- मनोज कुमार कौशल
नेपालगञ्ज/६५औं अवधी पत्रकारिता स्थापना दिवसको अवसरमा नेपालगञ्जका प्रख्यात समाजसेवी प्रदीप छाजेडले नेपालगञ्ज घोषणा पत्र-२०७९ जारी गर्नु भएको छ ।
शनिवार दिन मधेश मिडिया मिसन बाँकेले नेपालगञ्जमा आयोजना गरेको ६५औं अवधी पत्रकारिता स्थापना दिवसको अवसरमा बोल्दै प्रमुख अतिथि प्रदीप छाजेडले भन्नुभयो, नेपालगञ्ज घोषणा पत्र जारी हुँदैमा केही हुनेवाला छैन जबसम्म समस्याको समाधान हुँदैन । यस घोषणापत्रबाट उपलब्धी मिल्दैन यस कारण नेपाल र भारततर्फ रहेका दुवै देशका पत्रकारले समस्या समाधानका लागि विशेष अभियान चलाउनु पर्छ किनकि पत्रकारले चाहेमा सबै प्रकारको समस्या समाधान हुन्छ । मिसनले यस कार्यक्रमबाट अग्रज पत्रकारहरु मातृभूमि साप्ताहिकका सम्पादक स्व. योगेश्वर प्रसाद मिश्र, आदर्श मञ्चका सम्पादक राधेश्याम मिश्रा, प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्य र पन्नालाल गुप्ताको जुन प्रकार मरणोपरान्त कदर सम्मान गरेको छ यस्तो कार्य ऐतिहसिक रहेको छ । यस्तो कार्यको सर्वत्र नै सराहना हुनुपर्छ भन्नुभयो ।
प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यसँग आफ्नो सामिप्यता थियो अहिले उहाँकी पत्नी शिवदेवी वैश्यले उहाँको कदर सम्मान ग्रहण गर्नु भएकोमा मलाई धेरै नै खुशी लागेको समेत भन्नुभयो कार्यक्रमको शुरुआतमा उहाँले मैनबत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सो पछि स्व. अग्रज ४ जना पत्रकार मातृभूमि साप्ताहिकका सम्पादक स्व. योगेश्वर प्रसाद मिश्र, आदर्श मञ्चका सम्पादक राधेश्याम मिश्रा, प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्य र पन्नालाल गुप्ताको फोटोमा माल्यार्पण गरी उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प. मिश्रको बुहारी, शर्माका छोरा कुन्तलराज शर्मा, वैश्यकी पत्नी शिवदेवी वैश्य र गुप्ताका जेठा छोरा विजय कुमार गुप्तालाई कदर सम्मान, सल र गम्छा लगाई सम्मान गर्नु भएको थियो । सोही प्रकारले उहाँले प्रसिद्ध हिन्दुवादी नेता दिवाकर खनाल, अभय बस्नेत, राजकुमार रौनियार, ललित रौनियार लगायत दर्जनौं व्यक्तित्वहरुको सम्मान गर्नु भएको थियो । कार्यक्रमबीच उहाँले जारी गर्नु भएको मधेश मिडिया मिसनको नेपालगञ्ज घोषणा पत्र-२०७९ मा अवधीभाषा संस्कृतिको संरक्षण संवद्र्धन, खानपान रहन सहन संरक्षणको लागि अवध संग्रहालयको निर्माण, अवधीभाषाको विकासको लागि प्रदेश स्तरीय अवधीभाषा एकेडेमीको स्थापना, नेपाल भारत सीमामा अवधी क्षेत्रको लागि सहयोगी हेल्प डेस्कको स्थापना, भारतमा नेपाली चेलीबेटीको दाइजो पीडित समस्या हटाउन २ पक्षीय बोर्डको गठन, महिला बेचबिखन नियन्त्रणको लागि जनजागरण अभियान समितिको गठन, अवधीभाषाको संरक्षण संवद्र्धनको लागि सरकारी कामकाजको