पर्सा । “हर घर भागवा छाएगा, राम राज्य आएगा, एक ही नारा एक ही नाम जय श्री राम, जय श्री राम” भन्ने नारालाई सार्थक बनाउँन वीरगन्जका युवाहरुले हर घरमा भागवा फहराउँना अभियान चलाएको छ । यो अभियान वीरगन्ज वडा नम्बर १० घडिअर्वाबाट शुरु गरिएको छ ।
घडिअर्वाका युवाहरुले प्रत्येक हिन्दु समुदायको घर घरको छतमा भगवाझण्डा फहराएर आफनो धर्म संस्कृति प्रति जागरुक बनाउँन यो अभियान संचालन गरेको स्थानिय हिन्दु युवा संजीव साहले बताए । शनिबार वडा नम्बर ८ का वडा अध्यक्ष नगिना प्रसाद साह, लगायत हिन्दु युवाहरुले शिवपार्वती टोलका एक घरमा भगवा झण्डा फहराएर यो अभियानको शुरुवात गरेका हुन ।
पहिलो चरणमा वडा नम्बर ८ को प्रत्येक घर घरमा भगवा झण्डा लगाउँने छौ र दोश्रो चरणमा हिन्दु युवालाई जागरुक बनाउँदै महानगर क्षेत्रको सम्पूर्ण हिन्दु समुदायको घर घरमा यो भगवा झण्डा राखेर आफनो धर्म संस्कृति प्रति जागरुक बनाउँने काम गर्छौ ।
उनले भने, हिन्दु युवा, राजु गिरी, प्रकाश कलवार, चन्दन वर्णवाल, श्याम रौनियार, रन्जीत साह कानु र विशाल साह कानु लगायतका युवाहरुको आफनै सहयोगमा भगवा झण्डा तयार पारी प्रत्येकको घरमा लगाउँने काम गरेको छौ । हामीले शुरुवात गरेपनि घरधनीलाई पनि आफनो लगानीमा घर घरमा भगवा झण्डा लगाउँने प्रेरित गर्ने काम गर्छौ ।
नेपाल हिन्दु राष्ट्र थियो, अहिले पनि छ र भविष्यमा पनि नेपाल हिन्दु राष्ट्र रहने छ । केहि विधर्मीका कारण सविधानमा धर्मनिरपेक्ष बनाउँने काम गरिएको छ, हामी ८४ प्रतिशत सनातनीलाई यो कदापी मान्य हुने छैन उनले भने, नेपाललाई कागजी रुपमा हिन्दु राष्ट्र बनाउँनको लागि आ आफनो घरबाट नै यो अभियान चलाउँनको लागि पहिलो चरणमा घर घरम भगवा फहराएर हिन्दुलाई जागरुक बनाउँने काम गरी रहेका छौ, उनले भने ।