आज शुक्रबार मधेश मिडिया मिसन नेपाल बाँके शाखाको बसेको समीक्षा बैठकले विविध निर्णयहरु गर्दै मनाेज काैशलकाे संयाेजकत्वमा रमेशचन्द्र कुमाल, सकिल अहमद राई, अवधी भाषी वरिष्ठ पत्रकार अजयकुमार गुप्ता, आकाश गुप्ता सदस्य रहने गरि पाँच सदस्यीय आर्थिक समिति गठन गरेकाे छ ।
सोही बैठकबाट बैशाख ३ गते अवधी र हिन्दी भाषामा बाँके जिल्लामा पहिलो पत्रिकाका प्रकाशक/सम्पादक प० योगेश्वर प्रसाद मिश्रा ‘वैद्यजी’बाट विधिवत दर्ता गराउनु भएकोमा मातृभूमि साप्ताहिक २०१६ साललाई आधार मानी अवधी पत्रकारिता दिवसको स्थापना गरी भब्यताले मनाउन अवधी भाषी जानकारीहरूबाट सुझाव संकलन समेत गर्ने निर्णय गरेको छ ।
बैठक चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा बसेको थियो । जसमा उपाध्यक्ष मनोजकुमार कौशल, सचिव सन्ध्या शर्मा, सहसचिव रमेशचन्द्र कुमाल, सदस्यहरु सकिल अहमद राई, आकाश गुप्तालगायतको उपस्थिति रहनुका साथै सल्लाहकार अजयकुमार गुप्ताको विशेष सहभागिता रहेको थियो ।