विद्रोही
स्थानीय निर्वाचन २०७९ भर्खरै सम्पन्न भएको छ । यस निर्वाचनको विशेषता के रह्यो भने जुन उम्मेदवारले ठूलो रकम खर्च गरेर मतदाताको भोट किन्ने प्रयास गरे त्यो उम्मेदवार नराम्रो ढंगले पराजित बने यही कार्य नै हुनुपर्ने जरुरी पनि रहेको थियो किनकि अहिलेको राजनीति धेरै फोहोरी भएको छ अन्य समयमा तस्करी कार्यलाई प्रोत्साहन दिँदै व्यापारबाट लाखौं करोडौं रकम कमाउने अनि चुनाव लड्न आफ्नो पार्टीसँग टिकट माग्ने । टिकट नपाउँदा दल फेरेर अर्को पार्टीमा प्रवेश गर्ने र ठूलो रकम सो राजनीतिक दललाई दिइ टिकट प्राप्त गरी चुनाव लड्ने कुरा केहीको लागि संस्कार जस्तो बनेको छ । यस्ता मौकापरस्तहरु तस्करी कार्यलाई प्रोत्साहित गर्ने नेतालाई मतदाताले एक नसीहत दिएका छन् ।
सबैले जाने बुझेको कुरा हो नेपालगञ्जमा बसोबास गरिरहेका गरीब वर्गका एक ठूला तप्का रुपैडिहाबाट थोरै मालसामान ल्याएर यहाँ बिक्री गरी आफ्नो जीविकोपार्जन गर्दै आएका छन् यस्ता गरीब तप्कामा केही बेवारिसे महिला, अपांग वर्गका व्यक्ति छन् जुनकि रुपैडिहाबाट थोरै मालसामान ल्याई गुजारा चलाउँछन् यस कार्यलाई साधारण भाषामा तस्कर नेताले क्यारिंग कार्य भनि होच्याउने गर्छन् ।
जबकि यो शब्द नै एकदमै गलत हो यसमा प्रश्न उठाउन सकिन्छ कि देशलाई सबै भन्दा बढी घाटा क्यारिंगबाट भइरहेको छ कि तस्करीबाट ? स्पष्ट छ क्यारिंग कार्य गरी गरीब वर्गका व्यक्ति २-४ सय रकम मात्र कमाउन सफल हुन्छन् यस समय उनिहरुले भन्साररोड स्थित तमाम चेकजाँच चौकीलाई अनैतिकरुपले रकम तिर्नुपर्छ यता केही नेताहरुको तस्करी कार्य यति चरममा छ कि उनीको विभिन्न माल सामानले भरिएको गोदामको अनुसन्धान गरियो भने भन्सार राजस्व तिरी ल्याइएको मालसामान कम तस्करीबाट ल्याइएको मालसामान धेरै फेला पर्छ क्यारिंग कार्य त्यति सहज छैन एकतर्फ उनिहरुले विभिन्न चेकजाँच चौकीलाई रकम तिर्नुपर्ने बाध्यता हुन्छ तर कतिपय समय मागेको बमोजिम रकम नदिँदा मालसामान नै सिज गरिएको हुन्छ ।
तर तस्कर नेताको व्यापारिक प्रतिष्ठानमा कहिले अनुसन्धान विभागले छापा हानी अवैध रुपले तस्करी गरी ल्याइएको मालसामान बरामद गरिएको कहिले पनि सुनिएको छैन । यसको कारण हो एकतर्फ उनी व्यापारी पनि हुन् अर्कोतर्फ नेता पनि हुन् यस कारण अब यस्ता मौका परस्तहरुलाई तह लगाउनुपर्ने जरुरी भएको छ । निर्वाचन त मौसमी खेती जस्तो व्यापारीको लागि भएको छ ५ वर्षसम्म तस्करीबाट व्यापार गरी करोडौं रकम कमाउने अनि ५ वर्षमा हुने निर्वाचनमा नेता हुने र निर्वाचन लड्ने हुन्छन् । यस्ताका लागि कुनै नीति नियम नै छैन यो सबै कार्यलाई प्रश्रय सरकारले नै दिएको पाइन्छ । निर्वाचनमा बाघदेखि मुसा कमिला जस्ता नेताहरु सहभागी हुन्छन् यस्तो अन्धा चुनावी दौडमा अधिकांश समाजका लागि अनुपयोगी व्यक्तिहरु प्रतिस्पर्धा गर्न उत्रिन्छन् ।
