–
अवधी पत्रकारिता स्थापना दिवस बैशाख ३ गते भब्यताले मनाउन मधेश मिडिया मिसन नेपाल बाँके शाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार मिसनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम मिसन बाँके शाखाका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको सभापतित्व तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो ।
यस अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले– ‘यस कार्यक्रमबाट मैले अवधी भाषा र अवधी सँस्कृति बारे बुझ्ने मौका पाए । यो अवधी भाषा धेरै नै प्राचीन रहेको छ । यस भाषाको अझ विकास हुनुपर्छ । यो यसकारण कि अवधी यस अवध क्षेत्रको मातृ भाषा हो । बैशाख ३ गते म यहाँ रहे आवश्यक सहयोग गर्नेछु’ भन्नुभयो ।
यस्तै अवधी भाषी साहित्यकार सच्चिदानन्दा चौबे अवधी भाषाको इतिहास माथि चर्चा गर्नुभयो । यो भाषा ८ लाख वर्षभन्दा प्राचीन छ, सो समय अवधी र मिथिला भाषाको प्रार्दूभाव रह्यो तर सरकारी उपेक्षाको कारण यो भाषाको त्यति विकास हुन सकेन । यो अवध क्षेत्र हो त्रेता युगमा नाग यज्ञ, अश्वमेघ यज्ञ लगायत यज्ञ हुने प्रथा थियो । यसमा यज्ञको समय पशु बलि दिईने गरिन्थ्यो तर जब भगवान श्रीरामले अश्वमेघ यज्ञको आयोजना गरे, यज्ञको लागि ल्याइएको घोडा भूमण्डलमा डुलेपछि सो घोडालाई काट्ने कुरा ल्याइयो, यसमा भगवान श्रीरामले सुनको घोडा बनाउन लगाएर पछि सो सुनको घोडा टुक्रा–टुक्रा पारी सुन जनतामा बाँडियो र यस क्षेत्रको नाम अवध राखियो । यसको अर्थ हो अ–वध जहाँ कसैको पनि वद्य अव गरिंदैन भनी एतिहासिक जानकारी गराउनुभयो । बोल्ने क्रममा उहाँले बाँके जिल्ला अवधी भाषीको प्रमुख क्षेत्र हो । यो पनि अवधको नै क्षेत्र हो यहाँ अवधी भाषीको विकासको लागि वि.सं. २०१६ सालमा पत्रकार स्व. पण्डित योगेश्वरप्रसाद मिश्राले मातृभूमि साप्ताहिक पत्रिका प्रकाशित गरी अवधी भाषाको विकासको लागि कार्य गर्नुभयो । त्यस्तै यहाँ मो. लियाकत अली सिद्दिकी, राधेश्याम शर्मा, प्रमानन्द मिश्रा, प्रेस स्वतन्त्रता सेनानी स्व. रामगोपाल वैश्य, स्व. पन्नालाल गुप्त, जितबहादुर वि.सी., स्व. लोकनाथ बर्मालगायतले महत्वपूर्ण कार्य गरेकोले अवधी भाषा स्थापित भयो । अहिले मिसनले बैशाख ३ गते अवधी पत्रकारिता स्थापना दिवस मनाउन लागेको छ, यो कार्य अति नै सराहनीय रहेको भन्नुभयो ।
अवधी साहित्यकार बिष्णुलाल कुमालले– ‘२–४ अंक पत्रिका प्रकाशित गरेर केहीहरुले आफ्नो नाम कमाउने प्रयास मात्र गरे, बैशाख ३ गते अवधी पत्रकारिता दिवससँगै अन्य केही कार्य हुनुपर्छ, यस दिवसमा अवधी साहित्य, अवधी सँस्कृतिलाई समावेश गरी स्मारिका पनि प्रकाशित गर्नुपर्ने विचार राख्नुभयो ।
त्यस्तै अधिवक्ता विश्वजीत तिवारीले दांगमा थारु समुदायको संग्रहालय स्थापना गरिएको छ । अवधी सँस्कृति पनि धेरै प्राचीन छ, विभिन्न राजनीतिक दलका नेताहरुले भोट बटुल्ने तर्फ मात्र लाग्नु भएन उनीले यहाँ अवधी संग्रहालय स्थापना गर्ने तर्फ कार्य गर्नु प¥यौ भन्नुभयो । नेपाल टी.भी. कोहलपुर प्रसारण केन्द्रका प्रमुख विजयकुमार वर्माले भारतको अयोध्या शिर हो, यता अवध क्षेत्रको खुट्टा छ, सरकारी उपेक्षाका कारण अवधी भाषाको विकास हुन नसकेको गुनासो राख्नु भयो । नेपालगन्ज उद्योग वाणिज्य संघका नि. अध्यक्ष नन्दलाल वैश्यले अवधी भाषाको विकासको लागि आफू सधैं तत्पर रहेको भनाई राख्नुभयो ।
नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीले अवधी भाषाको विकासको लागि आर्थिकको खाँचो छैन, नेपालगन्ज उपमहानगरपालिकासँग यस सम्बन्धी विभिन्न कार्यक्रम आयोजित गर्न प्रयाप्त बजेट छ, ५० हजारसम्मको सहयोग रकम उपलब्ध गराउन सक्छ, अवधी भाषी पत्रकारहरुमा अझ दक्षता ल्याउन विभिन्न प्रशिक्षणहरु आयोजित गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो ।
मिसनका सल्लाहकार अजयकुमार गुप्ताले अहिले अवधी भाषा माथि आक्रमण चारैतर्फबाट भईरहेको छ, भर्खरै भारतको उत्तरप्रदेशमा हुन गईरहेको विधान सभा निर्वाचनको समय विहारका एक लोकगायिकाले ‘दियौ का ब’ भनेर जुन प्रकार गीत प्रस्तुत गरेकी छिन, यसबाट अवधी भाषा माथि ठाडै प्रहार भएको छ । भोजपुरी भाषाको लोकगीतबाट अवध क्षेत्र माथि आक्रमण गरिएको छ । यस समय हामीले अवधी लोकगीतबाट प्रतिउत्तर फर्काउन सकेका छैनौं । प्रहार पनि भोजपुरी लोकगीतबाट भएको छ, प्रतिकार पनि भोजपुरी लोकगीतमार्फत भएको छ । यस्तो सुनियोजित षडयन्त्र अन्तर्गत भएको भन्नुहुँदै उहाँले अवधी पत्रकारिता स्थापना दिवसमा हामीले प्रख्यात अवधी लोकगायिका मालिनी अवस्थीलाई यहाँ ल्याई अवधी सँस्कृति झल्किने कार्यक्रम प्रस्तुत गर्ने लक्ष्य राखेका थियौं तर कोरोना संक्रमणको कारण यो कार्यक्रम आयोजित गर्न हामी पछाडी फर्केको जानकारी गराउनुभयो ।
यस अन्तरक्रिया कार्यक्रममा मानव अधिकार शान्ति समाजका पूर्व अध्यक्ष कृष्णादेवी पाण्डेय, नागरिक अधिकार मञ्चकी पदाधिकारी सोनाली गुप्तालगायतले आ–आफ्नो विचारहरु राख्नु भएको थियो ।
कार्यक्रमको समापन भाषण गर्दै मिसनका अध्यक्ष चन्द्रेश्वराज त्रिपाठीले जानकारी गराउँदै भन्नुभयो आज यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छौं, अगामी महिना फेरी यस्तै प्रकारको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेपछि बैशाख ३ गते सबैको राय सल्लाह अनुसार भब्यताले अवधी पत्रकारिता स्थापना दिवस मनाउने जानकारी गराउनुभयो ।
कार्यक्रमको अन्त्यमा मानव अधिकार शान्ति समाजका पूर्व अध्यक्ष कृष्णादेवी पाण्डेयले मिसनका अध्यक्ष त्रिपाठीलाई ३०० थान मास्क र फेससिल्ड सहयोग प्रदान गर्नु भएको थियो भने समाजसेवी माधवराम बर्माले मिसनको कार्य सञ्चालन गर्न सहज होस् भनी आर्थिक ५ हजार १ सयको सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन मिसन बाँके शाखा सचिव सन्ध्या शर्माले गर्नु भएको थियो भने ५० बढीको कार्यक्रममा सहभागिता रहनुका साथै स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै सेनिटाईजर र मास्कको प्रयोग गरिएको थियो ।
कार्यक्रममा मधेश मिडिया मिसन नेपाल बाँके शाखा कार्यसमितिका उपाध्यक्ष मनोज कुमार कौशल, कोषाध्यक्ष चन्दा सिंह, सदस्यहरु समिर अली, शुभम शर्मा, सकिल अहमद राई, उमेश मिश्रालगायतको सहभागिता रहेको थियो ।