। वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको शुक्रबार बिदाई गरिएको छ । वडा प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुले सरुवा भई जान लागेका प्रहरी निरीक्षक खड्काको शुक्रबार औपचारिक रुपमा बिदाई गरेका हुन । खडकाको महानगरीय प्रहरी परिसर काठमाण्डौ सरुवा भएको छ । नेपालगञ्जमा १८ महिना समय बिताउनुभएका खडका नेपालगञ्जबासीसंग सहजै घुलमिल भएका बालबालिकादेखि बृद्धबृद्धासंग एकै किसिमको व्यवहार प्रस्तुत गरी असल व्यक्तिको पहिचान बनाउनुभएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले नेपालगन्ज वडा प्रहरी प्रमुख डिल्ली बहादुर खड्काको महानगरीय प्रहरी परिसर काठमाडौं सरुवा गरेको छ भने वडा प्रहरी नेपालगन्जमा रिपेन्द्र कुमारको सरुवा भएको छ ।