बिद्रोही
वैशाख ३० गते शुक्रवारदिन हुने स्थानीय निर्वाचनमा धर्म र जातीय राजनीति हावी रहेको देखिन्छ । अहिले जति जति स्थानीय निर्वाचन नजिकिँदै गइ रहेको छ त्यति त्यति हिन्दु राष्ट्र र मधेशीको नारा पनि लाग्न थालेको छ । यस्तो कुरा लोकतन्त्रमा अभिषाप रहेको छ किनकि अहिलेको प्रमुख कुरा हो धर्म संस्कृति सभ्यता संरक्षण गर्नुपर्ने तर यो कुरा जनता समक्ष नराखी केही राजनीतिक दल हिन्दु राष्ट्र पुनस्र्थापनाको माग राखी आफ्नो राजनीति चम्काउन खोजेको देखिन्छन् ।
यसमा केही नेता यस्ता छन् जुनकि पहिले भनि सकेका छन् हामी मधेशी होइनौं तर उनीहरु अहिले मधेशीको नाममा भोट माग्दै हिँडेका छन् । यस्तो कुरा उनीको अवसरवादिता मात्र हो यस्ता नेताबाट कुनै धर्म जातिको उत्थान र विकास कहिल्यै पनि हुन सक्दैन । हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने माग राखेका राजनीतिक दलसँग जनताको यो प्रश्न छ कि उनीले भोटको लागि कुन उम्मेदवारलाई कुन पार्टीबाट ल्याए ? यस भन्दा अघि सो नेता हिन्दु राष्ट्र विरोधी, हिन्दु विरोधी पार्टीका नेता थिए उनी अहिले हिन्दुवादी पार्टीमा आउँदै नै कसरी आफ्नो विचार सहजै परिवर्तन गरे त ?
विगतमा हिन्दु राष्ट्र विरोधी र हिन्दु विरोधी पार्टी ठीक थियो त्यहाँबाट उनीले खुबै माल कमाए अब टिकट नदिँदा सो पार्टी एक्कासी खराब कसरी भयो ? यस्तो प्रश्न जनताले उनीसँग सोध्न थालेका छन् यो सबै कार्य उनीले टिकट पाउन मात्र गरेका हुन् त ? जब सो पार्टीले उनीलाई मेयरको टिकट दिएन त्यसपछि सो पार्टी परित्याग गरी अहिले नक्कली हिन्दु मात्र बनेका हुन् यो कुरा सबैलाई नै थाह भइ सकेको छ ।
यसमा केही नेता यस्ता छन् जुनकि विगतमा मधेश आन्दोलन चलाए र सो पछि उनीले भनेका थिए हामी मधेशी होइनौं हाम्रो छुट्टै धर्म छ आज कुन मुखले उनी मधेशीको नाममा भोट मागी रहेका छन् ? जनता उनी जस्तासँग अहिले प्रश्न सोध्न थालेका छन् ।
राजनीति बडो फोहोरी खेल हो यो सबैले बुझेका छन् तर अहिलेको राजनीति झन फोहोरी भएको छ । सोझा साझा जनतालाई बरगलाउन यी नेता अहिले धर्म र जातिको आडमा भ्रमित गर्न थालेका छन् केहीहरु त चुनाव जित्न रुपियाँको खोलो नै बगाएका छन् ।
यसमा केही भोटका ठेकेदार साह्रै नै सक्रिय भएका छन् जोसँग २-४ वटा भोट पनि छैन उनी आफूसँग २-४ हजार भोट छ यस्तो दावी पैसा कमाउन गरी रहेका छन् यसमा जनताले के सोच्ने बेला आएको छ कि जो नेता लाखौं लाख रकम चुनावमा खर्च गरी विजयी हुन्छ भने आफ्नो लगानी कसबाट असुली गर्छ ? प्रष्ट छ त्यो जनतासँग नै त्यसले असुली गर्छ । यस कारण जनताले त्यस्ता उम्मेदवारहरुबाट अब सचेत र सावधान बन्नु जरुरी छ ।
मतदाता आफ्नो भोट रकम लिई बिक्री गर्छन् भने आउँदो समय उनीको लागि नै अभिषाप हुनेछ । त्यसो पनि प्रमुख राजनीतिक दलहरुले आ- आफ्नो परिवार सदस्य आफन्तलाई यस चुनावमा विजयी गराउन गठबन्धनको खेल खेलेका हुन् जसबाट जनाको ठूलो हानी नोक्सानी भएको छ यस कारण अहिलेपनि समय छ यस्ता फोहोरी खेल खेल्ने उम्मेदवारलाई जनताले नसीहत दिनु जरुरी छ धर्म जाती र गठबन्धनको राजनीतिलाई प्रोत्साहन दिँदै रहने हो भने यो जनता र देशको लागि शुभ भने होइन यही चुनाव देशको लागि अन्तिम चुनाव पनि हुन सक्छ ।
स्थानीय निर्वाचनमा धर्म र जातीय राजनीति !
Sunday, May 08, 2022
0
Tags