- मनोज कुमार कौशल
नेपालगञ्ज/वैशाख ३० गते शुक्रवारका दिन हुने स्थानीय तहको निर्वाचनमा विभिन्न दलका उम्मेदवारहरु प्रतिस्पर्धा गरी रहेका छन् । यसमा विभिन्न राजनीतिक दलका उम्मेदवारको घरदैलो सहितको प्रचार प्रसार चरममा छ । तर अहिलेसम्मको स्थिति अनुसार मेयर पदका उम्मेदवार प्रशान्त विष्ट र नेकपा एमालेका तर्फबाट पशुपति दयाल मिश्रा र त्यस्तै उपमेयर पदमा नेपाली काँग्रेस-जसपा गठबन्धन तर्फका उम्मेदवार कमरुद्दीन राई र राप्रपाबाट उपमेयर पदका उम्मेदवार बिन्दु चर्तिमगरबीच कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको देखिन्छ ।
नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवारलाई सबै समुदायको भोट प्राप्त भई रहेको अवस्था छ भने नेकपा एमालेबाट मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रालाई नेकपा एमालेको प्रतिबद्ध भोट र विशेषकर उमनपाको ग्रामीण क्षेत्रमा विशेष पकड रहेको देखिन्छ जसको कारण उनले प्रशान्त विष्टलाई कडा टक्कर दिने अवस्था छ ।
त्यस्तै उपमेयर पदमा राप्रपाका उम्मेदवार बिन्दु चर्तिमगर जनजाति समुदायको भएकाले उनीलाई स्थानीय र जनजातिको भोट प्राप्त हुने अवस्था रहेकोले उनीको स्थिति मजबूत रहेको देखिन्छ तर नेपाली काँग्रेस-जसपा गठबन्धनतर्फका उम्मेदवार कमरुद्दीन राईलाई उमनपामा रहेका प्रायः सबै मुस्लिम समुदायको भोटमिल्ने र केही भोट मधेशी समुदायको पनि मिल्ने त्यस्तै उमनपाको केही ग्रामीण क्षेत्रको भोट मिल्ने सम्भावना रहेकोले उनी राप्रपाका उम्मेदवारलाई कडा टक्कर दिइ रहेका छन् ।
यस स्थानीय निर्वाचनमा तमाम भोट काट्ने पार्टी पनि प्रतिस्पर्धा गरी रहेका छन् यसमा भोट काट्न सके कुनै पनि दलको अप्रत्याशित रुपमा परिणाम सामुन्ने देखा पर्न सक्छ भोट काट्ने दलबाट चुनावी समिकरणमा ठूलो फेरबदल हुने पनि त्यत्ति नै ठूलो सम्भावना छ ।
यस निर्वाचनमा केही उम्मेदवार धेरै चर्चित पनि रहेकोले पटक पटक पार्टी फेर्ने कार्य गरेकोले उनीको छवि बिग्रेको छ त्यस्तालाई अधिकांशहरु दल बदलु र अवसरवादीको रुपमा देखी रहेकोले उनी प्रतिस्पर्धामा धेरै नै पछाडि रहेको देखिन्छन् । निर्वाचनमा सहभागी विभिन्न पदका उम्मेदवार आफूलाई अगाडि पार्न भरमग्दूर प्रयास गरी रहेका छन् ।
यस क्रममा केही उम्मेदवार रकम पानीको जस्तै बगाएका छन् । विभिन्न प्रलोभन दिइ मतदाताको भोट आफ्नो तर्फ तान्ने प्रयासमा लागेको उनी देखिन्छन् तर यसपालिको मतदाताहरुमा धेरै नै जागरुकता आएको देखिन्छ उनीहरु उम्मेदवारले दिएको सबै सुख सुविधा उपभोग गर्न चुकी रहेका छैनन् तर सो मतदाताले जसको सुख सुविधा लिएका छन् त्यसलाई भोट नदिइने र योग्य कुशल कर्मठ जुझारु इमान्दारलाई आफ्नो भोट दिने मन्साय बनाई सकेकोले यसपालि उम्मेदवारहरुको जालझेल प्रलोभन काम नलाग्ने जस्तो अवस्था सिर्जित भई रहेको
छ । मतदान मिति वैशाख ३० गते अति नै नजिकिँदै गएको छ यस क्रममा जतिजति समय नजिकिँदै गएको छ त्यति त्यति नै दलहरुको प्रचार प्रसार कार्य पनि खुबै नै बढेको देखिन्छ तर यस निर्वाचनमा एउटा कुरा निश्चित छ कम रकम खर्च गरी चुनाव लड्नेको विजयी र बढी रकम खर्च गर्ने उम्मेदवारको पराजय हुने स्थिति पनि रहेको छ ।
यस निर्वाचनबाट उमनपाले काम गर्ने क्षमता भएको उम्मेदवार पाउने बढी सम्भावना छ । यसमा अवसरवादी, दलबदलु, भ्रष्ट प्रवृत्ति, बाहरी आडम्बर राख्ने उम्मेदवारको यसपालि अस्तित्व समाप्त हुने बढी सम्भावना रहेको देखिन्छ ।