उत्तर
प्रदेशमा विधानसभा चुनावमा भाजपाले मुख्यमन्त्री योगी आदित्यनाथको
नेतृत्वमा बलियो बहुमतका साथ फेरि सरकार गठन गर्न लागेको छ । विजय
सुनिश्चित भएपछि मुख्यमन्त्री योगी आदित्यनाथले मिडिया तथा समर्थकलाई
सम्बोधन गरेका हुन् ।
योगी
आदित्यनाथले जनतालाई धन्यवाद दिँदै भने, "प्रधानमन्त्री मोदी जीको
नेतृत्वमा भाजपाले उत्तर प्रदेश, प्रदेश, उत्तराखण्ड र मणिपुरमा भारी
बहुमतसहितको सरकार बनाउन लागेको छ । सम्माननीय प्रधानमन्त्रीज्यू,
सम्माननीय राष्ट्रपति, गृहमन्त्री र रक्षामन्त्रीज्यूलाई बधाई
ज्ञापन गर्दछु।"
योगीले
भने, "देश र विश्वको आँखा उत्तर प्रदेशमा थियो । उत्तर प्रदेशमा अत्यधिक
बहुमतको लागि जनतालाई हार्दिक बधाई तथा आभार व्यक्त गर्दछु । मजदुरहरूको
मेहनतका कारण भारतीय जनता पार्टीले आज सरकार गठनको अवसर पाएको छ ।
मतगणनाबारे भ्रामक प्रचारबाजी गरिएको थियो तर उत्तर प्रदेशका जनताले
भाजपालाई विजयी बनाएका छन्।"
आदित्यनाथले
उत्तर प्रदेशमा राष्ट्रवाद, विकास र सुशासनको जीत भएको बताए। उनले पाँच
वर्षमा दिइएको सुरक्षा वातावरण र प्रधानमन्त्रीको निर्देशनमा विकास
निर्माणका कामहरू जसरी कार्यान्वयन भए, त्यसले अहिलेको परिणाम प्राप्त
भएको बताए ।