विदेशी शक्तिहरुको हात रहेको अनुमान छ । २०६२-०६३ मा वैदिक सनातन धर्मावलम्बीहरुको कति उपासना गृह थियो अन्य धर्मावलम्बीको उपासन स्थल कति थियो यसको तथ्यांक अब संकलन गर्नु जरुरी छ । किनकी नेपाली जनता पहिले पनि गरीब थिए आज पनि गरीब नै छन् तर देशमा प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र आउँदै नै ति ठूलो संख्यामा विदेशी धर्म मान्ने उपासना गृह कसरी निर्माण भयो यसको रहस्य अब खुल्नुपर्ने जरुरी छ । रहस्य खुल्न सकेन भने हामी भाइचाराको अँध्यारो कोठामा सुती रहन्छौं तर जसरी नै वैदिक सनातन धर्मावलम्बीको जनसंख्या घट्छ त्यसपछि भाइचारा समाप्त हुन्छ र भाई-भाई हाल्छ वैदिक सनातन धर्मावलम्बीहरु उनीको चारा बनि हाल्छन् । बाँके जिल्लामा देशको प्राचीन धर्म संस्कृति सभ्यता र देवभाषा संस्कृतको संरक्षण संवद्र्धनका लागि नेपाल शिवसेना अघि आएको छ । यसले कम समयमा बढी काम गरेर देखाएको छ तर यसको बाटोमा कठिन चुनौतिहरु छ त्यो चुनौति हो सनातन धर्मको पोशाक अहिले पहिरी केहीहरु यसैको अहित गर्ने कार्य विगत दिनदेखि गर्दै आएका छन् । यसको कारण हो धार्मिक पोशाक लगाई उनीले धर्मको व्यापार गरी रहेका छन् । यस्ताहरुको कारणले नै ऐतिहासिक बागेश्वरी मन्दिरको करोडौं अर्बौंको रकम लुटिएको छ बागेश्वरी मन्दिर विगतमा जस्तै थियो आज पनि सोही अवस्थामा छ । यसको दोषी उनै नक्कली धर्मभीरु हुन् । यस कारण नेपाल शिवसेनाले सफा गर्दा पहिले आफ्नो घरभित्रको फोहोर सफा गर्नेतर्फ लाग्नु जरुरी छ । संगठन विस्तार गर्ने क्रममा केही विशेष ध्यान दिनुपर्ने जरुरी छ । भन्ने गरिन्छ वैदिक सनातन धर्मावलम्बी भ्यागुताको समूह जस्तो हो यसलाई एकै साथ तराजुमा तौल्न सकिँदैन । जसरी तौलिन शुरु हुन्छ फुत्त एउटा उफ्रेर भागी हाल्छ पछि अन्य अन्य उफ्रिन शुरु गर्छन् यही संस्कारको कारण वैदिक सनातन धर्मावलम्बी विभिन्न देशमा मारिएका छन् । त्यहाँबाट लखेटिएका छन् । वैदिक सनातनी अहिले धेरै घमण्डमा छन् कि हामी देशमा बहुसंख्यक छौं कसैले हाम्रो केही बिगार्न सक्दैन यो चाहिँ उनीको दिवास्वप्न मात्र हो शत्रु चारैतर्फबाट घेरा हाल्दै सनातनीहरुलाई घेरी रहेका छन् । यसबाट पछि उनीको ठूलो हानी नोक्सानी हुने खतरा छ यस कारण शिवसेनाले उनी सनातनी हरुलाई यो कुराको ज्ञान गराउनु पर्यो कि अब पनि हामी जाति जातिमा विभाजित भएर बस्छौं भने हाम्रो पतन निश्चित छ । यस कारण जातपातको भावना छाडौं र सबै वैदिक सनातन धर्मावलम्बी बनौं यो कुरा बुझाउन सक्नुपर्ने जरुरी भएको छ । यो कार्य गर्नका लागि कार्यकर्ताको आवश्यकता पर्छ यसका लागि सेनाले सदस्यता अभियान चलाउनु जरुरी छ भारी संख्यामा व्यक्तिहरु एक आपसमा जोडिन्छन् अनि उनीहरुलाई कार्यकर्ता प्रशिक्षण दिनुपर्छ । कार्यकर्तालाई प्रशिक्षण नदिए संगठन सधैं नै कमजोर रहन्छ । नेपाल शिवसेनाले २३ वटै वठामा वडा समिति कार्यालय स्थापना गर्न सक्यो भने कम समयमा धेरै नै जागृति आउँछ । भन्ने गरिन्छ संघे शक्ति कलियुगे कलियुगमा संघको शक्ति ठूलो हुन्छ यस कारण एउटा मजबूत संगठन अवश्य बन्नु पर्छ यसका लागि सबै जना मात्र १ दिन अर्थात हप्तामा १ पटक एउटै स्थानमा एकत्रित हुनु जरुरी छ । यो कार्य गर्न सेनाले २३ वटै वार्डमा रहेको छुट्टा-छुट्टै मन्दिर, गुरुद्वारा आदि रोज्नुपर्छ यस्तो उपासना गृहमा हप्तामा १ पटक मंगलवार दिन साँझ ६ वा ७ बजे सामुहिक रुपमा प्रार्थना गराउन शुरु गर्नुपर्छ किनकी यस्तो कार्य अन्यहरुले पनि सदियौंदेखि गर्दै आएका छन् यो कार्यबाट एकता बढ्छ र व्यक्ति एकै साथ बस्छन् भने बौद्धिक विकास हुन्छ । यस कारण सबै भन्दा पहिले सामुहिक उपस्थितिको अभियान छेड्नु धेरै नै जरुरी छ । ति काम गर्न सकियो भने अवश्य नै देश सुरक्षित हुन्छ । मात्र राजनीतिक स्वार्थ साध्न शिवसेनाले जागृति बढाउने काम गर्छ भने यो बेमानी साबित हुनेछ जसरी २०५४ सालमा त्यो हराएको थियो फेरी हराउन बेर लाग्दैन ।
Tags