अनुपम खेर र मिथुन चक्रवर्ती स्टारर फिल्म द कश्मीर फाइल्स हलमा रिलिज भएको छ । चलचित्रको कथालाई दर्शकले निकै रुचाएका छन् । फिल्मले ९० को दशकमा कश्मीरी पण्डितहरूको घरबारविहीन भएको कथालाई चित्रण गरेको छ । जम्मु–कश्मीरमा आतंकवादसँग सम्बन्धित धेरै फिल्म आए पनि अहिले एउटा फिल्म आएको छ जसमा आतंकवादीहरूले कश्मीरी पण्डितहरूलाई आफ्नो घरबाट भाग्न बाध्य बनाएको देखाइएको छ ।
यो फिल्म विवेक अग्निहोत्रीले निर्देशन गरेका हुन् । फिल्मको ट्रेलरबाटै मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार र पल्लवी जोशी जस्ता ठूला कलाकारले उत्कृष्ट अभिनय गरेको जानकारी दिइएको छ । अब यो फिल्मको पहिलो दिनको कलेक्शनको कुरा गरौं । यो फिल्म भारतमा सीमित ७०० स्क्रिनमा रिलिज भएको छ । त्यसपछि पनि फिल्मले पहिलो दिन ३ करोड भारु कमाएको छ ।
अनुच्छेद ३७० देखि कश्मीरको इतिहाससम्म विवेक अग्निहोत्रीको यो फिल्ममा पनि चर्चा गरिएको छ । कश्मीरी पण्डितहरूको पीडालाई राजनीतिक कारणले वर्षौंसम्म दबाएर राखिएको कुरा पनि फिल्मले देखाएको छ ।
तर, अचम्मको कुरा के छ भने यो फिल्मको लोकप्रियताका बाबजुद यो निकै कम पर्दामा रिलिज भएको छ । समाचारका अनुसार यसको पछाडि एउटा कारण यो पनि सुनिएको छ कि प्रभासको फिल्म राधेश्याम पनि आज रिलिज भएको छ । यही कारणले गर्दा कश्मीर फाइलले कम स्क्रिन पाएको छ।