भाषामा प्रयोग गर्न नीतिगत घोषणा हुनुपर्ने, अवधी क्षेत्रकै प्राथमिक विद्यालय स्थापना र त्यहाँ अवधी भाषाको पाठ्यक्रम लागु हुनुपर्ने, अवध क्षेत्रलाई समेटेर धार्मिक पर्यटनको विकास, रामायण सर्किटमा अश्वमेध यज्ञको समय भगवान रामको २ जना छोरा लव र कुशद्वारा पदयात्रा गरिएको नेपालगञ्जको बागेश्वरी मन्दिरलाई उक्त सर्किटसँग जोड्ने नीति, बौद्ध परिपथमा श्रावस्तीका साथै राप्तीनदी बौद्धकालीन अधिरावती नदीको स्थानमा ध्यानपुजन स्थल रुप मान्यता प्रदान, मानसरोवर यात्राको लागि उपयोगी जमुनहा फाटकको विकास, नेपालगञ्जको राँझा विमानस्थलको स्तरीकरण गरी त्यसलाई क्षेत्रीय स्तरको विमानस्थलको विकास र यस विमानस्थलबाट दिल्ली, पटना लगायतसम्म सोझो उडान, जमुनहालाई हिल्सा सडकसँग जोडी तिब्बतको साथ पनि जोड्ने व्यवस्था, राप्तीनदीको कम्दी क्षेत्रमा बौद्धकालीन अवशेषलाई अनुसन्धान र उत्खनन् गरी पुरातात्विक क्षेत्रको रुपमा विकास, नेपाल भारतको २ पक्षीय व्यापार व्यवसाय बढाउन नेपालगञ्ज रेलवे लाइनको विकास गरी यहाँ इन्टरसिटी रेल चलाई भारतको विभिन्न शहरसँग जोड्नुपर्ने, राप्तीनदीको क्षेत्रमा बौद्ध ध्यान केन्द्रको स्थापना, नेपालगञ्जको हनुमानगढीबाट अजुध्याधामसम्मका धार्मिक यात्राको प्रचलन बढाउन प्रोत्साहन, नेपालगञ्जको आसेपासेमा औद्योगिक नगरी बनाउन उत्पादनमुखी उद्योगको स्थापना, जुंगे महादेव स्थान र राप्तीनदीको बीच काँवडयात्रा व्यवस्थित बनाउन पहल, पर्यटनको विकासको लागि बाँके राष्ट्रिय निकुञ्जलाई अधिकतम रुपमा विकास गर्ने रणनीति, नेपालगञ्जको ऐतिहासिक रामलीला र दशहरा मेलालाई अझ विकसित बनाउनुपर्ने, जमुनहास्थित गुरुद्वारा र बनकटवा स्थित गुरुद्वारामा महाराजा रणजीत सिंहकी पत्नी जिन्द कौरको स्मृतिमा त्यहाँ स्मारकको निर्माण र ७ नं. वडाको रानीतलाउ कठमहल मन्दिरमास्थित गुरुनानक देवजीमहाराजको छोरा भगवान श्रीचन्द्रको मन्दिरलाई अझ भव्य बनाउनुपर्ने माग घोषणापत्रमा रहेको छ ।
यस घोषणापत्रलाई मिसनका सल्लाहकार अजय कुमार गुप्ताले पढेर सुनाउनु भएको थियो भने नेपाल टीभी कोहलपुर प्रसारण केन्द्रका प्रमुख विजय कुमार वर्मा र भारतका पत्रकारहरुले टिप्पणी गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मो. आरिफ अन्सारी लगायतले बोल्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा मिसनका उपाध्यक्ष मनोज कुमार कौशल, पत्रकार समिर अलि, बनि अमिन सल्मानी, वकिल विश्वजीत तिवारी, कलाकारद्वय जिनु हक र वीरेन्द्र यादव, विष्णु लाल कुमाल, कलाकार श्यामानन्द सिंह, काजल शर्मा, चन्दा सिंह लगायतको उपस्थिति रहेको थियो ।
६५औं अवधी पत्रकारिता स्थापना दिवसको अवसरमा प्रख्यात समाजसेवी प्रदीप छाजेडबाट नेपालगञ्ज घोषणापत्र-२०७९ जारी
Monday, April 18, 2022
0
Tags