यस्ताहरुबाट कुनै सकारात्मक कार्यहरु हुनै सक्दैन किनकि वर्तमान समयमा अधिकांश उम्मेदवारहरु निरक्षर, कम पढेलेखेका, असामाजिक क्रियाकलापमा सहभागी रहनेहरु हुन्छन् । अब यिनी जस्ता जनप्रतिनिधि बन्छन् भने विभिन्न निर्माण विकास कार्य जनताको हितमा कसरी हुन्छ त यसबारे अहिलेसम्म कसैले पनि बुझ्ने प्रयास गरेको छैन । जस उम्मेदवारले बढी होहल्ला चलायो त्यही नै अन्तमा विजयी हुन्छ यस्तो विडम्बना छ यहाँ ।
देशमा केही राजनीतिक दलबीच भएको ठगबन्धनको कारण अधिकांश राम्रो र काम गर्न सक्ने इमान्दार उम्मेदवारको पराजय भएको अहिले देखिएको छ यसमा ठगबन्धनको प्रभावले अनुपयोगीहरु विजयी पनि भएका पाइन्छ । यस कारण अब पनि समय छ सरकारले निर्वाचनमा अनुपयोगी व्यक्तिको अन्धा दौडलाई समाप्त पार्ने प्रयास गर्नु जरुरी छ ।
यसको लागि मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यको शैक्षिक योग्यता तोकिए एक हदसम्मको असक्षम अयोग्यहरु चुनावी अन्धा दौडबाट बाहिरिन्छन् त्यस्तै निर्वाचन लड्ने उम्मेदवारसँग जायज रकम कति छ यसबारे आफ्नो सम्पत्ति सार्वजनिक गर्ने जायज सम्पत्ति देखा परे मात्र चुनाव लड्न दिनुपर्छ । यसको अतिरिक्त उनी विगतमा कुनै आपराधिक कार्यमा त सामेल थिएनन् यो हैसियत बुझेर मात्र चुनाव लड्न दिए राजनीतिमा सफा र स्वच्छता आउँछ । यसपालिको निर्वाचन केही स्थानमा अचम्मको परिणाम देखा परेको छ काठमाडौं र धरानको चुनावी परिणामले राजनीतिक दललाई उनीको वास्तविक अनुहार देखाई दिएको छ ।
यस्तो परिणाम जनताको लोकतन्त्र र गणतन्त्रप्रति वितृष्णा हो यो सन्देश पनि दिएको छ । अब स्थानीय निर्वाचनको समय विजयी उम्मेदवारहरुले मतदाताहरुसँग विभिन्न वाचाहरु गरेका थिए चुनावमा विजयी भइ सकेपछि उनीले आफूबाटगरिएको वाचाहरु पूरा गर्छन् कि गर्दैनन् यो चाहिँ हेर्न बाँकी छ । चुनावमा विजयी भएकाहरु हर्षउल्लासमा रही कदर सम्मानपाउँदै हिँडेका छन् । यस समय उनीहरुले विभिन्न फूर्तिफार्ति पनि देखाउन चुकी रहेका छैनन् । यो फूर्तिफार्ति केहि दिनसम्म रहन्छ कि ५ वर्षसम्म कायम रहन्छ यो पनि देख्न बाँकी छ ।
एउटा उखान छ ॅनयाँ जुत्ताले खुट्टालाई धेरै टोक्छ’ जुत्ता पुरानो हुँदै त्यसको टोकाई समाप्त हुन्छ यस कारण हामी त यहि भन्छौं हामी देख्नेछौं...